सञ्जय साह मित्र
सरकारले गत साउन केही थप जातिलाई दलितको श्रेणीमा राखेको थियो । अधिकांशले सरकारको निर्णयको स्वागत गरेका थिए । सरकारले दलितलाई सुविधा दिने भएकोले धेरैले स्वागत गरेका हुन् तर सरकारले दलितको श्रेणीमा राखेर घोषणा गर्नु अघि कतिपयलाई जानकारी नभएकोले घोषणा भएपछि वा अरू कोहीबाट जानकारी प्राप्त गरेपछि आक्रोश व्यक्त गरे । समाजले दलित भनेर हेप्ने डरले वा पहिलेदेखि दलितलाई हेप्ने गरेकोले आक्रोश पोखेको दलित घोषणा गरिएपछि खुशी हुने पक्षको प्रतिक्रिया थियो । दलित हुनु राम्रो कि नराम्रो भन्ने विभाजित मनोविज्ञानबीच अप्रत्यक्षरूपमैं भएपनि नवदलितहरूले सरकारको निर्णयलाई स्वीकार गरिसकेको अवस्था छ ।
नेपालको वर्तमान संरचना र संविधानले दलितलाई विशेष अधिकार दिएको छ । विभिन्न क्षेत्रमा र स्थानीय सरकारमा दलितको सहभागिता अनिवार्य गरेको छ । हरेक वडामा जनप्रतिनिधिको रूपमा अनिवार्य निर्वाचित हुनुपर्ने प्रावधान राखिएको छ । वडा सदस्यमा कम्तीमा एकजना दलित हुनुपर्ने व्यवस्थाले नीति निर्माण तहमा दलितको पहुँच सुनिश्चित गरिएको छ । यसले दलितलाई निकै फाइदा पु¥याएको छ । दलित समुदाय यसबाट लाभान्वित भएको छ । यसले एकातिर दलित सम्मानित भएको छ भने अर्कोतिर दलितहरूको राजनीतिक सक्रियतामा वृद्धि भएको छ । राजनीतिक दलहरूले दलितलाई पनि राजनीतिमा सक्रिय बनाउन थालेको देखिएको छ भने दलित महिला, बालबालिका, युवा तथा शिक्षितहरू विस्तारै सचेत हुन थालेका छन् । वास्तवमा आरक्षणले दलित समुदायको विकासमा चौतर्फी सहयोग पु¥याइरहेको दलित अगुवाहरूले बुझेका छन् । यसै कारण सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र परम्परामा कुनै जमानामा दलितमा गनिएका– मानिएका केही जातिले आपूmलाई पनि दलितमा राख्नुपर्ने माग गर्दै आएकोमा सरकारले सम्बोधन गरेको हो । दलितमा केही जाति थपिएका छन् । यी नवदलितहरूपनि अब संविधानले दिएको विभिन्न सुविधा प्राप्त हुने विश्वासमा उत्साहित देखिएका छन् ।
दलित समुदायमा जातिको सङ्ख्या बढेको छ । दलितहरूको आकार बढेको छ । दलितहरूको मानसम्मान बढेको छ । दलितहरूको अधिकारलाई संविधानले सम्मान गरेको र जसलाई दलहरूले सम्मान गरिरहेका छन् । संविधानले दिएको अधिकारको कारण इतिहासमा पहिलोचोटि दलितप्रति आकर्षण बढेको छ । हो, अहिले दलितप्रति आकर्षण बढेको छ । पहिले कसैले दलित नभनोस् वा दलित भन्दा हेपिएको अनुभूति हुन्थ्यो तर अहिले दलित बनाउन माग गर्ने काम इतिहासमा पहिलोपल्ट भएको छ । इतिहासको यो घडी आफैंमा विशेष यस कारण पनि छ कि राज्यले पहिलोचोटि केही जातले मागेको आधारमा दलितमा स्थान सुरक्षित गरेको छ । केही थप जातले दलितको सुविधा पाउने भएपछि पुराना दलितहरूमा भने केही असन्तोष देखिएको छ ।
पहिलेदेखि दलितको सुविधा लिइरहेका सबै दलित थिएनन् । उदाहरणको लागि तराई मधेसमा लोहारलाई कहिल्यै दलितको रूपमा समाजमा स्वीकार गरिएको थिएन तर संविधान अनुसार दलितको सूचीमा लोहारलाई राखिएपछि र उनीहरूले दलितको सुविधा पाउन थालेपछि धेरै फरक परेको छ । दलित समुदायले निर्वाचनमा पाएको सफलताले जति उत्साहित भएका थिए, समाजमा विभिन्न समितिको गठन हुँदा, विकासको लागि उपभोक्ता समिति निर्माण हुँदादेखि विभिन्न आयोगहरूमा दलित भएकै कारण पाएको सफलताले दलित नभएका जातिलाई पनि दलित बन्न प्रेरित ग¥यो भने पहिलेदेखि नै दलितलाई जहाँको त्यहीं रहेर सुविधा लिइरहन प्रोत्साहित गरिरह्यो । समाजमा पहिलेदेखि दलित मानिएका जातिप्रति दृष्टिकोणमा आएको परिवर्तन, दलितहरूको व्यवहारमा विस्तार देखिंदै आएको सुधार, शिक्षा र चेतनाको विकास तथा दलित भनेर कसैले हेला वा अपहेलना गर्दा राज्यले दिने संरक्षणलगायत कारणले दलितहरूको सम्मान बढेको छ । दलितहरूको सामाजिक तथा आर्थिक हैसियतमा पनि परिवर्तन भएको छ । दलितहरूमा आइरहेको परिवर्तनले एकजना दलितले के पनि भनेका छन् भने पछौटेपनमा बाँचिरहेका मानिसबाहेक सभ्यताको पथमा हिंडेकाहरूले दलितलाई अब दलितको नजरले नहेरी समानताको दृष्टिले हेरेका छन् र यही मानवताको कारण दलितको पनि सम्मानमा वृद्धि भएको छ । दलितहरूको मानसम्मानमा वृद्धि हुनुलाई मानवतासित जोडेर हेर्न सकिन्छ भने विशेष अधिकारको कारण दलितहरूको राजनैतिक पहुँच नीति निर्माण तहमा पु¥याएर आत्माभिमानमा पनि थप वृद्धि गरेको छ ।
पहिलेदेखि दलितको सुविधा लिइरहेका केही जातिमा भने नवदलितको प्रवेशले असन्तोष देखिएको छ । केहीले दबेको स्वरमा आक्रोश पनि पोखेका छन् । आक्रोशको अभिव्यक्ति यसरी पनि दिएका छन् – दलितहरूबीच अब निर्वाध बिहाबारी चल्नुपर्छ ।
हुनत पहिलेदेखि नै दलित–दलितबीच पनि छुवाछूत कायम छ । दलित–दलितबीच आप्mनै किसिमको विभेद कायम छ । यो विभेदले दलितमा समानताको जग बसाल्न निकै सङ्घर्ष आवश्यक छ । अहिलेपनि सबै दलितबीच मेल भइसकेको छैन । दलितमैं फलानो तल्लो र फलानो माथिल्लो भन्ने भावना कायम छ । दलितमा मेल नहुने कारण योपनि हो । पछाडि परेकालाई अगाडि ल्याउन नै आरक्षण ल्याइएको हो । हरेक जातले आप्mनो अस्तित्वलाई महŒव दिने तथा हरेक जातिको आप्mनो गौरवमय इतिहास हुने हुनाले बाहिरबाट हेर्दा सबै दलित एउटै वा उस्तै लाग्ने तर वास्तवमा निकै भिन्न रहेको कारणले पनि सबै दलितबीच एक किसिमको आन्तरिक व्यवहार चल्न नसकेको हो । दलितले पनि आफ्नो जातीय मान, स्वाभिमान खोज्नु स्वाभाविक हो । यसमाथि जब केही नेता वा अगुवाको व्यक्तिगत मान–सम्मान तथा स्वाभिमानमा ठेस लाग्ने कुरो हुन्छ वा राजनीति गर्ने बाटो साँघुरो भएजस्तो लाग्छ, त्यति बेला नै जातीय कट्टरताले दुई जातिको सम्मिलनको बाटो अवरुद्ध हुन्छ । जातीय सङ्कीर्णताले महŒव पाउन थाल्दछ । यद्यपि दलितहरूले आप्mनो पहिचान बनाएर जातीय अधिकार स्थापित गर्न ल्याएको चेतनाले उनीहरूको अधिकार रक्षामा सहयोग पुगेको छ र अनेक जातिबीच भाइचारा सम्बन्ध स्थापित भएको छ ।
वर्तमानमा दलित शब्दले एउटा सम्बन्ध विस्तार गरेको छ । पहिले केही जातिबीच आत्मीय सम्बन्धको बोध हुने गरेको थियो, त्यसको दायरा अब फराकिलो हुने भएको केही बुद्धिजीवीको भनाइ छ । थप केही जातिबीच आत्मीय सम्बन्ध विस्तार हुने र पहिलेदेखि उपल्लो जाति मानिंदै आएकोमा अब आपूmसरह अन्य धेरै छन् भन्ने भावना विकसित हुने सङ्केत गर्दछ । तर दलितमा आरक्षण विस्तार नहुनु तथा दलित जातिको सङ्ख्यामा विस्तार हुनुले केही हदसम्म असन्तोष वा आन्तरिक आक्रोश देखिनु स्वाभाविक हो । आप्mनो भाग खाने बढेकोमा किञ्चित आक्रोश बढेको पनि समाजले अनुभूति गरेको छ । नवदलित अत्यधिक उत्साहित हुँदा पहिलेदेखिका दलितहरूमा फरक प्रतिक्रिया देखिएको हुन सक्छ । समाज विकासको स्वाभाविक प्रतिक्रिया भएजस्तै मानव विकासको पनि स्वाभाविक प्रक्रियाको रूपमा आक्रोश र उत्साह दुवैलाई लिनुपर्ने देखिन्छ । आरक्षणले क्षणिक फाइदा पुगे पनि यसले कालान्तरमा प्रतिस्पर्धी क्षमता कमजोर बनाउने त होइन भन्ने चिन्ता पनि यसैबीच देखिएको छ । पहिले प्रतिस्पर्धाको क्षेत्र फराकिलो थियो साँघुरिएपछि प्रतिभाको स्वच्छन्द विकासमा अवरोध सिर्जना हुने हो कि ?
नवदलित वा परम्परागत दलित भनेर जातिको जुन आधार तोकिएको छ, यो एउटा पक्ष हो तर समग्रमा कसैको सामथ्र्यलाई यसले प्रभावित नपारोस् । सामथ्र्य र प्रतिभा कुनै पनि जातिको घेराभन्दा माथि हुन्छ र हुनुपनि पर्दछ ।