प्रस, सेढवा, १३ कात्तिक/
जीराभवानी गापामा जारी परसवा गोल्डकपको आज अन्तिम क्वार्टर फाइनलमा नवजागृत युवा क्लब दाप सुगौलीलाई पराजीत गर्दै गादीमाई फोरस्टार क्लब रङ्गपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटर फाइनल चरणको आज अन्तिम खेलमा गादीमाईले एक गोल अन्तरले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो । आज भएको खेलमा गादीमाईका पवन उरावले गोल गरेका थिए । उनले गरेको गोल अफसाइडबाट भएको भन्दै दाप सुगौलीका क्याप्टेनले केही बेर खेल अवरोध गरेका थिए । पछि आयोजकले भिडियो रेकर्डबाट अफसाइड गोल नभएको देखाएपछि खेल शुरु भएको थियो । दाप सुगौली पाँचौं परसवा गोल्डकपको उपविजेता हो । तर छैठो गोल्डकपमा क्वार्टर फाइनलबाट बाहिरिएको छ ।
आजको खेलको म्यान अफ द म्याच रङ्गपुरका रवि पौडेल घोषित भए । कार्यक्रमका प्रमुख अतिथि सुभाषराउत थारूले पौडेललाई चेक र ट्रफी प्रदान गरेका थिए । रङ्गपुरले सेमिफाइनल वीरगंज युनाइटेडसँग खेल्नेछ ।
यसैबीच क्वाटरफाइनल खेल सम्पन्न भएपछि बुधवारदेखि सेमिफाइनल खेल शुरु हुँदैछ । पहिलो सेमिफाइनल युवा प्रगति समाज नेपाल सेढवा र न्यु पञ्चम युवा क्लब देकुली धरमपुरबीच हुने आयोजक कमिटीले जनाएको छ ।