प्रस, वीरगंज, १२ मङ्सिर/
वीरगंजको नारायणी रङ्गशालामा जारी प्याब्सन टी–२० नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न तीनवटा खेलमा ओम नेशनल, सनलाइट र मास्कोट एकेडेमी विजयी भएको खेल संयोजक इमामुद्दीन अहमदले बताए । आज भएको पहिलो खेलमा ओम नेशनलले कञ्चनजङ्घालाई १२९ रनको विशाल अन्तरले पराजित ग¥यो । पहिले ब्याटिङ गर्दै ओम नेशनलले निर्धारित १५ ओभरको खेलमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो । प्रतिउत्तरमा कञ्चनजङ्घा ७.५ ओभरमा सबै विकेट गुमाएर २९ रनमा सीमित भएको थियो । यस खेलको म्यान अफ दि म्याच अभिषेक गिरी घोषित भए ।
दोस्रो खेलमा सनलाइटले मूनलाइटलाई २४ रनअन्तरले पराजित ग¥यो । पहिले ब्याटिङ गर्दै सनलाइटले निर्धारित १५ ओभरको खेलमा ५ विकेट गुमाएर ९३ रन जोडेको थियो । प्रतिउत्तरमा मूनलाइट १५ ओभरमा ५ विकेट गुमाएर ६९ रनमा सीमित भयो । यस खेलको म्यान अफ दि म्याच विकाश राम घोषित भए ।
तेस्रो खेलमा मास्कोटले ग्रेसलाई १५ रनअन्तरले पराजित ग¥यो । पहिले ब्याटिङ गर्दै मास्कोटले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो । प्रतिउत्तरमा ग्रेस १५ ओभरमा ८ विकेट गुमाएर ८१ रनमा सीमित भयो । यस खेलको म्यान अफ दि म्याच सुशील राउत घोषित भएको खेल संयोजक इमामुद्दीन अहमदले बताए ।