राजेश केसरीवाल, रक्सौल, १५ माघ/
रक्सौल नजीक घुम्टी नं. ३३ मा पैदलयात्रीको लागि आकाशेपुल निर्माण हुने भएको छ ।
सांसद डा. सञ्जय जैसवाल, डिआर एमआरके जैन र सिनियर डिसिएम वीरेन्द्र कुमारले पैदलयात्रीको लागि निर्माण हुने आकाशेपुलको संयुक्तरूपमा शिलान्यास गरेका हुन् । सो अवसरमा सांसद डा. जैसवालले लामो प्रतीक्ष्Fापछि रक्सौलवासीको माग बमोजिम पैदल यात्रीको लागि आकाशे पुल निर्माण हुन लागेको बताए । उनले आकाशे पुलको निर्माणपछि रेल आवतजावत गर्दा पैदल यात्रीले समस्या भोग्नु नपर्ने र सहज सडक पार गर्न सकिने बताए । १० फुट चौडा आकाशेपुलबाट मोटरसाइकलसमेत आवतजावत गर्न सक्ने बताइएको छ ।
केन्द्र सरकारले यस अघि दुईवटा आकाशेपुलको लागि भारु ७० करोड विनियोजित गरेपनि निर्माण हुन सकेको छैन । बिहार सरकारले हालै केन्द्रीय सरकारले विनियोजित गरेको सो रकमलाई एनओसी लेटर दिएको छ । अबका दिनमा ती दुई पुलको पनि क्रमशः निर्माण हुने बताइएको छ ।
शिलान्यास कार्यक्रममा रेलवेका सिनियर डिएम आरआरएन झा, राजु कुमार, अनुमण्डल अधिकारी अमित कुमार, भाजपाका जिल्ला अध्यक्ष्F प्रमोदशङ्कर सिंह, सांसद प्रतिनिधि प्रFडा अनिलकुमार सिन्हालगायतको सहभागिता थियो ।