प्रस पथलैया, १६ फागुन/
बहुप्रतीक्षित अमलेखगंज–मोतिहारी पेट्रोलियम पाइपलाइन विस्तारका लागि पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्रको रूख कटान शुरु भएको छ ।
बाराको पथलैयादेखि अमलेखगंजसम्मको नौ किलोमिटर निकुञ्ज क्षेत्रको रूख कटान नहुँदा पाइपलाइन विस्तारको काम रोकिएको थियो । रूख कटानका लागि मन्त्रिपरिषद्को निर्णयपछि पर्सा राष्ट्रिय निकुञ्जले अनुमति दिएलगत्तै विधिवत् पूजा गरी कटान शुरू भएको हो । परियोजनाका लागि ६ हजार ५ सय ६३ ठूला र ८१ हजार ६ सय साना लाथ्रा कटान हुने पेट्रोलियम पाइपलाइन परियोजना प्रमुख प्रदिप यादवले जानकारी दिए । निकुञ्जले जेठसम्म रूख कटानको समय दिएको भए पनि एक महीनाभित्रै सबै काम सम्पन्न गरी वैशाखमैं पाइपलाइनबाट इन्धन भिœयाउने आयोजना कार्यालयको लक्ष्य छ ।
नेपाल आयल निगम, अमलेखगंजका डिपो प्रमुख प्रदिप यादवले रूख कटानको कामसँगै पाइप बिछ्याउने काम अघि बढाइने हुँदा एक महीनाभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए । रूख कटानका लागि हेटौंडाको निशा सप्लायर्सले एक करोड ४७ लाखमा ठेक्का सकारेको छ ।
भारतको ३२ किलोमिटर र नेपालको ३९ किलोमिटर गरी आयोजनाको लम्बाइ ६९ किलोमिटरको रहेको छ । निकुञ्जको ९ किलोमिटर क्षेत्रबाहेक अन्य स्थानमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । मन्त्रिपरिषद्को निर्णयकै कारण पथलैया–वीरगंज व्यापारिक मार्ग निर्माणको कामसमेत रोकिएको थियो । यो निर्णयसँगै दुवै आयोजनाले गति लिने यादवले बताए ।
एक वर्षभित्र सम्पन्न हुनेगरी गत वैशाख ६ गतेदेखि तीन सय २४ करोड लागत रहेको यस आयोजनाको पाइप बिछ्याउने काम शुरू भएको थियो । निर्धारित समयमैं अन्य स्थानमा काम सम्पन्न भएपनि निर्णय ढिलो आएको कारण निकुञ्ज क्षेत्रमा केही ढिलो हुने यादवले बताए । उनले एक महीनाभित्र पाइप बिछ्याउने काम सम्पन्न गर्ने र केही दिन परीक्षण गरेर वैशाख अन्तिमदेखि पाइपलाइनबाट इन्धन ल्याउने लक्ष्य रहेको बताए ।
पाइपलाइन विस्तारसँगै परियोजनाले अमलेखगंजस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपोको स्तरोन्नतिको काम गरिरहेको छ । भारततर्फको ३२ किलोमिटर काम सकेर भारतीय प्राविधिकहरू अहिले डिपोभित्रको काममा जुटेका छन् । डिपोभित्रको ७५ प्रतिशत काम सम्पन्न भएको प्रमुख यादवले बताए । पाइपलाइनबाट इन्धन आएपछि ट्यांकरबाट हुने ढुवानी रोकिने छ । भारतबाट सीधै पाइपमार्फत अमलेखगंज डिपोमा डिजल र पेट्रोल आउनेछ । पाइपलाइन सञ्चालनमा आएपछि ट्यांकरबाट हुने चुहावट नियन्त्रण हुने र ढुवानी खर्चसमेत बचत हुनेछ ।