$type=ticker$count=12$cols=4$cate=0

वीरगंज किन हुन सक्दैन ?

SHARE:

श्रीमन्नारायण
    देश र प्रदेशलाई सबैभन्दा बढी राजस्व बुझाउने भौतिक पूर्वाधारले सम्पन्न, मधेस आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको, सर्वाधिक शहादत दिएको तथा ठूलो आर्थिक क्षति भोगेको व्यापारिक नगरी वीरगंजलाई प्रदेश नं. २ को राजधानी किन बनाउन सकिंदैन ?
    वीरगंजले देशका राजनीतिक दलहरूलाई मान, सम्मान, दाम सबै दिएको छ । तर प्रत्युत्तरमा वीरगंजलाई केही पनि प्राप्त भएको छैन । वीरगंज र नेपालका राजनीतिक दलहरूबीचको सम्बन्धलाई परिभाषित गर्दा यस रूपमा पनि परिभाषित गर्न सकिन्छ कि ‘वीरगंज पुगेर त्यहाँबाट के–के ल्याउन सकिन्छ ? तथा वीरगंजबाट भेट्न आउनेलाई ‘तपाईंले के–के लिएर आउनु भएको छ ?’ भन्ने प्रश्न सोध्ने गरिन्छ । अर्थात् देशका राजनीतिक दलहरू वीरगंजलाई केही दिने होइन, वीरगंजबाट सधैं केही न केही लिने मनसाय मात्रै राखेका देखिन्छन् । अब वीरगंजले पनि देशका राजनीतिक दलहरूसित केही माग्ने साहस जुटाउन सक्नुपर्दछ ।
    वीरगंजभन्दा पनि भौतिक पूर्वाधारले कमजोर मानिएका ठाउँहरू बुटवल, धनगढी, हेटौडा, पोखराहरू प्रादेशिक राजधानी बनिसकेका छन् यस्तो अवस्थामा वीरगंजसित मात्रै अन्याय किन ? जनकपुरलाई धार्मिक र पर्यटकीय नगरको रूपमा विकसित गर्नुपर्दछ । वीरगंजलाई राजधानी बनाउन यहाँका उद्योगी, व्यवसायीहरूको संस्था उद्योग वाणिज्य सङ्घले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ तर यसको निम्ति बन्द, हडताल, अनशनजस्ता कार्यक्रमको आवश्यकता पर्दैन । शान्तिपूर्ण जुलुसको पनि आवश्यकता पर्दैन । प्रथम चरणमा उद्योग वाणिज्य सङ्घले देशका प्रत्येक राजनीतिक दलहरूका अध्यक्ष, संयोजक तथा प्रमुख नेतालाई कमसेकम बारा, पर्सा र रौतहटका सांसद तथा विधायकहरूलाई (प्रत्यक्ष र समानुपातिक समेत) एउटा ज्ञापन दिन सकिन्छ । यसबाट उनीहरूमाथि दबाब बन्न सक्नेछ । उपरोक्त तीन जिल्लाका स्थानीय निकाय समेतले पनि आप्mनो स्तरबाट वीरगंजलाई प्रादेशिक राजधानी बनाउन संस्थागत रूपमा प्रदेश सरकारलाई सुझाव र दबाब दिन सक्दछ । बारा–पर्सा, रौतहटका प्रत्येक पसलहरूमा तथा सार्वजनिक स्थलहरूमा ‘वीरगंजलाई राजधानी बनाऔं’ भन्ने नारा एउटा सानो कागजमा लेखेर टाँसिदिनुपर्दछ । वीरगंजलाई मधेसको राजधानी बनाउने वाचा स्व. गजेन्द्रनारायण सिंह एवं रामजन्म तिवारीदेखि अहिलेका तमाम मधेसी नेताहरूले एकपटक होइन, पटक–पटक गरेका थिए । यस्तो अवस्थामा मधेसी दलहरू आप्mनो प्रतिबद्धता र जिम्मेवारीबाट भाग्न सक्दैनन् । ८ जिल्ला भएको प्रादेशिक संरचना स्वीकार गर्नु मधेसवादी दलको समस्या हो, कमजोरी हो, वीरगंज तथा यहाँको जनताको होइन । पहिलो संविधानसभामा मधेसवादी दलहरूलाई झापादेखि पर्सासम्म तथा नवलपरासीदेखि कञ्चनपुरसम्म दुईवटा प्रदेश स्वीकार गर्ने अवसर प्राप्त भएको थियो तर केही मधेसी नेताहरूकै अपरिपक्वता एवं अदूरदर्शिताका कारण पुरानो प्रस्तावलाई अस्वीकार गरिएको थियो र अहिले ८ जिल्लाको प्रदेश स्वीकार गर्न बाध्य छन् । सम्भवतः पहिलो संविधानसभामा नै प्रादेशिक संरचनाको प्रस्ताव स्वीकार गरिएको भए गाविसको संरचनाहरू पनि तहसनहस हुने थिएन न यति बढी गाउँपालिका र नगरपालिका नै प्रादेशिक सरकारको सौताको रूपमा कायम हुने थियो । जहाँसम्म ८ जिल्लाको मध्य भएको नाताले जनकपुरलाई प्रादेशिक राजधानी बनाइएको तर्क गरिन्छ यसलाई कुतर्ककै संज्ञा दिन सकिन्छ किनभने न विराटनगर, न हेटौंडा, न बुटवल र धनगढी नै ती प्रदेशहरूको मध्य भाग हो ।
    देशका राजनीतिक दलहरूले वीरगंजलाई त्यति बढी सम्मानित गरेको देखिएन । पर्सा तथा वीरगंजले देशका सबै राजनीतिक दलहरूलाई यहाँबाट निर्वाचनमा विजयी गराएको हो । कहिल्यै निर्वाचन नजितेका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई समेत पर्सावासीले चुनाव जिताएका थिए तर उनले पनि वीरगंजको विकासमा खासै ध्यान दिएनन् । नेपाली कांग्रेसकै नेतृत्वको सरकारको पालामा जनकपुरलाई प्रदेश नं. २ को अन्तरिम राजधानी घोषणा गरियो । दक्षिण एशियामा यथास्थितिवादी मानसिकताले बढी काम गर्ने गर्दछ तसर्थ एकपटक राजधानी घोषित भइसकेको ठाउँलाई अब किन यताउता सार्ने भन्ने प्रश्न पनि उठिरहेका छन् ? नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको उक्त सरकारमा नेपाल कम्युनिस्ट पार्टी माओवादीको पनि सहभागिता रहेको थियो । तसर्थ जनकपुरलाई राजधानी बनाउने काममा नेपाली कांग्रेस र नेकपाले अग्रणी भूमिका निर्वाह गरिसकेको छ । उपरोक्त दुई दलले अब गोहीको आँसु बगाउनुको अर्थ छैन । उपरोक्त दुई दलले प्रस्टरूपमा वीरगंजको सट्टा जनकपुरलाई बढी महŒव दिएको देखियो ।
    आम निर्वाचनमा यहाँको जनताले मधेसी दलहरूलाई शत प्रतिशत समर्थन दियो । सम्भवतः यस्तो प्रदर्शन तराई मधेसको कुनै पनि जिल्लामा भएन । पर्साका चारवटै संसदीय सिट मधेसवादी दलले जित्नु सामान्य कुरा होइन । अधिकांश विधायकहरू पनि मधेसवादी दलकै छन् । पर्सा तथा वीरगंजवासीले ठूलो दलहरूलाई तिनको गल्तीको निम्ति चुनावमा पराजित गराएर सजाय दिइसकेका छन् । विजयी भएका कथित आप्mनाहरूले वीरगंजको निम्ति केही गरेर देखाउनु आवश्यक छ ।
    वीरगंजलाई राजधानी बनाउने अभियानमा सबैले आआप्mनो स्तरबाट भूमिका निर्वाह गर्न सक्दछन् । मिडियाले समाचार सम्प्रेषण गरेर, बुद्धिजीवीहरूले विचारमार्पmत, व्यापारीहरूले आप्mनो पसल तथा प्रतिष्ठानमा  एउटा सानो कागज टाँसेर तथा सवारीसाधनहरूमा पनि ‘वीरगंजलाई राजधानी बनाऔं’ भन्ने तीन शब्द मात्र लेखेर पनि अभियान चलाउन सकिन्छ । यसको निम्ति एक सुका पनि खर्च गर्नुपर्दैन । यहाँ त आन्दोलनको नाममा लाखौं–करोडौं चन्दा असूल गरेर पैसा कमाउने गजबको तमाशा हुने गर्दछ । आन्दोलनकारीहरूले पनि पैसा कमाएको कुरा वीरगंजमैं देख्न र सुन्न पाइएको थियो । आन्दोलनकारीले त्याग, बलिदान र समर्पणलाई महŒव दिन्छन् तर कथित आन्दोलनकारीहरूले आन्दोलनलाई पनि व्यापार बनाएको देखियो । विगत एक दशकमा मधेसका नाममा जतिपनि आन्दोलन भए, त्यसमा सबैभन्दा बढी त्याग, बलिदान एवं योगदान वीरगंजको रहेको छ । शहादत पनि वीरगंजबाट बढी भएको छ । आर्थिक क्षति पनि वीरगंजले नै बढी उठाउनु परेको थियो । २०७२ सालको मधेस आन्दोलनलाई एक्लो वीरगंजले नै धानेको थियो । मधेस आन्दोलनका कारण वीरगंजवासीले आप्mनो हैसियत अनुसार हजार, लाख, करोड तथा अर्बौ रुपियाँ क्षति भोगे । देशका राजनीतिक दलहरू खासगरी मधेसवादी दलहरूले वीरगंजको लगानी, त्याग र बलिदानको कदर गर्दै यसलाई राजधानी घोषणा गर्न सकेमा सान्त्वना पुरस्कारसम्म प्राप्त हुन सक्ने थियो । मधेसवादी दलसित आवश्यक बहुमत छ, प्रादेशिक सरकारले आप्mनो तर्पmबाट प्रस्ताव ल्याउन सक्नुपर्दछ । प्रदेशको नाम र राजधानी प्रादेशिक संसद्बाट पारित गराउने आवश्यक बहुमत प्रादेशिक सरकारसित अवश्य पनि छ । यस विषयमा देशका ठूला राजनीतिक दल तथा मधेसवादी दलहरूसमेत कसीमा घोटिने छन् । वर्तमान अवस्थामा प्रदेशको नाम मिथिला र यसको राजधानी वीरगंज सर्वाधिक उपयुक्त समाधान हुन सक्दछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वीरगंज किन हुन सक्दैन ?
वीरगंज किन हुन सक्दैन ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjY5kczZgNe1oWbcx1nEXBeCi-1ifLsbFSpWv1nv03ib3-Y-uxyvGVjFQeeMxkIvTDA076UfAhWZD8Ug1qgrvnHL6KCHkTi611BlWL_rj4kkvCgTVRmU9ADK_DhZIoAEQSfLH9qCD1trOJ5/s200/sriman+narayan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjY5kczZgNe1oWbcx1nEXBeCi-1ifLsbFSpWv1nv03ib3-Y-uxyvGVjFQeeMxkIvTDA076UfAhWZD8Ug1qgrvnHL6KCHkTi611BlWL_rj4kkvCgTVRmU9ADK_DhZIoAEQSfLH9qCD1trOJ5/s72-c/sriman+narayan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/02/blog-post_497.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/02/blog-post_497.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy