प्रस, गरुडा, १४ फागुन/
महिला प्रमुख रहेको प्रदेश २ को एकमात्र नगरपालिका मौलापुरले महिलामैत्री विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
माध्यमिक तहमा अध्ययनरत छात्रालाई समयमा विद्यालय आउनजान मौलापुरले शुरू गरेको साइकल उपहार कार्यक्रम अहिले जिल्लाव्यापी भएको छ ।
यसै क्रममा मौलापुर नगरपालिकाले कक्षा ११ मा अध्ययनरत छात्रालाई ल्यापटप दिने कार्यक्रम आरम्भ गरेको छ । नियमित कक्षामा हाजिर हुने कक्षा ११ का पचासजना छात्रालाई नगरपालिकाको तर्फबाट डिजिटल साक्षरता बढाउन तथा बालिकाको सम्मान र स्वाभिमान वृद्धि गर्न ल्यापटप कार्यक्रम ल्याइएको नगर प्रमुख रिनादेवी साहले बताएकी छन् ।
मौलापुर नगरपालिकाभित्र घर भई स्थानीय पथराबुधराम मावि र सोनरनिया माविमा नियमित कक्षामा उपस्थित हुने पचास छात्रालाई पहिलो चरणमा ल्यापटप प्रदान गरिएको नगरप्रमुख साहले बताइन् ।
ल्यापटप पाएपछि घरै कम्प्युटर साक्षर हुने विश्वास व्यक्त गर्दै छात्राहरूले नगरपालिकाले प्रशंसनीय काम गरेको प्रतिक्रिया दिएका छन् ।
यस अघि नगरपालिका र सांसद प्रभु साहको पहलमा नगरपालिकाको सबै घरलाई धूवाँमुक्त बनाउन एलपी ग्याँससहितको सिलिन्डर, चुल्हो तथा अन्य सामग्री प्रदान गरिएको थियो । यसैगरी विपन्न परिवारको छोरीको बिहेमा नगरपालिकाले पचीस हजार रुपियाँको दरले खर्चपनि उपलब्ध गराउँदै आएको छ । नगरपालिकालाई महिलामैत्री बनाउन विभिन्न योजनाहरू सञ्चालन गरिरहेको नगर प्रमुख साहले चर्चा गरेकी छन् ।
यसैबीच मौलापुर नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिधिभित्र रहेर स्थानीय राजपत्रसहित विभिन्न ऐन सङ्ग्रह पनि सार्वजनिक गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रदेश २ अध्यक्ष एवं सांसद प्रभु साहसहित सङ्घीय सासदत्रय सरला यादव, रेखाकुमारी झा, समिना हुसैन, प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रदेशसभा सदस्य बाबूलाल साह, कुन्दन कुशवाहा, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा फिरोज, उपमेयर नूरजहाँ खातुन, गरुडा नगरपालिकाकी उपमेयर रङ्गीलादेवी जयसवालले संयुक्त रूपमा ऐन सङ्ग्रह तथा राजपत्र सार्वजनिक गरेका हुन् ।
नगरपालिकाले स्थानीय राजपत्रसहित नगरपालिका शिक्षा ऐन २०७५, कृषि ऐन, कृषि संस्थान ऐन, सहकारी ऐन, एफएम रेडियो ऐन, प्राविधिक तथा व्यावसायिक तालिम प्रतिष्ठान ऐन र प्रशासनिक कार्यविधि (नियमित गर्ने) ऐन गरी सातवटा ऐन तयार गरेर सार्वजनिक गर्दै २०७५ फागुन ५ गतेदेखि नगरमा लागू गरेको जनाएको छ ।
छात्रालाई ल्यापटप प्रदान तथा ऐन र राजपत्र सार्वजनिक समारोहका प्रमुख अतिथि सांसद प्रभु साहले मौलापुर नगरपालिकाले विकास निर्माणलगायत नगरका जनतालाई आत्मनिर्भर बनाउन चाहिने ऐन बनाएर सार्वजनिक गरेकोमा खुशी व्यक्त गरेका छन् । ल्यापटप अभियानले छात्रालाई डिजिटल–साक्षर बनाउने र आत्मनिर्भरताको बाटोमा एक कदम अगाडि बढाउने विश्वास लिएको बताउँदै पूर्वमन्त्री साहले युग अनुसार बालिकामा अगाडि बढ्ने उत्प्रेरणा प्राप्त हुने आशा जागेको बताए ।