जगदीश शर्मा
बद्रीधाम गएर ब्रह्मकपाली गर्ने धर्मपत्नीको रहर थियो । महिलाहरूलाई आपूmले गर्नु नपर्ने तर जस आपूmले पाउने काममा निकै रुचि हुन्छ । त्यसको भुक्तभोगी अरू मानिस पनि होलान्, म भने सदैव रहेको छु । ‘तैंले कमाएर के भो, जोगाइ त मैले दिएँ, तँलाई दुनियाँ भए पुग्छ, परलोक त मैं सपारिदिन्छु, धर्म–कर्म, तीर्थ–व्रत गरेर मैले नै घरपरिवारको उन्नतिमा सघाएकी छु’– यस्तो सोच प्रायः महिलाहरूमा हुन्छ । धर्म–कर्मको कुरा त थाहा छैन, तर परम्परागत धार्मिक कर्ममा महिलाहरू अति उत्साहित रहन्छन् । तीजलाई नै हेरौं न १ पतिको जतिसुकै खति होस्, पतिको दीर्घायुको कामना गर्दै आपूm महीनौं मेवा–मिष्टान्न भक्षण गर्नु, पाए पाँचतारे, अन्यथा अन्य सुलभ ठाउँमा रमाउने मौका चुक्दैनन् ।
मेरी धर्मपत्नीले मलाई यस्तै परिबन्दमा पारेर बद्रीधामको यात्रा गराइन् । यात्राको बीजारोपण ‘गया यात्रा’बाट भइसकेको थियो । सम्धिनी सीता गौतम, सम्धी शीतल गौतम र पत्नीको करले गया यात्रामा गइसकेपछि त्यसलाई पूर्णता दिन बद्रीधामको यात्रा गर्ने रहर त मेरो पनि थियो, तर ‘पशुपतिको जात्रा, सिध्राको व्यापार’को रूपमा । मेरो ध्याउन्न बद्रीको कामसँगै केदारनाथ, गङ्गोत्री र जमुनोत्रीको पनि यात्रा गरेर प्राकृतिक पर्यटनको आनन्द उठाउने थियो । त्यस आनन्दमा हरिद्वार, ऋषिकेश आदि घुम्न छुटेका स्थानको भ्रमणको लालसा नहुने कुरै भएन । सन् २००९ मा भारतीय दूतावास, काठमाडौंको पहलमा टेहरी बाँध र जलविद्युत् गृहको भ्रमण गर्ने क्रममा त्यस क्ष्Fेत्रमा प्रवेश भएको थियो । तर त्यो भ्रमण सोद्देश्य रहेकोले प्रFविधिक बढी, प्रFकृतिक परिबन्दात्मक मात्र थियो । त्यस क्षेत्रको प्राकृतिक भ्रमणको जुगुप्सा टड्कारो भएर आएको थियो ।
गया यात्रामा गएको टोली र सम्धी परिवारले दशैं पूर्वसन्ध्यामा बद्रीधाम जाने र श्राद्ध–ब्रह्मकपाली गर्ने निधो गरेछन् । हामीसँग सल्लाह गर्न आउँदा विमतिसहित कुराकानी भयो । सम्धीजीसँग यात्रामा निस्कनुको दोहोरो फाइदाबारे मैले गयायात्राको क्रममा बखान गरिसकेको छु । उहाँसँग पहिलो यात्रा एक महीने दक्षिण भारत थियो, त्यसपछि दोस्रो कामरूप कामाक्ष्Fा र तेस्रो गया थियो । उहाँको सङ्गतमा बाटो कटेको थाहा हुँदैन । हाँस्दै–हसाउँदै दिन गुज्रन्छ । यसपालि समस्या के प¥यो भने सम्धी–सम्धिनी बद्रीसम्म मात्र जाने, अरू अन्यत्र पनि घुम्ने । मलाई खल्लो लाग्यो, बद्री गएर केदार, गङ्गोत्री, जमुनोत्री नजाने कुरा उदेकपूर्ण लाग्यो । विभिन्न तर्क–वितर्क भयो तर कुरा सम्झौतामा पुग्न सकेन । अर्थात् कि पहिलो टोलीसँग हिंड्नुपर्ने वा दोस्रो टोलीसँग बद्रीधाम मात्र गएर सन्तोष प्राप्त गर्नुपर्ने । म न पहिलो टोलीसँग जाने पक्ष्Fमा थिएँ, न दोस्रो टोलीको शर्टकटमा समावेश हुने इच्छा थियो । म अमेरिकाले पेरिस वातावरणीय सम्झौतालाई अस्वीकार गरेजस्तै दुवै योजना बर्खास्त गरेर निश्चित भएँ । यसको पछाडि एउटा अर्को कारण के पनि थियो भने मसँग पैसा ठ्याम्मै थिएन । तीनवटा बैंकमा रहेका मेरा खाताहरूमा कुनैमा दुई हजार, कुनैमा ५ हजार र कुनैमा १० हजार रुपैयाँ थियो । मैले प्रेसमा काम गरेबापत पाउने पारिश्रमिक नेपाल सरकारले लोककल्याणकारी विज्ञापनबापत दिने रकम मात्र हो, जुन सामान्य अवस्थामा मेरा लागि पर्याप्त हुन्छ । पाँच महीनादेखि पैसा आएको छैन, खर्त त उधारो–पैंचो गरेर धानिएला, यहाँ त नगद नै हातमा थिएन । त्यसैबेला आँखामा क्याटारेक्ट अपरेशन गराउन काठमाडौं गइयो । संयोगवश तिलगङ्गाका सम्बद्ध डाक्टर किशोर प्रधानले चश्मा मात्र फेरेर अपरेशनका लागि केही महीना कुर्न भने । त्यत्तिको लागि पनि ऋण काढ्नुपथ्र्यो तर परेन । त्यसबेला पत्नी पनि साथमा थिइन् । हामी वीरगंज फक्र्यौं । वीरगंज फर्कनेबित्तिकै मसँग सल्लाह नै नगरी पत्नीले बद्रीधामको टिकट बूक गराइन् । सम्धीजीहरू जाने दिन जाने र पहिलो टोली फर्कने दिन हामी पनि फर्कने पारेर । जेनतेन यात्राको आतेजाते रकम मैले तिरें । आर्थिक कठिनाइ थाहा पाएर कान्छो छोरा विकाशले भारु १५ हजार दियो । यस रकमले यात्रालाई ढुक्क बनायो ।
५ अक्टुबर, १९ असोजको दिन बिहान ८ः०० बजेको टे«न समाउन हामी म–बिन्दु, सम्धी–सम्धिनीहरू (शीतल–सीता, राजन–ललिता र सुरेश–सरोजा) आठजना रक्सौल लाग्यौं । वीरगंजकै एकजना सरदार टेम्पो ड्राइभरको टेम्पो चढेर । राजन खरेल, सुरेश न्यौपाने, हाम्री सम्धिनी सीता गौतमका बहिनी ज्वाइँ हुन् । हामी– म र बिन्दु परम्परागतरूपले सबै दम्पतीलाई सम्धी–सम्धिनी भन्थ्यौं, यद्यपि उमेरले गर्दा त्यो नाता सम्बोधन गर्दा अप्ठ्यारो लाग्छ । मेरी सम्धिनी सीता गौतमको जुन वर्ष मद्रास (आजको चेन्नई)मा जन्म भएको थियो, त्यो वर्ष म १५ वर्षे कलकलाउँदो किशोर सन् १९६५ मा गोवामा भएको जुनियर रेडक्रस सम्मेलनमा भाग लिने क्रममा मद्रास पुगेको थिएँ । सम्धिनीसँग नै यत्रो उमेरको दूरी भएपछि उहाँकी बहिनीहरूलाई सम्धिनी भन्न अप्ठ्यारो लाग्नु स्वाभाविक हो । यो प्रसङ्ग उठाउनुको भेद पछि खुल्नेछ ।
यसपालि बेमजा के भयो भने अलगअलग मितिमा अलगअलग टोलीले टिकट लिएका हुनाले दुई सम्धी–सम्धिनी र सीता–शीतलको बोगी एउटै भएपनि कम्पार्टमेन्ट छुट्टाछुट्टै प¥यो, हामी त दुई बोगी फरकफरकमा प¥यौं । एक ठाउँ बसे न गफ हुने हो, हाँसी–ठट्टा हुने हो । त्यस्तो केही हुन पाएन । हाम्रा सम्धीजीको राम्रFे बानी हाँस्नु–हँसाउनु भएपनि खानु र सुत्नु उहाँको प्राथमिकता हो । त्यसैले उहाँ पनि एक्लिएर दिनभरि कैयौं किस्तामा सुत्नुभयो भने मैले पनि दिनभरि कान कम सुन्ने धर्मपत्नीसँग गफ गरेर दिन बिताए ।
राति त किन कोही चाहियो ? आरामले सुतियो । बिहान चार बजे टे«न मुरादाबाद पुग्ने निर्धारित समय थियो । सम्धीजी बिहान ३ः३० बजे सबैलाई जागा गराउने काममा लाग्नुभयो । टे«न भने ६ बजे मुरादाबाद पुग्यो । रक्सौल–मुरादाबादको ८०० किमीको यात्रा गरेर हरिद्वार पुग्न टे«नबाट १६७ किलोमिटर अझ लाग्थ्यो । टे«न ८ः३० मा थियो । हामीले टिकट लियौं, रु ८५ प्रतिव्यक्ति । तर टे«न ढिलो आयो, ९ः३० बजे खुल्यो र १२ः०० बजे हरिद्वार पु¥याइदियो । टोली नाइके सम्धी शीतलजीले स्टेशनअगाडि रहेको गरीबदासी धर्मशाला पु¥याउनुभयो । धर्मशाला खुला, सफा र सद्भावपूर्ण थियो । प्रबन्धक लोकनाथ सुवेदी सा¥है मित्रवत् र मधुरभाषी । अपरिचित ठाउँमा, राम्रFे र सुविधायुक्त नजिक ठाउँमा बस्न पाएको खुशी एकातिर थियो भने, नेपाली र सहृदयी लोकनाथजीको सान्निध्य झन् विश्वासपरक । सबै भोकाएका थियौं, छेउकै होटलमा गएर सबैले स्वरुचि शाकाहार ग¥यौं । बेलुकी मैले आप्mनो कौतूहल मेट्न लोकनाथजीसँग कुरा गरें ।
गरीबदासी धर्मशाला नामले भारतीय, प्रबन्धक नेपाली, अन्य सहयोगी पनि नेपाली । उनले केही कुरा बताए । कुरा के, सङ्क्षेपमा धर्मशाला, संस्थापक संस्थाको नै बेलिबिस्तार लगाए । झन् कौतूहल बढ्यो । सम्बद्ध सबैसँग भेट गर्न खोजें । तर बेलुका संरक्ष्Fक वयोवृद्ध भएकाले भेट्न नसकिने, भोलि बिहान भेट्ने कुरा तय भयो । त्यसैबेला धर्मशालाका अर्का व्यवस्थापक ताराचन्दजीसँग कुरा भयो । उनले हाम्रFेलागि बद्रीनाथसम्म जाने गाडीको बन्दोबस्त मौसम अनुसारको उचित दरमा तय गरिदिए । बिहानै, अबेर ६ बजेसम्म ननिस्के त्यसै दिन बद्रीनाथ पुग्ने अनिश्चित बताएपछि हामीले स्वीकार ग¥यौं ।
यो आठ सिटे बोलेरो गाडी थियो । चालकसँग एकजना अगाडि बस्न सक्ने । त्यसमा मेरी धर्मपत्नीले अधिकार जमाइन् । त्यसभन्दा पछिको सिटमा तीनजना खुकुलो गरी बस्न सक्ने हुँदा बाँकी महिलाहरू बसे । सामान लादलूद पारी माथि क्यारियरमा राखियो र पछाडि सामान्य अवस्थामा सामान राख्ने ठाउँमा, हामी चारजना पुरुष खाँदखुँद भयौं । क्रमशः