प्रेम लामा, ठोरी, १२ कात्तिक/
ठोरीको ऐतिहासिक बस्ती ‘शिकारीवास’ सुनसान प्रायः बनेको छ । बस्ती स्थापनादेखि बस्दै आएका समुदायले थातथलो छाडेर हिंड्न थालेपछि अहिले गाउँ खाली बन्दैछ ।
आदिवासी थारू समुदायको बस्ती शिकारीबासमा मानवको निम्ति अति आवश्यक न्यूनतम पूर्वाधारको समेत विकास हुन नसकेपछि उनीहरू विस्थापित हुने क्रम बढेको हो ।
मुलुकमा ठूलै राजनीतिक परिवर्तन भएपनि शिकारीवासले कहिल्यै परिवर्तन महसूस गर्न नपाएको स्थानीय भगन चौधरीले बताए । चौधरी भन्छन्– “स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, बिजुली, सञ्चार, सुरक्षालगायत सेवासुविधा केही पनि पाएका छैनौं । सामान्य ज्वरो आउँदा सिटामोल खोज्न दिनभर लाग्छ ।”
७ किलोमिटर घना जङ्गल पार गरेर सिटामोल खोज्नुपर्ने अवस्था छ । सिकिस्तै बिरामी परे एम्बुलेन्स पुग्ने बाटो छैन । बिरामीलाई डोकोमा बोकेर अस्पताल पु¥याउने बाध्यता छ । समयमा अस्पताल पु¥याउन नसक्दा यहाँका धेरैले अकालमा ज्यान गुमाउनुपरेको चौधरीको भनाइ छ ।
ठोरी गाउँपालिका–३ शिकारीवास पुग्न वीरगंज–ठोरी हुलाकी सडकखण्डको ब्रह्मनगर र निर्मलबस्तीदेखि उत्तरको घना जङ्गल पार गर्नुपर्छ । ब्रह्मनगर तर्फबाट जाँदा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती जङ्गल पर्छ भने निर्मलबस्ती तर्फबाट जान पर्सा निकुञ्जको बाघ संरक्षण क्षेत्रको जङ्गल पार गर्नुपर्छ । केही वर्ष अघि स्थानीय आवतजावत गर्ने गोरेटोमा ग्राभेल हाल्ने काम भएपनि अहिले ग्राभेलमा बोटबिरुवा उम्रेर जङ्गल भइसकेको छ । गोरेटोमा झाडी बढ्नुका साथै रूख ढलेर ठाउँ–ठाउँमा अवरोध छ । दुई पाङ्ग्रे सवारीसमेत गुड्न सहज छैन ।
शिकारीवास क्षेत्रको जङ्गलको बाटो जङ्गली हात्तीको मुख्य करिडोर मानिन्छ । जोखिम मोलेरै बालबालिका अध्ययन गर्न ओडार र ब्रह्मनगर आउँछन् । नजीकको बस्तीबाट डोको तथा बोरामा बोकेरै दैनिक उपभोग्य सामग्री शिकारीवास पु¥याइन्छ ।
शिकारीवासमा करिब ५० घरधुरीको वास छ । गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ भन्छन्–“वन्यजन्तुको आतङ्कका कारण स्थानीयले थातथलो छाडिसकेका छन् । प्राकृतिकरूपले अति नै रमणीय र इतिहास बोकेको बस्तीलाई पर्यटकीय गाउँको रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ । ठोरीको इच्छानगर, ओडार, शिकारीवास हुँदै पानीटंकी जोड्ने पुरानो जङ्गल सफारीको रूट पुनर्निर्माण गरी पर्यटकीय सडक बनाउने गाउँपालिकाको योजना छ । विशेष कारणवश पहिलो आर्थिक वर्षमा यो काम अघि बढ्न सकेन । यस आर्थिक वर्ष काम शुरु हुन्छ ।”
ठोरी–३ का वडा अध्यक्ष सूर्यबहादुर लामा भन्छन्–“रैथानेहरूले थातथलो छाडिसकेका छन् । बाँकी रहेका ५०/५५ घरधुरी अधिकांश अर्काको जमीन अधिया गरेर बस्ने मात्रै हुन् । करीब १६० बिघा फाँटको मध्य भागमा मात्रै मानवबस्ती देख्न सकिन्छ । प्रायः जमीन बाँझै छ ।”
ठोरी–३ मा पर्ने यो बस्तीमा सरकारी निकायको रूपमा एउटा प्राथमिक विद्यालयमात्रै छ । आधारभूत तथा मावि तह अध्ययन गर्न जङ्गल पार गरेर ओडार या विजयबस्ती पुग्नुपर्छ । एक घण्टा भन्दा समय लाग्ने घना जङ्गल पार गरेर अध्ययन गर्न जानुपर्ने बाध्यताका कारण यहाँका बालबालिकाहरूले बीचैमा पढाइ छाड्ने गरेका छन् ।
न्यूनतम मानवीय सेवा सुविधाबाट वञ्चित यहाँका बासिन्दा जङ्गली जनावरबाट प्रताडित छन् । जङ्गली हात्तीको मुख्य वासस्थान तथा हिंड्ने करिडोर रहेकोले हात्तीबाट प्रताडित छँदैछ । बाघ, भालु गैंडालगायत जङ्गली जनावर पनि गाउँमा पसेर उपद्रो मचाउने गरेको दुःख चौधरीले प्रतीकसँग गुनासो गरे । चौधरी भन्छन्–“जङ्गली जनावरले खेतबारीको अन्नपात खानुका साथै कुल्चेर नष्ट पारिदिन्छ । हात्तीले त घरमा भण्डार गरेको अन्नपातसमेत छाड्दैन । जङ्गली जनावरको आतङ्क भनी नसक्नु छ ।”
शिकारीवासमा हात्तीले प्रत्येक वर्ष मानिसको ज्यान लिंदै आएको छ । बितेको असोजमा हात्तीले एकजना वृद्धाको ज्यान लिएको थियो । बितेको वर्ष अन्नबालीको पहरेदारी गरिरहेका एकजनालाई हात्तीले लखेटीलखेटी मारेको थियो । त्यसैगरी बाघको आक्रमणबाट पनि यहाँका बासिन्दाको ज्यान गइरहेको छ । भालुको आक्रमणबाट मुश्किलले ज्यान जोगाएका बमभोला दिसवा एक वर्षको लगातार उपचारपछि हिंड्न सक्ने भएका छन् ।
तत्कालीन ठोरी गाउँ पञ्चायतका पहिलो सचिव रामकृष्ण शाहीका अनुसार शिकारीवास र बाँडागाउँ एक सय वर्ष पुरानो बस्ती हो । शाही भन्छन्–“त्यति बेला जमिन्दारी प्रथा थियो । जीमदारले राखेको जमीनको रेकर्ड वि.सं. १९८० भन्दा पहिलेको पाइएको थियो । जीमदारले राखेको त्यही रेकर्डलाई आधिकारिक मानिन्थ्यो ।”
शाहीका अनुसार ठोरी पञ्चायत स्थपना हुनुभन्दा पहिले चितवनको माडी बघौडाले शिकारीवास र हाल ठोरी–२ मा पर्ने अर्को बस्ती बाडागाउँलाई हेर्ने गथ्र्यो । ठोरी क्षेत्रमा यी दुईमात्र मानव बस्ती थिए । वि.सं. २०२३ सालताका थप बस्ती बसेपछि ठोरी पञ्चायत अन्तर्गत शिकारीवास र वाडागाउँ आएको हो ।
राजा महाराजाहरू शिकार खेल्न आउँदा वास बस्ने गरेकाले यस ठाउँको नाम शिकारीवास रहन गएको सहज अनुमान लगाउन सकिन्छ । चारकोसे झाडीबीच समथर फाँट अत्यन्तै रमणीय देखिन्छ । त्यसबेलाका राजा महाराजाले शिकार खेल्ने थलोको रूपमा प्रयोग गरेको इतिहास छ । शिकारीवास नजिकै रातो माटे थलीमा राजा महाराजाको पालोमा शिकार खेल्न आउँदा अनिष्ट नहोस् भनेर ठूलो यज्ञ गरेको सयौं वर्ष पुराना ऐतिहासिक अवशेषहरू आज पनि भेटिन्छन् । तर यसको खोज अनुसन्धान हुन सकेको छैन । पाकाहरूको भनाइ अनुसार जङ्गबहादुरदेखि राजा महेन्द्र सम्मका राजा–महाराजाहरूको शिकार खेल्ने मुख्य थलो शिकारीवास नै थियो ।
वि.सं. २०२१ सालमा चितवनको विभिन्न ठाउँबाट ठोरी, निर्मलबस्ती तथा सुवर्णपुरमा मानव बस्ती विस्तार भयो । शिकारीवास र बाडागाउँलाई आधार मानी राजा महेन्द्रले सट्टाभर्नाका रूपमा मानव बस्ती विस्तार गरेको इतिहास छ ।
पछि विस्तार भएका बस्तीहरूले विकासको गति लिइरहेको भएपनि ठोरीको जननी मानिएको सबैभन्दा पुरानो बस्ती शिकारीवास अहिले पनि उस्तै शिकार खेल्ने भूमिजस्तै छ ।