प्रस, जीतपुर, १० कात्तिक/
सवारी चालकको लापर्बाहीको कारण ९० प्रतिशतभन्दा बढी सवारी दुर्घटना भइरहेको छ। मादकपदार्थ सेवन, निद्रा, मोबाइल फोन प्रयोग, तीव्रगति, ओभरटेकलगायतका कारण ९० प्रतिशतभन्दा बढी सवारी दुर्घटना भएको प्रहरी अधिकारीको दाबी छ। बाँकी १० प्रतिशत सवारी दुर्घटना पैदलयात्री, सडकको खराबी र अन्य कारणले हुने गरेको २ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।
२ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार चालू आव २०७५/०७६ को साउन–असोज ३ महिनामा एक सय ८४ पटक सवारी दुर्घटना भई ६६ जना पुरुष, २२ जना महिला, ८ जना बालक, ५ जना बालिका र एक चौपाया गरी ९२ जनाको ज्यान गएको छ।
प्राप्त विवरण अनुसार सवारी चालकको लापर्बाहीका कारण १७२ पटक, सवारीधनीको ओभरटेक र यान्त्रिक गडबढीका कारण ४ पटक, पैदल यात्रुको कारण ६ पटक र छाडा चौपायाले गर्दा २ पटक सवारी दुर्घटना भएको प्राप्त विवरणमा जनाइएको छ ।
“सवारी दुर्घटना न्यूनीकरण तथा जीउधनको सुरक्षाको लागि खराब दुर्घटनाको प्रकृति बमोजिम शराबी चालकलाई कैदको व्यवस्था हुनु जरुरी छ।” क्रिया खर्च र क्ष्Fतिपूर्ति रकम रु ५ लाख २५ हजारले सवारी दुर्घटना तथा जीउधनको सुरक्षा नहुने नाम नछाप्ने शर्तमा एक ट्राफिक प्रहरी अधिकृतले बताए।