व्यावहारिक र वैज्ञानिक शिक्षाबिना कुनै पनि मुलुक उँभो लाग्न सक्दैन । त्यसको लागि शिक्षा नीति नै व्यावहारिक र वैज्ञानिक हुनुपर्छ । यसो हुनका निम्ति नीति निर्माणको तहमा बस्नेहरूको सोच पनि सोहीअनुरूप हुन जरुरी छ । हाम्रो मुलुकको कुनै पनि क्षेत्रमा व्यवहार र विज्ञान केवल नारामा मात्रै सीमित छ । त्यसैले त मुलुकको दुर्गति छ । समाजविकासको पूर्वाधार नै शिक्षा हो । शिक्षा क्षेत्रको हविगत त झन् लथालिङ्गै छ । शिक्षा सेवा आयोगदेखि मन्त्रालयसम्म यस्तो छ कि त्यहाँको कुर्सीमा मानव नभएर यन्त्रहरू ढसमस बसेका छन् । उनीहरूलाई व्यावहारिकताको कुनै प्रभाव पर्दैन ।
शिक्षक सेवा आयोगले असोज ११ गतेदेखि सामुदायिक तथा सरकारी विद्यFलयतर्पm तीन तहको स्थायी शिक्षक नियुक्तिका लागि लिखित परीक्षा लिइरहेको छ । आयोगको तालिका अनुसार मावि शिक्षकको परीक्षा असोज ११ गते, आधारभूत तहको १२ गते र प्राथमिक तहको शिक्षक परीक्षा १३ गते छ । परीक्षार्थीहरूलाई गृह जिल्ला नपारेर आयोगको फाराम भरेको भन्दा अर्को जिल्लामा परीक्षा दिने व्यवस्था मिलाइएको छ । परीक्षा व्यवस्थित र मर्यादित बनाउन यसो गरिएको हुन सक्छ, यसमा दुई मत नहोला ।
समस्या कहाँ छ भने विद्यालयमा जम्मा तीन तह छ । तीनै तहको परीक्षा लगातार राखिएको छ । आपूmले चाहेको जिल्लामा फाराम भर्ने र परीक्षा दिन भने अर्को जिल्ला जानुपर्ने अवस्था छ । अधिकांश परीक्ष्Fार्थी जहाँ कार्यरत छन्, उनीहरूले सोही जिल्लाबाट फाराम भरेका छन् । खुल्लातर्पm भनिए पनि हाल अस्थायी, राहत, पिसिएफ र निजी स्रोतका योग्यता पुगेका शिक्षकहरू प्रायः सबैले फाराम भरेका छन् । ग्रामीण क्षेत्रका अधिकांश विद्यालय उनीहरूबाट सञ्चालित छन् । स्थायी शिक्षकहरूले सुविधासम्पन्न ठाउँ ताक्ने भएपछि ग्रामीण क्षेत्रका विद्यालयमा अस्थायी, राहत, पिसिएफ र निजी स्रोतका शिक्षकको सङ्ख्या वृद्धि भएको हो । पर्साको ग्रामीण क्षेत्रका कतिपय विद्यालयमा त २० प्रतिशत मात्रै स्थायी शिक्षक छन् । उनीहरू पनि धेरैजसो प्रावि वा आधारभूत तहका छन् । प्रावि र आधारभूत तहका पनि उमेर नकटेकाहरूले उपल्लो तहमा उक्लिनका लागि परीक्षा दिंदैछन् । यसो हुँदा शिक्षक परीक्षाको समयमा विद्यालय शून्य हुनु स्वाभाविकै हो ।
विद्यालयमा बिदाका धेरै शीर्षक छन् । त्यहाँबाट मिलाएर बिदा दिन सकिन्छ । तर कम्तीमा लगातार तीन दिन बिदा दिंदा अध्ययन अध्यापनमा समस्या निक्कै परेको छ । गर्मी बिदा, भेलबाढी, झरी बिदा हुँदै भर्खर पढ्ने वातावरण बनेको बेला छ । अर्कोतर्पm अद्र्धवार्षिक परीक्षा मुखमा आइसक्यो । यसपछि पर्व बिदा डेढ महिना छ । बालबालिकाहरूले पढ्न पाउने कहिले ? यो कुरा आयोगका पदाधिकारीहरू र सरकारको जिम्मेवार तहलाई पनि राम्रोसँग ज्ञात छ । तर पनि उनीहरू यान्त्रिक बनिरहेका छन् । कैंयनपटक स्थगित गर्न मिल्ने, सार्न मिल्ने शिक्षक सेवा आयोगको परीक्षा केही अघि वा पछि गरेर विद्यालय बिदाको समय पार्न किन नमिलेको ? तीन तहको परीक्षा केही दिन वा हप्ताको फरकमा पारिदिएको भएपनि एकपटकको परीक्षामा थोरै शिक्षक जान्थे । अर्को तहको परीक्षामा अघिल्लाहरू विद्यालयमा फर्किसकेका हुन्थे । एकैपटक विद्यालय शून्य हुने थिएन र विद्यालय बन्द गर्ने अवस्था पनि आउने थिएन । जुन व्यावहारिक र वैज्ञानिक पनि हुने थियो ।