जगदीश शर्मा
गताङ्कको बाँकी...
गाडी ५ः०० बजे आइपुगेकोले लाख थकाइको बावजुद सबै यात्री सामान लादेर, आपूm ठुसिएर ५ः३० बजे हरिद्वारबाट रवाना भयौं । केही पर ब्यासी भन्ने ठाउँमा पुगेर सादा तथा आलु–पराठा इच्छानुसार नाश्ता ग¥यौं । त्यसपछि घुम्दै, रमाउँदै, चिया पिउँदै, फोटोसेसन गर्दै बद्रीधामगामी भयौं । हरिद्वारदेखि बद्रीधाम (त्यहाँका निवासी बद्रीविशाल भन्दा रहेछन्) पुग्दासम्म अलकनन्दा नदीको चपलताले नार्य–दुर्बलतालाई सबलतामा परिणत गरेको विविध कृत्य हेर्न पाइयो । यो ठाउँमा पुगेपछि गङ्गाबारे भ्रम उत्पन्न भयो । वास्तविक गङ्गाको अभ्युदय त भगीरथी र अलकनन्दाको सङ्गमपछि देव प्रयागबाट भएको रहेछ । पौराणिक आख्यान अनुसार राजा भगीरथले पितृमुक्तिका लागि अघोर तपस्या गरेर गङ्गालाई धरतीमा ल्याएको कथा भनिन्छ । यहाँ भने भागीरथी छुट्टै र अलकनन्दा छुट्टै नदीको सङ्गम भएपछि मात्र गङ्गा नाम धारण गरेको पाइयो । भगीरथको प्रयत्नले आएको हुँदा गङ्गाको नाम आरम्भमा भगीरथी भएको हुनुपर्ने हो, यद्यपि भगीरथी नदीबारे पर्याप्त जानकारी नभएको र आप्mनो स्वच्छता, स्वच्छन्दता तथा स्वतन्त्र र वेगमय प्रवाहका लागि अलकनन्दा नै पनि गङ्गा हो भन्न धक मानिरहनुपर्ने अवस्था देखिएन । तर देवप्रयागमा भागीरथी र अलकनन्दाको मिलन हुने बेला गङ्गाको पानी सेतो र अलकनन्दाको नीलो देखिन्छ र दुवै मिसिएपछि नयाँ रूप धारण गरेर पहिलभन्दा केही धीर–गम्भीर तर चञ्चलतासहित अगाडि बढेको देखिन्छ ।
मैले आप्mना गप्पी सम्धीजीका लागि आप्mनोतर्फबाट एउटा कथा बनाइदिएँ । भागीरथी त स्वतः गङ्गा भइहालिन्, अलकनन्दा पनि गङ्गा नै हुन् । महादेवको शिरबाट निस्केर शुरुमा गङ्गाले
भगीरथको प्रयत्न सफल बनाइन्, तर पानीको केही धारा महादेवको अलक भएर अलि परबाट नदीको रूप धारण गरेको हुँदा अलकनन्दा नामले विख्यात भइन् । यो गफमात्र हो । सही इतिहास कहिले थाहा पाए पाठकहरूको जानकारीका लागि लेखूँला ।
अलकनन्दा र भगीरथीको सङ्गम भएर गङ्गा रूप धारण गरेको ठाउँ देवप्रयागमा झिलिमिल्ल घाम लागेको थियो । त्यहाँ बस्ती विस्तार भइसकेको थिएन, गोटा चारेक कागती सोडा र कोल्ड ड्रिंकका पसल थिए । मास्तिर बाक्लो देवप्रयाग बस्ती थियो । यहाँबाट अगाडि लागेपछि श्रीनगर आइपुगियो । यहाँ अलकनन्दा नदीबीच निर्मित एउटा मन्दिर छ, जसमा स्थापित देवीको स्थानीय नामको हेक्का रहेन, ती दक्षिणकाली थिइन् । अगाडि गएपछि रुद्रप्रयाग आयो । रुद्रप्रयागमा रोकिनुपर्ने खास कारण थिएन, तर बस्तीभन्दा एक किलोमिटर वर, शुभ्र अलकनन्दाको काखमा निर्मित स्वतः सौन्दर्य प्राप्त एउटा होटल देखियो । सम्धिनीले (उहाँ पहिले पनि एकपटक बद्रीनाथ आइसक्नुभएको छ) हामीले त्यस बेला यहीं कफी खाएका थियौं, निकै मीठो थियो भनेपछि त्यस रमणीय स्थानमा रमाउन खोजेको सबैको जिब्रा रसायो । निहुँको एउटा त्यान्द्रो चाहिएको थियो, जु¥यो । हामीले कफीको अडर दियौं । दूध–कफी, सादा–कफी, चिनीबेगर कफी । ताक पारेर शीतलजी काउन्टरमा छिर्नुभयो र केही बेरपछि मलाई बोलाउनुभयो । यो होटल त नेपालीको रहेछ । कुन पुस्ताको हो, नेपालबाट झरेर गएको भण्डारीहरूको खानदान रहेछ । बुबा, हजुरबुबा सेनामा आपूmचाहिं बाबुको नाममा ‘विजयराज होटल’ खोलेर बसेका, नाम चाहिं अजय भण्डारी । सिजनमा सरकारी ठेकेदारी गर्दा रहेछन्, अरू समय होटल हेर्छन् । सिजन भनेको गर्मी, तर जाडोमा होटल कसरी चल्छ भनी सोध्दा मानिस स्नोफल हेर्न आउँछन् र यतै होटलमा बस्छन् भनी बताए । रुद्रप्रयाग बजारमा पनि उनको यसभन्दा अलि सस्तो होटल रहेछ ‘नयनी’ । यो आप्mनो हजुरबुबा नैन भण्डारीको सम्झनामा खोलेका रहेछन् । रुद्रप्रयागबाट अर्थात् होटल विजयराजबाट आधा किलोमिटर पर गएपछि केदारनाथ जाने बाटो छुट्टिन्छ । केदारनाथ जाने बाटोमैं थुप्रै पिकनिक स्पट र स्नोफल लोकेशन रहेछ । फर्कंदा अनुकूल मिल्यो भने तपाईंकै होटलमा वास बस्छौं भनी हामी अगाडि लम्कियौं । चालक देवी कुमार, घुम्नैपर्ने ठाउँमा रोक्दै, अन्य स्थानबारे जानकारी दिंदै हामीलाई समयमैं बद्रीधाम पु¥याउन मनोयोगले गाडी चलाइरहेका थिए । हामी पनि धेरै अलमलिएनौं । प्रFकृतिक दबाबको शमन, एक–दुई ठाउँमा चियापान (तीनजना सम्धिनीमध्ये जेठी चिया–कफी नखाने बाँकी दुई बहिनीहरू चिया नभए बाँच्नै नसक्ने) गर्दै कर्णप्रयाग, नन्दप्रयाग, चमोली (यो जिल्ला पनि रहेछ र बद्रीधामसमेतलाई समेट्छ), विष्णुप्रयाग, पीपलकोटी, गरुडगङ्गा हुँदै जोशीमठ पुग्यौं । तिहारपछि अति बरफ खस्ने हुँदा बद्रीविशाल र केदारनाथको मन्दिरको ढोका बन्द गरिन्छ । ढोका मात्रै किन बद्रीधाममा त स्थानीय निवासीलाई समेत बस्न मनाही हुन्छ, त्यस मौसममा । चीनको सीमा क्ष्Fेत्र टाँसिएको हुँदा सुरक्ष्Fा संवेदनशीलता र विभिन्न पौराणिक सम्पदाको सुरक्ष्Fाहेतु भारतीय सीमा सुरक्ष्Fा बलको प्रशस्त तैनाथी हुने गर्छ । चरम उत्सुकता, भीषण थकाइसँगै हामी बद्रीधाम पुग्यौं । पहाडी बाटो, ठाउँठाउँमा नेपालका सडकको स्मरण गराउने खालका जीर्ण सडक, विस्तारीकरणले भत्केको, स्तरोन्नतिले साँघुरिएको सडकमा ८ सिटे गाडीमा ठोस मालवस्तुको पनि फजिहत हुन्छ, हामी त मानिस थियौं । मानिस पनि दुईजना छैटौं दशक आयु खेपेका र दुईजनामध्ये एकजना सातौं दशकमा खुट्टा टेकेको, मचाहिं सातौं दशकको अन्तिम खुड्किलो उक्लेर आठौं दशकमा पाइला टेक्नै लागेको । यो हविगत, महिलाहरूलाई कष्ट नहोस् भनेर पनि बेहोरेका थियौं, तर बेलाबेला यात्राको निरसता मेटाउन चल्ने जिस्काजिस्कीमा महिलाहरूको कटाक्ष्Fका लक्ष्य भने हामी नै हुन्थ्यौं । मेरी धर्मपत्नीलाई पहाडी बाटोमा रिङ्गटा लाग्ने, बान्ता हुने हुँदा उनले कुनै ट्याबलेट खाएकी थिइन्, अन्य बाँकी महिलाका लागि म सम्धी थिएँ, औपचारिकरूपमा आदरणीय र जोगिए । बाँकीहरूबीच गद्य दोहोरी चल्थ्यो, खाँदिएको अनुभूति भएन । फेरि सम्धीजी भएपछि त यात्राको जस्तोसुकै पनि कष्ट ‘माखाको पित्त’ बराबर हुन्छ । हामी जोशीमठ पुग्यौं । बडो आधुनिक ढङ्गले बनाइएको शिखर शैलीको मन्दिरमा बद्रीनाथ मन्दिरका सबै देवताहरूको प्रतिकृति स्थापित गरिएको थियो । पाश्र्वमा पुरानो मठ थियो । यस मठमा बद्रीधामका शङ्कराचार्य बस्दा रहेछन् । यो बद्री र केदारको संयुक्त मठ पनि रहेछ । झमक्क साँझ परे पनि यहाँ घुम्नुको कारण के रहेछ भने यो वन–वे रूटमा पर्दोरहेछ । फर्कंदा यस बाटोमा हिंड्न नपाइने । यो चटारोले गर्दा शङ्कराचार्य, मठमा विराजमान रहे पनि, भेट्ने अवसर जुरेन । हामी अगाडि लाग्यौं । बद्रीधाम पुग्दा बेलुकी ७ः३० बजिसकेको थियो । पहाडहरूले बनाएको खाडल, सानो घाटी रहेछ । थोरै घर, थोरै वस्तु, धार्मिक र दैनिक उपभोग्य वस्तुले टनाटन सानो बजार । हरिद्वारमा लोकनाथजीले तर्साइदिएका थिए । बद्रीमा साँझ–बिहान ठिहि¥याउने चिसो हुन्छ भनेर । झन्डै ११ हजार फिट अग्लो ठाउँ । बजारमा गरम कपडा देखें । किनूँ–किनूँ लाग्यो, तर त्यतिन्जेल चिसो असह्य महसुस भएको थिएन । मसँग त दुईवटा हाफ कट्टु, एउटा पाइन्ट र एउटा विन्ड–चिटर (त्यो पनि धर्मपत्नीको सद्विवेकले) थियो । जे पर्ला, पैसा किन खर्च गर्ने सोचें । लोकनाथजीले बद्रीधाममा व्यापार गरी बसेका बुटवलका मिलन क्षत्रीको ठेगाना र मोबाइल नम्बर दिएका थिए । बाटैमा छँदा मिलनजीसँग कुरा भएको थियो । उनले नेपाली धर्मशालामा हाम्रो बस्ने व्यवस्था मिलाइदिएका थिए र त्यहाँ खानका लागि राम्रFे होटलमा भनी पनि दिएका थिए । चिसो बढिरहेको थियो । बद्रीधाम हिमाल निःसृत अलकनन्दाको काखमैं बसेको हुँदा चिसो स्याँठले, हामीले लगाएको त्यान्द्रो छेडेर, शरीरको अङ्ग–प्रत्यङ्गमा त्रूmर प्रहार गरिरहेको थियो । हामीले एउटा सामान्यजस्तो, भीडभाडयुक्त मारवाडी भोजनालयमा खाना खायौं । खाना ताजा त थियो नै, मीठो पनि थियो । फर्केर धर्मशालासम्म पुग्दा सबैलाई सकस भएको थियो । त्यो दिन मेरी धर्मपत्नीको मूड अफ थियो । कारण–महिलाहरूले भनेको कुरा पूरा गरिदिनुपर्छ, तिमी आपैंm गर, नसक्ने काम पो पुरुषले गरिदिने हो भन्दा मूड अहम्मन्य भएको थियो ।
अहिलेसम्म मलाई गा¥हो भएको थिएन । तर सुत्नेबित्तिकै जाडोले मुटु कमाउन थाल्यो । यद्यपि ओढ्ने र ओछ्याउने सामान्य भएपनि, पर्याप्त थियो । तर मुटुको ढुकढुकीले गतिरोध पाएन । मुटु यसरी हल्लिरहेको थियो, झट्का खान बेर छैन भन्ने पनि लाग्यो । मैले प्राणायामको अनुलोम–विलोम गरें । दशपटकसम्म गर्दा शरीर, तत्पश्चात् मन स्थिर भयो । अनि त जुन घोर निद्राले च्याप्यो, बिहान ५ बजे मात्र उघ्रियो । हामी आठजना एउटै कोठामा सातवटा पलङमा सुतेका थियौं । बाथरूम अटैच्ड थियो । बिहान पहिलो पालो मार्ने काम सम्धीले गरेपछि बाहिर निस्कनुभयो । अरू तयार हुन्जेल एउटा हजाम लिएर आउनुभयो । हजामले हामीलाई माथिबाट नाङ्गेझार पा¥यो । मेरो त हिमाल मात्र होइन, चुरे र भावर पनि निख्रियो । किनकि त्यही दिन ब्रह्मकपाली गर्नुपर्ने थियो । ब्रह्मकपाली अर्थात् त्यस ठाउँमा पुगेर श्राद्धकर्म गरी पिण्डदान गर्नु । यस ठाउँमा पितृहरूलाई पिण्डदान गरेपछि फेरि पिण्डदान गर्नुपर्दैन ।