श्रीमद्गद्गीता(भक्तियोग)
उमाशङ्कर द्विवेदी
अर्जुनले भने– जुन अनन्य प्रेमी भक्तजन पूर्वोक्त प्रकारले निरन्तर तपाईंको भजन–ध्यानमा लागेर तपाईं सगुणरूपी परमेश्वरलाई तथा अर्को जुन केवल अविनाशी सच्चिदानन्दघन निराकार ब्रह्मलाई नै अति श्रेष्ठ भावले भजन गर्दछन्, ती दुवै प्रकारका उपासकहरूमध्ये अति उत्तम योगवेत्ता को हो ?
श्रीभगवान्ले भने– ममा मनलाई एकाग्र गरी निरन्तर मेरो भजन ध्यानमा लागेर जुन भक्तजन अतिशय श्रेष्ठ श्रद्धाले युक्त भएर म सगुणरूपी परमेश्वरलाई भजन गर्दछन्, ती मलाई योगीहरूमा अति उत्तम योगी मान्य छन् तर जुन पुरुष इन्द्रियहरूको समुदायलाई राम्ररी वशमा गरेर मन–बुद्धिबाट टाढा, सर्वव्यापी, अकथनीयस्वरूप र सदैव एकरस रहने, नित्य, अचल, निराकार, अविनाशी, सच्चिदानन्दघन ब्रह्मलाई निरन्तर एकीभावले ध्यान गर्दै भजन गर्दछन्, ती सम्पूर्ण भूतहरूको हितमा रत र सबैमा समानभावले योगी मलाई नै प्राप्त हुन्छन् । ती सच्चितानन्दघन निराकार ब्रह्ममा आसक्त चित्त भएको पुरुषको साधनमा क्लेश विशेष छ, किनकि देहाभिमानद्वारा अव्यक्त विषयक गति दुःखपूर्वक प्राप्त गरिन्छ तर जो मेरो परायण रहने भक्तजनले सम्पूर्ण कर्मलाई ममा अर्पण गरेर म सगुणरूपी परमेश्वरलाई नै अनन्य भक्तियोगले निरन्तर चिन्तन गर्दै भजन गर्दछन् । अर्जुन, ती ममा चित्त लगाउने प्रेमीहरूलाई म छिट्टै नै मृत्युरूपी संसार समुद्रबाट उद्धार गर्ने हुन्छु । ममा मन लगाऊ र ममा नै बुद्धिलाई पनि लगाऊ, यस उप्रान्त तिमी ममा नै निवास गर्नेछौ, यसमा कुनै संशय छैन । यदि तिमीले मनलाई ममा अचल स्थापन गर्न समर्थ छैनौ भने अर्जुन, अभ्यासरूपी योगद्वारा मलाई प्राप्त हुनको लागि इच्छा गर । यदि तिमी उपर्युक्त अभ्यासमा पनि असमर्थ छौ भने केवल मेरोलागि कर्म गर्नको लागि नै परायण भइहाल । यस प्रकारले मेरो निम्ति कर्महरू गर्दै पनि मेरो प्राप्तिरूपी सिद्धलाई नै प्राप्त गर्नेछौ । यदि मेरो प्राप्तिरूपी योगको आश्रित भएर उपर्युक्त साधना गर्नमा पनि तिमी असमर्थ छौ भने मन–बुद्धि आदिमाथि विजय प्राप्त गर्ने भएर सबै कर्महरूको फललाई त्याग गर । मर्मलाई नजानेर गरिएको अभ्यासभन्दा ज्ञान श्रेष्ठ हो, ज्ञानमा म परमेश्वरको स्वरूपको ध्यान श्रेष्ठ हो र ध्यानमा पनि सबै कर्मको फलको त्याग श्रेष्ठ हो, किनकि त्यागले तत्काल नै परम शान्ति प्राप्त हुन्छ ।
जुन पुरुष सबै भूतहरूमा द्वेषभावबाट रहित, स्वार्थरहित, सबैको प्रेमी र हेतुरहित दयालु छ तथा ममताबाट रहित, अहङ्कारबाट रहित, सुख–दुःखको प्राप्तिमा सम र क्षमावान्–अपराध गर्नेलाई पनि अभय दिनेवाला छ तथा जुन योगी निरन्तर सन्तुष्ट छ, मन इन्द्रियसहित शरीरलाई वशमा गरेको छ र ममा दृढ निश्चयवाला छ, त्यो ममा अर्पण गरेको मन बुद्धिवाला मेरो भक्त मलाई अत्यन्त प्रिय छ जसबाट कुनै पनि जीव उद्विग्न हुँदैन र जो हर्ष, अमर्ष, भय र उद्वेगादिबाट रहित छ, त्यो भक्त मलाई प्रिय छ । जुन पुरुष अहङ्कारबाट रहित, भत्रि–बाहिरबाट शुद्ध, चतुर, पक्षपातबाट रहित र सुख–दुःखबाट अलगिएको, सबै आरम्भको त्यागी मेरो भक्त मलाई प्यारो छ । जो न कहिले हर्षित हुन्छ, न द्वेष गर्दछ, न शोक गर्दछ, न कामना गर्दछ तथा जो शुभ र अशुभ सम्पूर्ण कर्मको त्यागी छ, त्यो भक्तियुक्त पुरुष मलाई प्यारो छ । जो शत्रुमा र मान–अपमानमा सम छ तथा चिसो, गर्मी र सुख–दुःखादि द्वन्द्वहरूमा सम छ र आसक्तिरहित छ, जो निन्दा–स्तुतिलाई समान सम्झने, मननशील र जसरी भएपनि शरीरको निर्वाह हुनमा सदैव सन्तुष्ट छ र रहने स्थानमा ममता र आसक्तिले रहित छ, त्यो स्थिरबुद्धि भक्तिमान् पुरुष मलाई प्रिय छ तर जो श्रद्धायुक्त पुरुष मेरो परायण भएर यी माथि भनिएका धर्ममय अमृतलाई निष्काम प्रेमभावले सेवन गर्दछन्, ती भक्तहरू मलाई अतिशय प्रिय छन् । क्रमशः...