अरूको ज्यान बचाउने शिक्षा लिएको र कसम खाएको चिकित्सकको यातनाबाट आप्mनै पत्नीको ज्यान गएको कुरा अपत्यारिलो छ । नारायणी अस्पतालमा कार्यरत डा. सच्चिदानन्द यादवको कुटपिट तथा चरम यातनाबाट उनकी जेठी पत्नी सुनीताको ज्यान गएको कुरा सार्वजनिक भएको छ । परमेश्वर मानिएको पतिको हातबाट ज्यान गुमाउनुपर्छ भन्ने कल्पना सुनीताले गरेकी थिइनन् होला । पछिल्लोपटक चैत्र ११ गते कुटपिट तथा चरम यातना भोगेकी सुनीताको उपचारको क्रममा मृत्यु भयो । पतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा सुनीताका पतिका अलावा सासू, ससुरा र देवरको समेत संलग्नता रहेको कुरा उनीहरूविरुद्ध दायर कर्तव्य ज्यान मुद्दामा किटान गरी उल्लेख गरिएको छ ।
घटना प्रकृतिले सुनीतामाथि अमानवीय यातना भएको देखिन्छ । सामाजिक सञ्जालमा सार्वजिक भएका तस्वीरहरू र उद्धारकर्ताहरूका अनुसार सुनीताको शरीर घाउ–चोट तथा नीलडामले भरिएको थियो । लाठी, फाटाको स्पष्ट डाम र तातो वस्तुले डामेको चिनो शरीरभरि थियो । कुनै बन्द कोठामा बन्धक बनाएर वा एकभन्दा बढीको संलग्नताविना त्यति बिघ्न यातना सम्भव छैन । किनभने एक व्यक्तिले कसैलाई यति यातना दिन सहज छैन । सुनीता डिप्रेशनको बिमारी थिइन् भन्ने दाबी उनको ससुराली घरको छ । डिप्रेशनले सहज आत्महत्या गर्न उद्यत बनाउँछ । आफैमाथि लाठी, फाटा, घुसा चलाउने र तातो धातुले डामेर बस्दैन । सुनीताको ज्यान गयो, उनका पति हिरासतमा परे । न्यायालयले पक्कै पनि सुनीताको आत्मालाई न्याय दिनेछ ।
अहिले बहस, घटनाको चुरो र अनुसन्धान हो । पारिवारिक हिंसा तथा महिला हिंसा र लैङ्गिक विभेदलाई समाजले ध्यान नदिनु नै घटनाको कारक देखिन्छ । दाइजो त लैङ्गिक विभेदले उब्जाएको एउटा विकारमात्र हो । विवाहपश्चात् पतिलगायत ससुराली पक्षले थप दहेज माग गर्दै जब सुनीतालाई यातना दिन थाल्यो तब उनले जिल्ला प्रशासन कार्यालयमा लिखित जाहेरी दिएकी थिइन् । मट्टीतेल खन्याएर आगो लगाउने दुष्प्रयास गरेको भन्दै ज्यानको सुरक्षाको माग गरेकी थिइन् । पतिले दोस्रो विवाह गरेपछि उनले बहुविवाहमा कारबाई गरिपाऊँ भनी जाहेरी दिइन् । सबै घटना मिलापत्र गराएर सामसुम पारियो । यसमा समाज र प्रहरी प्रशासन दोषी छ । असमझदारीको निदान मिलापत्र हो, तर अपराधको दण्ड मिलापत्र हुन सक्दैन । समाज र प्रशासनले घटनाको गम्भीरता बुझ्न सकेन । जुनसुकै कारणले होस् गहिरो अनुसन्धान गरिएन । सुनीता महिला भएकै कारण यसो भएको हो । महिला हिंसाप्रति कोही पनि गम्भीर न रहेको र थप लैङ्गिक विभेदको उदाहरण हो । पीडित अबला नारी, समाज र प्रहरी–प्रशासनले जसो भने उसै मानी । त्यति नै बेला दोषीलाई कारबाई गरी सम्बन्ध–विच्छेदको कानूनी प्रक्रिया बढाएको भए आज सुनीताको अकाल मृत्यु हुने थिएन । उनको मृत्युपछि पनि घटनालाई गम्भीररूपमा लिएको पाइँदैन । सच्चिदानन्द त आफै प्रहरीमा गएका हुन् । अपराध एउटाले स्विकारेर बाँकी अपराधी जोगाउने चाल पनि हुन सक्छ । प्रहरीले थप एकजना पनि पक्राउ गर्न सकेको छैन । अनुसन्धानको गति फितलो नहोस् सतर्कता जरूरी छ । यस घटनाबाट सबक सिकेर समाज र प्रशासनले आइन्दा मिलापत्रको नतीजा न्यायपरक छ कि छैन भनेर बुझ्नुपर्छ । तर हामीकहाँ त आपूmमाथि आइलागेको झ्याउ पन्छाउने मानसिकतामात्र विद्यमान छ । अनि सुनीताहरू यसको कुफल भोग्न बाध्य हुन्छन् ।