उमाशङ्कर द्विवेदी
मानिस जुन बुद्धिद्वारा धर्म र अधर्मलाई तथा कर्तव्य र अकर्तव्यलाई पनि यथार्थरूपले जान्दैन, त्यो राजसी बुद्धि हो तथा जुन तमोगुणबाट घेरिएको बुद्धि अधर्मलाई पनि ‘यो धर्म हो’ यस्तो मान्दछ तथा यसै प्रकार अन्य सम्पूर्ण पदार्थहरूलाई विपरीत मान्दछ, त्यो तामसी बुद्धि हो । पार्थ, जुन अव्यभिचारिण धारणशक्तिबाट मानिस ध्यानयोगद्वारा मन, प्राण र इन्द्रियहरूको क्रियालाई धारण गर्दछ, त्यो धृति साŒिवक हो र पृथापुत्र अर्जुन, फलको इच्छावाला पुरुष जुन धारणशक्तिद्वारा अत्यन्त आसक्तिले धर्म, अर्थ र कामहरूलाई धारण गरिरहन्छ, त्यो धारणशक्ति राजसी हो । पार्थ, दुष्ट बुद्धिवाला मानिस जुन धारणशक्तिद्वारा निद्रा, भय, चिन्ता, दुःख तथा उन्मत्ततालाई पनि छाड्दैन, त्यो धारणशक्ति तामसी हो । अर्जुन, अब तीन प्रकारका सुखलाई पनि तिमी मबाट सुन । जुन सुखमा साधक भजन, ध्यान र सेवादिको अभ्यासमा रमण गर्दछ र जसबाट दुःखको अन्तलाई प्राप्त भइहाल्दछ– जुन यस्तो सुख छ, त्यो प्रथम यद्यपि विषतुल्य प्रतीत हुन्छ, तर परिमाणमा त्यो अमृततुल्य छ, त्यसैले त्यो परमात्मविषयक बुद्धिको प्रसादबाट उत्पन्न हुने सुख साŒिवक हो । जुन सुख विषय र इन्द्रियको संयोगबाट उत्पन्न हुन्छ, त्यो पहिले भोगकालमा अमृततुल्य प्रतीत भएपनि परिमाणमा विषको तुल्य हुन्छ, त्यसैले त्यसलाई राजसी सुख भन्दछन् । जुन भोगकालमा तथा परिमाणमा पनि आत्मालाई लोभ्याउने खालको हुन्छ, त्यो निद्रा, आलस्य र प्रमादबाट उत्पन्न हुने सुखलाई तामसी सुख भन्दछन् । पृथ्वी वा आकाशमा अथवा देउताहरूमा तथा यीबाहेक र अन्य कतै पनि यस्तो कुनै सŒव छैन, जुन प्रकृतिबाट उत्पन्न यी तीनै गुणबाट रहित होओस् ।
परम्तप, ब्राह्मण, क्षत्रिय, वैश्य तथा शुद्रको कर्म स्वभावले उत्पन्न गुणहरूद्वारा विभक्त गरिएको छ । अन्तःकरणको निग्रह गर्नु, इन्द्रियहरूको दमन गर्नु, धर्मपालनाको लागि कष्ट सहन गर्नु, बाहिरी–भित्री शुद्ध रहनु, अर्काको अपराधलाई क्षमा गर्नु, मन, इन्द्रिय र शरीरलाई सरल राख्नु, वेद, शास्त्र, ईश्वर र परलोक आदिमा श्रद्धा राख्नु, वेद–शास्त्रहरूको अध्ययन–अध्यापन गर्नु गराउनु र परमात्माको तŒवको अनुभव गर्नु यी जम्मै ब्राह्मणको स्वाभाविक कर्म हो । शूरवीरता, तेज, धैर्य, चतुरता, युद्धमा नभाग्ने, दान दिने र स्वामी भाव यी क्षत्रियहरूको स्वाभाविक कर्म हो । कृषिकर्म, गोपालन र क्रय–विक्रयरूपी सत्य व्यवहार यी वैश्यको स्वाभाविक कर्म हो तथा सबै वर्णको सेवा गर्नु शुद्रको स्वाभाविक कर्म हो । आआप्mनो स्वाभाविक कर्ममा तत्परतापूर्वक लागेको मानिस भगवत्प्राप्तिरूपी परम सिद्धिलाई प्राप्त भइहाल्दछ । जुन परमेश्वरबाट सम्पूर्ण प्राणीहरूको उत्पत्ति भएको छ र जसबाट यो समस्त जगत् व्याप्त छ, त्यस परमेश्वरको आप्mनो स्वाभाविक कर्मद्वारा पूजन गरेर मानिस परम सिद्धिलाई प्राप्त गरिहाल्दछ । राम्ररी आचरण गरिएको अर्काको धर्मबाट गुणरहित पनि आप्mनो धर्म श्रेष्ठ हो, किनकि स्वभावबाट नियत गरिएको स्वधर्मरूपी कर्मलाई गरिरहँदा मानिसले पाप गर्दैन । अतएव कुन्तीपुत्र, दोषयुक्त भएपनि सहज कर्मलाई त्याग्नुहुँदैन, किनकि धुँवाबाट अग्निभैंm सबै कर्म कुनै न कुनै दोषले ढाकिएको हुन्छ ।
सर्वत्र आसक्तिरहित बुद्धिवाला, स्पृहारहित र जिउँदै रहेको अन्तःकरणवाला पुरुष साङ्ख्ययोगद्वारा पनि परम नैष्कम्र्यसिद्धलाई प्राप्त गरिहाल्दछ । कुन्तीपुत्र, अन्तःकरणको शुद्धीरूपी सिद्धिलाई प्राप्त पुरुष जुन प्रकारले सच्चिदानन्दघन ब्रह्मलाई प्राप्त हुन्छ, जो ज्ञानको परानिष्ठा छ, त्यसबारे तिमीले मबाट सङ्क्षेपमा जान । विशुद्ध बुद्धिबाट युक्त तथा हलुङ्गो, साŒिवक र नियमित भोजन गर्ने, शब्दादि विषयहरूको त्याग गरेर एकान्त र शुद्ध देशको सेवन गर्ने, साŒिवक धारणशक्तिद्वारा अन्तःकरण र इन्द्रियहरूको संयम गरेर मन, वाणी र शरीरलाई वशमा गरिलिने, राग–द्वेषलाई सर्वथा नष्ट गरेर राम्ररी दृढ वैराग्यको आश्रय लिने तथा अहङ्कार, बल, घमण्ड, काम, क्रोध र परिग्रहको त्याग गरेर निरन्तर ध्यानयोगको परायण रहने, ममतारहित र शान्तियुक्त पुरुष सच्चिदानन्द ब्रह्ममा अभिन्न भावबाट स्थित हुने पात्र हुन्छ । अनि ऊ सच्चिदानन्दघन ब्रह्ममा एकीभावले स्थित, प्रसन्न मनवाला योगी न त कसैको लागि शोक गर्दछ, न कसैको आकाङ्क्षा नै गर्दछ । यस्तो समस्त प्राणीमा समभाववाला योगी मेरो पराभक्तिलाई प्राप्त भइहाल्दछ । त्यस पराभक्तिद्वारा उसले म परमात्मालाई, म जो हुँ र जति हँु, ठीक त्यस्तोको त्यस्तो तŒवले जानिहाल्दछ तथा त्यस भक्तिले मलाई तŒवले जानेर तत्काल नै ममा प्रविष्ट भइहाल्दछ । मेरो परायण भएको कर्मयोगी त सम्पूर्ण कर्मलाई सदैव गरिरहँदा पनि मेरो कृपाले सनातन अविनाशी परपदलाई प्राप्त भइहाल्दछ । सबै कर्मलाई मनबाट ममा अर्पण गरेर तथा समत्वबुद्धिरूपी योगलाई अवलम्बन गरेर मेरो परायण र निरन्तर ममा अनुरागवाला होओस् । उपर्युक्त प्रकारले ममा अनुरागवाला भएर तिमी मेरो कृपाले समस्त सङ्कटहरूलाई अनायास नै पार भइहाल्नेछौ र यदि अहङ्कारको कारणले मेरो वचनलाई सुन्दैनौ भने नष्ट भइहाल्नेछौ । तिमी अहङ्कारको आश्रय लिएर यो मान्दैछौ कि ‘म युद्ध गर्दिनँ’, तिम्रो यो निश्चय मिथ्या छ किनकि तिम्रो स्वभावले तिमीलाई जबरजस्ती युद्धमा लगाइदिनेछ । अर्जुन, तिमी ममा मन लगाउने होऊ, मेरो भक्त बन, मलाई पूजन गर्ने होऊ तथा मलाई नमस्कार गर । यस्तो गर्नाले तिमीले मलाई नै प्राप्त गर्नेछौ । यो म सत्य प्रतिज्ञा गर्दैछु किनकि तिमी मेरो अत्यन्त प्रिय छौ । सम्पूर्ण कर्तव्यकर्मलाई ममा त्यागेर तिमी केवल एक म
सर्वशक्तिमान, सर्वाधार परमेश्वरको शरणमा आइहाल । म तिमीलाई सम्पूर्ण पापबाट मुक्त गरिदिनेछु, तिमी शोक नगर ।
अर्जुनले भने– अच्युत, तपाईंको कृपाले मेरो मोह नष्ट भइहाल्यो र मैले स्मृति प्राप्त गरिसकें । अब म संशयरहित भएर स्थित छु । अतः तपाईंको आज्ञाको पालन गर्नेछु । क्रमशः।।।