ओमप्रकाश खनाल |
यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा आधारित एउटा समाचार आयो– अब भान्सामा ग्यासको पाइपलाइन होइन, बिजुलीको तार। यो समाचारले मलाई भने केही समयअघि मात्र पूर्वी नेपाल पुगेर अरूले तारतम्य मिलाएर ठीक्क पारिदिएको ग्यास पाइपलाइन उद्घाटन गरेर यिनै प्रधानमन्त्री ओलीले जस बटुल्ने मेलो मिलाएको दृश्य स्मरण गराइदियो। तीन वर्षअघि भारतले नेपाललाई नाकाबन्दी लगाउँदा प्रधानमन्त्रीको आसनबाट ओलीले नै घरघरमा ग्यासका पाइप पु¥याउने उद्घोष गर्दा उनकै कार्यकर्ताको हाँसोको फोहरा छुटेको थियो। आधा सिलिन्डर ग्यासका लागि हप्ता दिन लाइनमा उभिन बाध्य जनताले त्यतिबेला भान्सामा ग्यासलाइनको कुरा होओस् वा हावाबाट बिजुली निकाल्ने सन्दर्भ सबैलाई हावामैं उडाइदिए।
समुद्रमा नेपाली झन्डावाला पानीजहाज कुदाउनेसम्मका तानाबाना मौजुदा आवरणमा ओलीकै उत्पादन हुन् । पानीजहाज सञ्चालनसम्बन्धी सम्झौता र वार्षिक बजेटमा यस्ता योजना समावेशजस्ता प्रक्रिया अघि नबढेका होइनन्। तर कार्यान्वयनका आधारहरूको कमजोर धरातलमा यी फगत लोकप्रियता र वाहवाही बटुल्ने औजारबाहेक अन्य हुन् भन्नेमा आशङ्काको ओज नै बढी देखिन्छ। प्रकारान्तरले यस्ता अनेक अवयवको आवरणमा देशलाई परनिर्भरताको खतरनाक खाडलमा हाल्ने काम मात्र बढी भइराखेको भान हुन थालेको छ।
महŒवाकाङ्क्षा र सपनाबिना समृद्धिको उचाइ छुन सम्भव पनि हुँदैन । तर सपनालाई सार्थकतामा रूपान्तरण गर्ने दृढ इच्छाशक्तिको अभावमा सपनाका तानाबाना केवल ताली खाने उपायबाहेक अन्य केही नहुन सक्छ। अझ छोटै समयान्तरमा सपना फेर्ने ओलीशैलीले त जनतालाई समृद्धिको खुशी होइन कि क्षणिक हाँसोको खुशी मात्र दिने सामथ्र्य मात्र राख्न सक्छ। निदाएको बेला सबैले सपना देख्छन्। खुला आँखाले देखेका सपना भने असम्भव हुँदैनन्। तत्परता र उद्देश्यप्रति निरन्तर लगानशीलता हुने हो भने सपनाको सार्थकता भेट्टाउन सकिन्छ। सपना मात्र देख्ने, तर सापेक्ष रूपान्तरणमा उदासीन बस्नेहरू सपनामैं रमाउँछन् र पानीको फोकाजस्तै बिलाउँछन्। प्रधानमन्त्री ओलीका सपनाका पहेलीहरूले अहिले यस्तै दृश्यावली निर्माण गरिराखेका छन्।
विकासे बहसहरूमा सधैंजसो उदाहरण बनिराख्ने सिङ्गापुरको समृद्धि सपनाको सार्थक रूपान्तरणको अब्बल दृष्टान्त हो। त्यो लोभलाग्दो समृद्धि यसै सम्भव भएको होइन । सिङ्गापुरको अहिलेको शान तत्कालीन शासक ली क्वान युको सपनाको योजनाबद्ध रूपान्तरणको बलमा उभिएको हो। एउटा समुद्री बन्दरगाहबाहेक अन्य पहिचान नभएको सिङ्गापुरलाई लीले विश्वकै आर्थिक कारोबारको केन्द्र मात्र बनाएनन्, आज सिङ्गापुर विश्व अर्थतन्त्रको अभिन्न अङ्गको रूपमा छ। यो विश्वमैं विकासका अब्बल उदाहरणमा स्थापित हुन सकेको छ।
हालै मात्र विश्व बैंकले गरेको एउटा अध्ययनमा यो देश मानव पूँजी निर्माणमा विश्वमैं एक नम्बरमा उभिन सफल भएको छ। यो त्यहाँको नेतृत्वको निरन्तर महŒवाकाङ्क्षा र योजनाबद्ध कार्यान्वयनको परिणाम हो। तीन दशकसम्म सत्ताको बागडोर हातमा लिएर लीले त्यहाँको आर्थिक विकासलाई जुन गतिमा दौडाए, त्यो अहिले पनि संसारकै लागि अनुकरणीय छ। सन् १९५९ मा करिब ४ सय अमेरिकी डलर मात्र रहेको त्यहाँको प्रतिव्यक्ति आम्दानी अहिले विश्वको औसत आयको करिब ६ गुणा बढी पुगिसकेको छ। त्यहाँ प्रतिव्यक्ति आय ६० हजार डलरको नजिक छ। यो सिङ्गापुरको आर्थिक वैभवका आयामहरूमा त्यहाँको नेतृत्वले इँटा थप्ने काम ग¥यो। हामीकहाँ जस्तो आवश्यकतामाथि पनि राजनीति गर्ने निकृष्ट अभ्यास भइदिएको भए सम्भवतः सिङ्गापुर आजको समृद्ध स्वरूपमा हुने थिएन। हामीकहाँ सपना देखाइएको छ त केवल राजनीतिक अभीष्ट पूर्तिको औजारका रूपमा मात्र। यसैको परिणाम नेतृत्व आपैंmले देखाएका सपनाबाट छोटै समयान्तरमा ‘यु टर्न’ मारिराखेको छ। ओलीको अभिव्यक्ति त ताजा नमूना मात्र हो। यसले राजनीतिको औसत चरित्र उजागर गरिराखेको छ।
पाँच वर्षअघि काठमाडौंमा आयोजना भएको ‘इकोनोमिक कन्क्लेभ’मा मलेसियाका प्रधानमन्त्री डा. महाथिर बिन मोहम्मदलाई प्रमुख वक्ताका रूपमा सुनिएको थियो। संयोग ९३ वर्षीय महाथिर अहिले पनि मलेसियाको शासनसत्तामा पुगेका छन्। त्यस्ताको जमघटमा महाथिर यस कारण आकर्षणको केन्द्र बनेका थिए कि उनकै नेतृत्वमा मलेसियाले आजको समृद्धि पाएको थियो। करिब नेपालजस्तै राजनीतिक, आर्थिक र सामाजिक सङ्क्रमणबाट गुज्रिइराखेको मलेसियालाई महाथिरले दुई दशकमा विकासको नमूनाका रूपमा उभ्याएका थिए। उनको कार्यकालमा त्यहाँको अर्थतन्त्रले यसै २० गुणा फड्को मारेको थिएन। महाथिरको दृढता र विकासप्रतिको लगाव नै त्यसको आधार थियो।
त्यही सफलताले नै अहिले पनि महाथिरलाई त्यहाँका जनताले सत्ताको नेतृत्वमा स्थापित गरेका छन्। हामी भने करिब त्यति नै समय राजनीतिक सङ्क्रमणका नाममा बिताएर गर्व गरिराखेका छौं। र, हाम्रो नेतृत्व अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको शान्ति प्रक्रियाको महिमामण्डन गाउन मात्र उद्यत छ। मानौं, सम्पूर्ण अर्थ–राजनीतिक कार्यभार पूरा भइसकेका छन्। तर सङ्क्रमणले जति नै निकास पाएको भनिए पनि अवयवका सरोकारहरूले यसको अनुभूति पाएको छैन। मुलुक सञ्चालनमा विधि र सुशासन होइन, राजनीतिक आग्रहको ओज बढी प्रभावकारी छ। नेतृत्वमा अहङ्कार भरिएको देख्दा यस्तो लाग्छ, जनताले उनीहरूलाई थिति बसाल्न होइन, सत्ताभोगका निम्ति मात्र पठाएका हुन्।
संसारका सफल नेताहरूले समृद्धिको सपना मात्रै देखेनन्, त्यसको सफल रूपान्तरणको उपाय पनि खोजे।
सार्थकतालाई कार्यान्वयनको अग्रभागमा राखे। प्रायः छोटो समयमा देशलाई आर्थिक विकासमा फड्को मार्न सफल मानिएका देशका नेतालाई ‘उदार तानाशाह’को रूपमा चित्रित गरिएको पाइन्छ। प्रकारान्तरले उनीहरूले आप्mनो देशलाई समृद्धिको शिखरमा पु¥याएका छन्। मलेसियाका शासक महाथिरको एउटा भनाइ पनि छ, जिम्मेवारीबिनाको स्वतन्त्रता काम छैन। स्वतन्त्रता भनेको स्वच्छन्दता होइन भन्ने सन्दर्भमा यो भनाइमा सहमत पनि हुन सकिएला। शासकीय शैली र अहङ्कारलाई हेर्दा ओली सरकारको पदचाप कुनै अधिनायवादी शासकभन्दा फरक छैन। स्वच्छन्दताको परिमाण फरक हुन सक्ला, प्रवृत्तिमा भिन्नता देखिन्न। फरक यत्तिमात्र हो, सफल शासकहरूको अधिनायकवादी छविलाई समृद्धि र जनताले पाएको खुशीले छोपेको हुन्छ। हाम्रा प्रधानमन्त्रीको उट्पट्याङ र दम्भले भरिएको छविलाई उखानटुक्काको बलमा छुट्ने हाँसोको फोहराले कति दिन टालो हाल्न सम्भव होला र ?
सपना नदेखी समृद्धि र त्यसको सार्थक रूपान्तरणको खोजी हुँदैन। नेतृत्वको बोली र व्यवहारमा यसको रूपान्तरण भर पर्दछ । समृद्धि सपनाको पूर्णतामा नेतृत्व कतिको प्रतिबद्ध छ भन्नेमा सार्थकता निर्भर हुन्छ। सिङ्गापुरका लीको स्वार्थ विकासबाहेक अन्य थिएन। सिङ्गापुर आज विकासको नमूनाको रूपमा उभिएको छ। महाथिरले मलेसियाको अस्थिर राजनीतिलाई मेलमिलाप र एकतामा रूपान्तरण गरेर समृद्धिको लयमा फर्काए । विपक्षीले उनलाई तानाशाह भने पनि जनताले फेरि उनलाई सत्तामा पु¥याइदिएको छ। तर हाम्रो सत्ता
राजनीति अवसरबिनाको अधिनायक यात्रामा अग्रसर भइराखेको छ। यसले उत्पादन गर्ने भनेको उपहास र निराशा मात्र हो। सपना बाँड्न तम्सिने नेतृत्व कार्यान्वयनमा पछाडि फर्किनु विकासको अवरोध हो। जनताले नेतृत्वलाई अब पत्याउन छोडिसकेको छ।
हाम्रा प्रधानमन्त्री पहिलोपटक प्रधानमन्त्रीको पदमा उक्लिंदादेखि नै सपना देख्न र देखाउन पोख्त मानिए। यसले तत्कालीन परिवेशमा आशाको सञ्चार नगरेको पनि होइन। समयान्तरमा उनैले दुई तिहाइ बहुमतको शक्तिशाली सरकारको नेतृत्व गर्दा अपेक्षाको ओज पनि स्वाभाविक बढेको थियो। सरकारी शैली, सामान्य प्रशासनिक कामकारबाही र त्यसको प्रत्याभूतिमा निरन्तर असफलताका सिलसिलाले प्रधानमन्त्री ओली फगत सपना, कटाक्ष, उखानटुक्काका पुलिन्दाबाहेक केही रहेनछन् भन्ने
धेरैलाई परिसकेको छ। आपूmलाई शक्तिशाली दाबी गर्ने प्रधानमन्त्रीले ‘मलाई कसैले टेरेनन्’ भनेर निकृष्ट लाचारिता प्रकट गर्नुले के सन्देश दिन्छ ? ओली अगुवाइको सरकारले ‘हिंड्दैछ पाइला मेट्दैछ’ भन्ने उक्ति मात्र चरितार्थ गरिराखेको छ। omkhanal@gmail.com