प्रस, रौतहट १२ पुस/
रौतहट उद्योग वाणिज्य सङ्घले अनिश्चितकालीन बजार बन्द गर्ने घोषणा गरेको छ ।
रौतहट उद्योग वाणिज्य सङ्घका अध्यक्ष पडितप्रसाद जयसवालको सक्रियतामा विभिन्न माग राख्दै अनिश्चितकालीन बजार बन्दको घोषणा गरिएको हो ।
पान भ्याटमा दर्ता रहेको फर्मले नेपाल भरी स्वतन्त्ररूपले व्यापार गर्ने प्रावधान रहेकोमा कायम गर्नुपर्ने, वर्षैपिच्छे कर तिरेको व्यापारीलाई दुःख दिने कार्य अविलम्ब बन्द गर्नुपर्ने, बिल–बिजक हुँदा पनि बल–जबरजस्ती माल–समान समाती धम्कयाउने कार्य गर्ने प्रहरीलाई अविलम्ब कार्यवाहीको दायरामा ल्याउनुपर्ने, निश्शर्त गाडीसहितको मालसामान फिर्ता गर्नुपर्ने, व्यावसायिक वातावरण बनाउन दुवै पक्षबाट लिखित सम्झौता हुनुपर्ने माग सहित बिहीवार गौर बजार बन्द भएको छ ।
गौर नगरपालिका–५ मा रहेको फर्म पुष्पा टे«डर्सबाट खाद्यान्न सामग्री खरीद गरी ईशनाथ नगरपालिका–४ मठियामा दर्ता रहेको फर्म नवल स्टोर्सले लैजाने क्रममा औरैया प्रहरी चौकी अगाडि प्रहरीले मालसामानसहित ट्याक्टर समाती व्यापारीलाई दुःख दिनुका साथै व्यापार गर्ने वातावरणमा असर पर्ने भएकोले बजार बन्द गराइएको सङ्घका अध्यक्ष जयसवालले बताएका छन् ।