प्रस, रौतहट, १५ चैत/
गरूडा नगरपालिकाको शिवनगरमा गैरकानूनीरूपमा सञ्चालित दुईवटा निजी हस्पिटल ओम हेल्थ केयर हस्पिटल प्रा.लि. र सञ्जीवनी हस्पिटलमा तालाबन्दी गरेको चौबीस घण्टा नबित्दै हस्पिटल सञ्चालनमा आएको छ । आर्थिक प्रलोभनमा परी तालाबन्दी खुलेपछि हस्पिटल सञ्चालनमा आएको स्रोतले जनाएको छ । बिहीवार गरूडा नगरपालिकाका प्रशासकीय अधिकृत टेकराज पन्थी नेतृत्वको टोलीले ओम हेल्थ र सञ्जीवनीले हस्पिटल सञ्चालनको लागि स्वास्थ्य मन्त्रालय तथा जिल्ला स्वास्थ्य कार्यालयसँग अनुमति नलिएको पत्ता लागेपछि तालाबन्दी गरिएको थियो । पोली क्लिनिक सञ्चालन गर्न अनुमति रहे पनि हस्पिटल सञ्चालन गरेकोले गैरकानूनी भनी नगरपालिकाले तालाबन्दी गरेको थियो । गैरकानूनी सो हस्पिटलहरूमा शल्यक्रियासमेत हुने गरेको थियो । हस्पिटलमा दक्ष जनशक्ति नरहेको जनगुनासो बढेपछि अनुगमन गरिएको गरूडा नगरपालिकाले जनाएको छ ।
यस सम्बन्धमा सूचना अधिकारी भूपनारायण यादवसँग सम्पर्क गर्दा हिजो साँझ गरिएको तालाबन्दीपश्चात् सम्बन्धित पक्षसँग भएको छलफलमा एक महीनाभित्र कागजपत्र दर्ता गराउने गरी हस्पिटल खोल्न दिने सहमति भएको बताए ।
यसैगरी, आनन्द पोली क्लिनिक एकुपञ्चर सेन्टर प्रा.लि. शिवनगरको पनि अनुगमन गरिएको छ । पाँचवटा शøयाको अनुमति रहे पनि पन्ध्र शøया सञ्चालनमा रहेकोले पाँचवटा शøया मात्र सञ्चालन गर्न निर्देशन दिएको प्रशासकीय अधिकृत पन्थीले बताए ।
यस्तै, सन्तोष कोल्ड स्टोरमा ठूलो परिमाणमा म्याद सकिएका पेयपदार्थ बरामद भएपनि कारबाही नभएकोले अनुगमनकर्ताको नियतमाथि प्रश्नचिह्न खडा भएको छ । गरूडा नगरपालिकाका प्रशासकीय अधिकृत टेकराज पन्थी नेतृत्वको टोलीले अनुगमन गरी म्याद सकिएका पेय पदार्थ बरामद गरेको थियो ।