बिन्दुभूषण साह, वीरगंज, १७ माघ/
कुरीतिविरुद्ध अभियान वीरगंज महानगरपालिका–२७ को सुगौली बिर्तामा बिहीवार सम्पन भएको छ ।
समुदाय–प्रहरी साझेदारी अन्तर्गत छिपहरमाई गाउँपालिकाबाट शुरू भएको बालविवाह, लैंङ्गिक हिंसा, चोरी–पैठारी, लागू औषध, दाइजो प्रथालगायत कुरीति विरुद्ध अभियान चौथो चरणमा सुगौली बिर्तामा सम्पन्न भएको हो । कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै खुला दिसामुक्त, बालविवाह, दाइजो प्रथा, लागू औषधलगायत कुरीतिविरुद्ध चेतनामूलक नाटकसमेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले नेपाल प्रहरीले अपराध हुनै नदिने उद्देश्यले समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको वताए ।
कार्यक्रममा बोल्दै प्राध्यापक डा.सुषमा द्विवेदीले बुहारीलाई पनि छोरीजस्तै व्यवहार गरे महिला हिंसामा कमी आउने बताइन् । आप्mनो गाउँ, समुदायमा अपराधको घटना भएको अवस्थामा प्रहरीलाई खबर गरी सहयोग गर्न पनि द्विवेदीले आग्रह गरिन् ।
वडाध्यक्ष शम्भु मिश्राको अध्यक्षतामा भएको कार्यक्रममा पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, पर्साका प्रमुख जिल्ला अधिकारी लगायतले मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सहजीकरण सञ्चारकर्मी लक्ष्मी खरेलले गरेकी थिइन् ।