$type=ticker$count=12$cols=4$cate=0

अधूरो यात्रा

SHARE:

जगदीश शर्मा
गताङ्कको बाँकी...
    पौराणिक कथा अनुसार ब्रह्मालाई के सुर चढेर हो कुन्नि आप्mनी मानसपुत्री सरस्वतीमाथि आसक्त भएछन् । उनी सरस्वतीलाई समाउन दौडे । चारैतिर कोलाहल भयो । महादेवले थाहा पाएर ब्रह्माको टाउको काटिदिएछन् । ब्रह्मालाई मारेको हुँदा महादेवलाई ब्रह्महत्या लाग्यो । ब्रह्महत्याको रापले उनी निकै समय भौंतारिइरहे । पछि अलकनन्दा नदी छेउ एउटा शिलामा तपस्या गरेपछि उनी ब्रह्महत्याबाट मुक्त भए । अलकनन्दा नदीको दायाँ र बायाँ नारायण पर्वत र नर पर्वत स्थित छन् । नारायण पर्वतको काखमा नै बद्रीविशालको मन्दिर स्थापित छ ।
    मेरी धर्मपत्नी पनि कर्मकाण्डी होइनन् । कर्मकाण्डमा मजस्तै उनलाई पनि विश्वास छैन । तर महिला हो, संविधानले जतिसुकै महिला शक्तीकरणमा जोड दिएपनि महिलाहरूमा संस्कारगत कमजोरीले संवैधानिक लाभ उठाउन नपाएझैं लोक परम्परा धान्न कर्मकाण्डप्रति आप्mनो अनास्था जाहेर गर्न चाहँदिनन् । मलाई भने लौकिक र पारलौकिक कुनै पनि बन्धनले कर्मकाण्डमा पत्यार गराउन सकेको छैन । यो बद्री यात्रा महिलाको त्यही कमजोरीको प्रतिफल थियो । किनकि मेरा पिताजी घोर कर्मकाण्डी र अघोर पण्डित हुनुहुन्थ्यो । कर्मकाण्ड नै हिन्दू मोक्ष्Fको मार्ग हो भने मेरा पिताजीले, मलाई विश्वास छ, आप्mनो अघिल्लो सात पुस्ता र पछिल्लो सात पुस्तालाई तारिदिनुभएको छ । आमाको १३ दिने श्राद्धको क्रममा उहाँले भन्नुभएको थियो– तेरी आमा स्वर्ग गई, कुनै शङ्का नठान, मैले विधिपूर्वक सबै कर्मकाण्ड पूरा गरिदिएको छु । त्यस्तो मानिस किन स्वर्ग नजाने ? मजस्तो जन्मना ब्राह्मणले मेरा पिताजस्ता कर्मणा ब्राह्मणलाई कसरी मोक्ष दिलाउँला १
    श्राद्धकर्म निर्विघ्न सम्पन्न भयो । पिण्ड बनाउनका लागि बद्रीलाई भोग चढाएको भात जनही रु ७०/– तिरेर किन्यौं । यहाँ पनि पण्डाहरू लोभी देखिए, गयाजस्तो चाहिं होइन । नारायण गिरिको एउटा फराकिलो मानवकृत चौतारोमा नाङ्गै बसाएर पिण्ड बनाउन अ¥हाएर हामीलाई झन्डै १ घण्टा कुराइदिए । जति नेपाली थिए, सबैलाई पालैपालो बटुलेर ल्याइरहेका थिए । हामीले सोच्यौं–ठीकै छ, श्राद्धको मन्त्र र विधि त उही हो, एकैपटक गराओस्, बिचरालाई एउटै मेहनतमा सबै दक्षिणा प्राप्त हुन्छ । यी पण्डित (नेपाली पण्डा)ले पनि शर्टकर्टमा श्राद्ध गराए । उनको तर्क थियो, यो देवभूमि हो, नारायण पर्वतको काख । यहाँ पुग्नु नै पितृऋणबाट उऋण हुनु हो, पिण्डदान गर्नु त झन् उत्तम । हतारमा काम सकेर रु १,१००/– भन्दा कम होइन, बढी जति पनि दक्ष्Fिणा दिन आग्रह गर्दै आप्mनो सम्पूर्ण पाण्डित्य पोखे । हामीले जनही रु ५००/– दियौं । प्रतिवाद गरेनन् । त्यसपछि अर्को ठाउँमा गएर अर्का पण्डितसँग तर्पण गराउनुपर्ने उर्दी जारी भयो । तर्पण गराउने पण्डितकहाँ नेपाली–भारतीय सबै झुम्मिएका थिए । तर्पण गराउँदा जति मेहनत गरेनन्, त्योभन्दा बढी दान–दक्षिणाको महात्म्य बताउन गरे । यिनले पनि कम्तिमा रु १,१००/– र त्यसभन्दा जति बढी ग¥यो, पितृ त्यत्तिकै खुशी हुने बताए । यहाँ हामीले जनही रु १००/– दियौं । यिनले पनि प्रतिवाद गरेनन् । गयाको श्राद्धकर्मभन्दा यहाँको श्राद्ध द्वन्द्वरहित टुङ्गियो । यति बेलासम्म ११ बजिसकेको थियो । खाना खाएर हिंडिहालौं वा बाटोमा कही खाउँला भनी हामी झोलीझिम्टा मिलाउन थाल्यौं । त्यसभन्दा पहिले बद्रीविशालको दर्शन गर्ने निधो भयो । सबै उतै लागे । सबै जब धर्मशालामा भेला भएर सामान माथिबाट ल्यायौं, सम्धिनीजी बेपत्ता हुनुहुन्थ्यो । पछि थाहा भयो, १२ बजेभित्र दर्शन गर्न नसक्नुभएकोले अब १२ः३० बजे ढोका खुलेपछि मात्र दर्शन हुन्छ । कुर्नुको कुनै विकल्प थिएन । दुई कप चियाबाहेक कसैले केही खाएको थिएन ।
    कुर्ने क्रममा म चाहिं हामी बसेको नेपाली धर्मशालाबारे खोजबिन गर्न थालें । सन्दीप घिमिरे फेला परे । यी नेपाली पण्डाका सन्तान रहेछन् । नेपाली धर्मशाला भएकोले यिनैको खानदानले स्थापनाकालदेखि रेखदेख गर्दै आएको रहेछ । घिमिरे थरका यी नेपाली मूलका पण्डालाई आप्mनो पुर्खा कहिले यहाँ आए भन्ने पनि हेक्का रहेनछ । थर घिमिरे र मूल नेपालीबाहेक नेपाली भन्न सुहाउने कुनै लक्षण थिएन । श्याम वर्ण, झुस्स दा¥ही पालेका युवक, नेपाली बोल्न पटक्कै नजान्ने । नेपालका राणाप्रधानमन्त्री  चन्द्र शमशेर जबराकी धर्मपत्नी महारानी जगदम्बा बालकुमारीले विसं. १९९२ नेपाली तीर्थालुका लागि भनेर धर्मशाला बनाइदिएकी रहिछन् । धर्मशालाको ठ्याक्क क्षेत्रफल थाहा हुन सकेन तर दुईटा हल र ९ वटा कोठा रहेछ । सन् १९९० मा हिमपहिरो जाँदा धर्मशालामा क्ष्Fति पुगेको थियो । नेपालका श्रीधर शम्शेर जङ्गबहादुर राणाको अध्यक्ष्Fतामा नेपाली तथा भारतीय पण्डा सम्मिलित जीर्णोद्धार समिति बनाइएको रहेछ । जसको सचिव नेपाल सरकारको यातायात मन्त्रालयका सचिव मदनमान अमात्य थिए । जीर्णोद्धार कार्यमा प्रायः नेपालीले नै सहयोग गरेका छन् । धर्मशालाको मरम्मत सकेर सन् २००० मा १० जना नेपाली पण्डाहरूको धर्मशाला सञ्चालक समिति बनाई हस्तान्तरण गरिदिएको थियो । सन्दीपले के पनि बताए भने धर्मशालामा बस्न नेपालीलाई भाडा लाग्दैन ।
    सबैको दर्शन कार्य सम्पन्न भएपछि, मैले प्रस्ताव राखे, धर्मशालालाई सहयोग स्वरूप जनही रु १००/– का दरले रु ८००/– दिउँ । तर पैसा तिर्ने बेला खाता–बही लिएर जुन मानिस बसेका थिए, उनले आप्mनो नाम पनि सन्दीप बताए । मैले रु ८०० दिंदा उनी नाखुश भए– “१५००/– तो किराया होता है, आप कैसे इतना कम पैसा देरहे हैं । मैले आधा घण्टा पहिले सन्दीप नामका पण्डासँग लामो कुरा गरे, उनले नेपालीलाई भाडा लाग्दैन भनेका थिए । त्यसैले हामीले धर्मशालाको सहयोगार्थ यो रकम दिन खोजेको भन्दा उनी जङ्गिए । उस कमरेका किराया रु २०००।– है आप नेपाली है, १५००।– दिजिये भन्यो । तातो पानी भएको, अटैच्ड बाथरूम र न्यानो बिस्तर तथा ओढनेको ८ जनाको भाडा १५०० कदापि बढी होइन । विनातर्क हामीले १५००।– ति¥यौं र रसिद लियौं ।
    फर्कनु अघि हामीले मिलन क्षत्रीसँग बिदा लिन उचित ठान्यौं । उनी १५ वर्षदेखि बद्रीधाममा बसेर मन्दिरमा भेटी चढाई इष्टमित्रलाई कोसेली लाने सामान बेच्ने पसल खोलेर बसेका रहेछन् । उनीसँग धर्मशालाको दुर्दशाबारे कुरा भयो । मिलनजीको पसल अगाडि अर्का गुल्मेली नेपाली व्यापारी, जीतबहादुर थापाको पसल थियो । उनी पनि २० वर्षदेखि त्यहाँ पसल थापेर बसेका रहेछन् । धर्मशालाको कुरा चल्दा यी नेपाली व्यापारीहरूले असन्तुष्टि जनाए । नेपालीले नेपालीको हितका लागि बनाइदिएको धर्मशाला हो, जीर्णोद्धारमा पनि प्रायः नेपालीले नै सहयोग गरे, तर यी पण्डाहरूले खानदानी सञ्चालक समिति बनाएका छन् । हामीसँग सरसल्लाह पनि गर्दैनन् । यहाँ झन्डै १५/२० जना नेपाली व्यापारी छन्, उनीहरूलाई पनि सञ्चालक समितिमा राखेर सहयोग जुटाउन सकिन्थ्यो तर पण्डाहरूले आप्mनो पेवाजस्तो बनाएका छन् भनी बताए । खिन्न मन लिएर हामी माणा जान भनी हिंड्यौं । तर हाम्रो गाडीवालासँग सम्पर्क हुन सकेन । यो ठाउँमा मोबाइलको टावर लाग्दो रहेनछ, प्रायः नेपाली गाउँतिर नलागेजस्तै । त्यसबेला २ः३० बजिसकेको थियो । सम्धीजी गाडी खोज्न हिंड्नुभयो र सा¥है भोक लागेकोले हामी खाना खान होटलतिर पस्यौं । गाडी फेला पर्नु र खाना खाइसक्दासम्म ३ः३० बजेको थियो । माणा जाँदा त्यो दिन बद्रीधाममा नै वास बस्नुपर्ने थियो । निर्णय भयो माणा नजाउँ, रुद्रप्रयाग गएर होटल विजयराजमा बसौं ।
    यसै क्रममा टोलीभित्र एउटा अन्तद्र्वन्द्व शुरु भइसकेको थियो । द्वन्द्वको शुरुआत गर्ने पात्र थिइन्, मेरी धर्मपत्नी । यहाँसम्म आएपछि केदारनाथको दर्शन किन नगर्ने ? यो कुरा प्रकारान्तरले मैले थाहा पाएर प्रतिरोध गरें । आपूmसँग पैसा छैन, अरू सबै पनि बद्रीसम्मका लागि हिंडेका हुन् । तर त्रियाहठ बढ्न थालेपछि हामी सबैले पैसा जोरजाम ग¥यौं । कारण के भने समतलमा १ किलोमिटर पनि हिंड्न नसक्ने सम्धिनी सीता गौतम, जोरी खोजेर दुई किलोमिटरसम्म हिंड्ने मेरी धर्मपत्नीका लागि हेलिकप्टरबाहेक अर्को विकल्प थिएन । म त हिंडेरै जाने सुर कसेको थिएँ र छु, पछि जहिले गए पनि । केदार कि हिंडेर कि घोडामा वा मानिसको पिठ्यूँमा डोको चढेर वा पैदल जान सकिन्छ । यी तीनै विकल्पमा मबाहेक कोही तयार थिएन । हेलिकप्टरमा जान पैसा छैन । तर केदार जाने त्रिया–हठ क्रमशः बढ्दो थियो । मैले एउटा उपाय सुझाएँ, यदि स्वाइपबाट हेलिकप्टरले पेमेन्ट लिन्छ भने म हेलिकप्टरको खर्च तिरिदिन्छु । हुन त बद्रीधाम हिंडनु पहिले म बाटोको लागि केही ड्राइफ्रुट खरिद गर्न फन एन्ड फन आदर्शनगर, वीरगंजमा गएको थिए । त्यसका सञ्चालक बृजेशजीले यात्राको कुरा सुनेपछि केदार, गङ्गोत्री–यमुनोत्री  पनि पुगेर आउनुस् भन्ने सल्लाह दिंदै आपूmसँग भएको भिसाकार्ड लैजान आग्रह गरेका थिए । भिसाकार्ड त मसँग थियो नै । तापनि एकपटक सोन–प्रयाग पुगौं भिसाकार्डले हेलिकप्टरको भाडा तिर्ने व्यवस्था छ भने पुगेरै आउँ भन्ने सल्लाह भएको थियो ।
    तर इच्छा र साधन भएर पनि हुँदो रहेनछ, साइत पनि जुर्नु पर्दोरहेछ । म व्यक्तिगतरूपमा केदार जाने इच्छुक थिइनँ, किनकि केदार गयौं भने यस टोलीसँग पुनः यता आउन पाइन्न र जमुनोत्री–गङ्गोत्री जान पाइन्न । त्यसैले महिलाहरूले केदार जान अर्को कुनै साइत जुराइहाल्छन् र त्यस बेला गङ्गोत्री–जमुनोत्रीको यात्रा मिलाउँला भन्ने मेरो भित्री मनसाय थियो । मेरो यस सोचले बद्रीधाममै बल पाइसकेको थियो । बद्रीधाम पुगेको दिन मलाई चिसोले ठिहि¥याएको थियो भने सम्धिनीहरू ललिताजी र सरोजाजीलाई आक्सिजनको कमीका कारण साँस फेर्न कठिन भएको थियो । भोलिपल्ट बिहान हजामलाई खोजेर मुण्डन गराइ कुद्दै सबैभन्दा पहिले तातोपानीको कुण्डमा नुहाउन जानुभएको सम्धीजी त धर्मशाला फर्कुन्जेल फœयाक फœयाक गर्न थाल्नुभयो । उहाँलाई अर्का सम्धी सुरेश न्यौपानेले ओछ्यानमा सुताएर शिर मालिश र शरीर थिचथाच गरिदिएपछि बल्ल आराम भएको थियो, अर्थात् आक्सिजनको कमीको शिकार हाम्रFे दलका तेस्रो व्यक्ति बन्नुभयो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अधूरो यात्रा
अधूरो यात्रा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiDrw6V-C-HcyGF3Y2xVA-Xwc38uEY3-R106hDeati5SxIT5L02R4S27wHjlNphiJytTqXNr5GRSugfJt8Q7Bdnzc_-TjderEYGR7TDi8RkGyzVRh55x6C1YeknszE7F7UbvPKfivvAHSEh/s200/photo.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiDrw6V-C-HcyGF3Y2xVA-Xwc38uEY3-R106hDeati5SxIT5L02R4S27wHjlNphiJytTqXNr5GRSugfJt8Q7Bdnzc_-TjderEYGR7TDi8RkGyzVRh55x6C1YeknszE7F7UbvPKfivvAHSEh/s72-c/photo.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/11/blog-post_48.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/11/blog-post_48.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy