प्रदेश नं २ का मुख्यमन्त्री आप्mनो प्रदेशलाई सफासुग्घर र स्वच्छ राख्ने अभियानमा लागेका छन् । सरसफाइ र स्वच्छता मोटो अर्थमा समानार्थी हुन् तर सरसफाइ भनेपछि देखिने फोहरको व्यवस्थापन र स्वच्छता भनेपछि अदृश्य फोहरको बहिष्करण बुझिन्छ । सरसफाइ नित्य उब्जने फोहरको व्यवस्थापन हो । स्वच्छता मनोभावसँग गाँसिएको कुरा हो, जुन कहिले सफा हुन सक्दैन वा एकपटक यसको अन्तर्य बुझेपछि फेरि कहिले फोहर हुँदैन । सरसफाइ ठोस फोहरलाई तह लगाउने अभियान हो भने स्वच्छता सरसफाइजन्य उपलब्धि हो । हामीले आप्mनो गाउँ–बस्ती–शहर–प्रदेश–देश फोहर हुन दिएनौं भने त्यसबाट स्वच्छताको अनुभूति हुन्छ । फोहर नहुनु, स्वच्छ हुनु होइन । स्वच्छ हुनका लागि निर्मलता चाहिन्छ । खुला दिसा गर्नु सरसफाइसँग सम्बन्धित हो भने स्वच्छता, खुला दिसा नगर्दा प्राप्त हुने स्वास्थ्यलाभ हो । जो होस् यस प्रदेशका मुख्यमन्त्री यस अभियानमा लागेका छन् । यो राम्रो प्रयास हो । हाम्रो समाजले धेरै स्वास्थ्यविपरीत कार्य अँगाल्दै आएको छ । हाम्रो लागि सरसफाइ आप्mनो घरको चौहद्दी सफा हुनु र स्वच्छता भान्साघर र पूजाकोठासम्म सीमित रहने गरेको छ । घरको फोहर सडक र नालीमा फाल्नुमा हामी कुनै दोष देख्दैनौं । फोहर सधैं निष्कासन भइरहन्छ, यसको सधैं व्यवस्थापन पनि गरिन्छ, तर फोहर फाल्ने ठाउँ हाम्रो लागि घर अगाडिको सडक वा खाली ठाउँ हो ।
मुख्यमन्त्री आफैं सडक बढार्दै हिंडेका छन् । यसबाट उनले आप्mनो फोहर सफा गर्दा मानिस सानो हुँदैन भन्ने देखाउन खोजेकोमात्र हो । मुख्यमन्त्रीले सधैं घण्टाघरमा आएर फोहर सफा गरिदिने होइन । यो बुझ्नेका लागि उसको मानसिकताको ‘आइस–ब्रेक’ हो, अबुझ वा बुझ पचाउनेका लागि यसको अर्थ छैन । अचेल प्रायः हाम्रो शहर वा गाउँमा कुनै न कुनै सामाजिक संस्था, प्रहरी र सैनिकहरूले खास खास अवसरमा सरसफाइ गरि नै रहेका हुन्छन् । त्यसबाट प्रेरित भएर आजसम्म जसको फोहर सफा गरिएको हो, ऊ अघि सरेर आप्mनो फोहर व्यवस्थापन गरेको देखिएको छैन । फोहर सफा गर्ने कि पोडे–च्यामेले हो वा प्रचारका लागि केही गतिला मानिसले कहिलेकाहीं गरिदिने हो, यसै मानसिकताले समाज ग्रस्त छ । त्यसैले घर सफा हुन्छ, घर अगाडि फोहरको डुङ्गुर लाग्छ । यस मानसिकतालाई चिर्ने उपाय नगरुन्जेल समाज स्वच्छ त के सफा पनि हुन सक्दैन ।
सरसफाइलाई अभियान नै बनाउने हो भने सडक बढार्दै हिंडेर केही हुँदैन । आज प्रविधिको जमाना हो । जनशक्तिले अब फोहर सफा हुन सक्दैन । अब गाउँतिर तत्विशेष, शहरहरूलाई प्रदेशले ब्रुमर मेशिन प्रदान गर्नुपर्छ । कुनै अभियान चलाउनका लागि कार्यान्वयन पक्ष महŒवपूर्ण हुन्छ, त्यसका लागि बजेट छुट्याएर पक्की सडक भएका स्थानीय तहलाई आवश्यकता र आकारको आधारमा ब्रुमर मेशिन दिने हो भने फोहरको समस्या समाधान हुन सक्दछ । यसले फोहर व्यवस्थापनमा कुनै सामाजिक संस्था, प्रहरी वा सैनिकले आप्mनो श्रम खर्चनुपर्दैन । यो श्रमदानले उपलब्धि पनि केही हुने होइन । न सरोकारवाला त्यसबाट सिक्न चाहन्छ न फोहर नै नियमित व्यवस्थापन हुन्छ । उल्टै हाँसोको विषय बन्छ । ‘खोइ, मुख्यमन्त्रीले सफा गरे, फोहर त जस्ताको त्यस्तै’ भनेर खिसी गर्नमात्र उद्यत हुन्छन् । मानौं मुख्यमन्त्रीले एक दिन सफा गर्दा त्यो ठाउँ सदाका लागि सफा भइरहनुपर्छ ।