सञ्जय मित्र
अरूभन्दा केही फरक हुनैपर्छ । यही फरकपनले पहिचान बनाउने हो । यही पहिचानले अरूलाई आपूmतिर आकर्षित गर्छ । र, अझ त्यो फरकपन चाहिं अन्यान्यको हृदयग्राह्य हुन्छ भने फरकपनमा अरूको पनि आत्मीयता जोडिन्छ । आत्मीयता जोडिंदै जान्छ । जति धेरै आत्मीयता जोडिन्छ, उति धेरै प्रसिद्धि हुन्छ । प्रसिद्धि अर्थात् लोकप्रियता कसलाई पो चाहिंदैन र ? लोकप्रियतालाई अझ अर्थतन्त्रसित जोडौं, केहीले रोजगार पाउने निश्चित हुन्छ ।
बिहारको जमुआले सूर्य मन्दिर बनाएर आप्mनो विशिष्ट पहिचान कायम गरेको छ । पोखरी धेरै ठूलो पनि होइन । मध्यम आकारको पोखरीमा कलात्मक सूर्य मन्दिर बनाएको छ जमुआले । जमुआ सम्भवतः जिल्ला हो । जमुआको मिर्जागंजमा यो सूर्य मन्दिर रहेको छ । मिर्जागंज सानो बजार हो । मन्दिर रहेको ठाउँलाई जगन्नाथ डिह भन्ने गरिन्छ । सूर्य मन्दिरको नाम चाहिं जलीय सूर्य मन्दिर हो । आसपासमा अरू केही प्रसिद्धिलायक रहेको देखिंदैन । जमुआ शहर निकै टाढा छ तर पोखरीको पानीमा विशालकाय कमलजस्तै फुलेको देखिन्छ मन्दिर । टाढैबाट चित्तलाई आकर्षित गर्ने किसिमको देखिने यो मन्दिरले बाटो भएर हिंड्ने जसकसैको ध्यान आपूmतिर आकर्षित नगरी छोड्दैन । कतिपयले यसलाई लोटस मन्दिर वा लोटस टेम्पल पनि भन्ने गरेका छन् । पोखरीको पानीमा कमल फुलेको छैन । पोखरीमा कमलको पात पनि देखिंदैन तर पोखरीको पानीमा भने मन्दिरको विम्ब यति आकर्षक देखिन्छ कि लाग्छ विशाल कमल फुलेको छ उल्टो भएर । एउटा नीलो आकाश नै सिर्जना गरेको पोखरीले र उल्टो फुलेको छ बिनालहरा नै कमल ।
यही ठाउँ हेर्न भनेर होइन तर दोस्रोपटक यो मन्दिरमा पुगें । पहिलोपटक कहिले पुगें निश्चित तिथिमिति सम्झना भएन तर पाँच वर्ष पहिले हुनुपर्छ । झारखण्डको दुमका जिल्लाबाट पटना फर्किने क्रममा यो मन्दिर भेटिएको थियो । तर त्यसपटक बाटो बिराएर मन्दिरतिर पुगेको थिएँ । त्यसपछि कैयौंपटक फेरि दुमकाबाट पटना फर्कें तर यो मन्दिर बाटोमा पर्दैनथ्यो । यसपालि चाहिं झुमरीतलैया भन्ने ठाउँलाई गन्तव्य मानेर दिउँसो सवा एक बजे दुमकाबाट हिंडेका छौं । घरी नेटसित कनेक्ट गरेर मोबाइललाई बाटो सोधिरहेका छौं त घरी बाटोमा गाडी रोक्दै सोधिरहेका छौं अगाडि बढ्ने बाटो । आज (२१ साउन २०७५)को गन्तव्य भनेको झुमरीतलैया कटेर बरही भन्ने ठाउँमा पुगेर बास बस्नु छ । यसअघि एकचोटि कोलकाताबाट फर्किंदा बरही हुँदै झुमरीतलैया भएर पटना फर्केका थियौं । त्यसैले निकै लोकप्रिय र पर्यटकीय स्थान झुमरीतलैया भनेर बाटो सोध्दा सबैले सजिलै बताइरहेका छन् ।
मिर्जागंजले खास केही गरेको छैन । त्यस्तै दश कठाजतिमा यो मन्दिर रहेको पोखरी हुनुपर्छ । पोखरीमा पानी कहिल्यै सुक्दैन । पोखरी आकर्षण हुँदै होइन । आकर्षक सूर्य मन्दिर बनाएको छ मिर्जागंजले । अब यो मन्दिरकै कारण यस ठाउँको पहिचान बनेको छ । आसपासको गाउँमा यो मन्दिर संस्कृतिसित जोडिन पुगेको छ । कतिपयले यही मन्दिरमैं विवाह गर्न थालेका छन् । विवाह नै नगरे पनि जन्ती जाँदा वा आउँदा गाउँको ब्रह्मको पूजा अनिवार्य गरिएजस्तै आसपासको गाउँका लागि हिन्दू परिवारजनले बिहेको समयमा अनिवार्यरूपमा मन्दिरमा पूजा गर्दछन् ।
घरमा परपाहुना आउँदा मन्दिरमा पूजा गर्नु अनिवार्य भइसकेको छ । एउटा दर्शनीय ठाउँ भएकोले सबै आउन खोज्छन् । एउटा सेल्फी लिन खोज्छन् । सामाजिक सञ्जालमा अपलोड गर्दछन् । यसले संस्कृतिमा प्रभाव पारेको भन्दा पनि संस्कृतिमा आप्mनो स्थान बनाइसकेको छ । सूर्य मन्दिर स्थानीय संस्कृतिको एउटा अङ्ग बनिसकेको छ । दैनिक सयौं स्थानीय नरनारी मन्दिरमा श्रद्धापूर्वक पूजा गर्न आउँछन् । अहिले झन्डै साँझ पर्न लागेको बेला हामीले कैयौं नवविवाहित जोडीलाई मन्दिरमा पूजा गरिरहेको देख्छौं । विवाह संस्कारसित सम्बन्धित केही कर्म पनि भइरहेको छ ।
मन्दिरको कला विशिष्ट छ । बाहिरबाट हेर्दा कमलको पूmलजस्तै देखिने यस मन्दिरको पूmल आकारमा हुने हरेक पत्रमा विभिन्न देवदेवीको मूर्ति प्रतिष्ठापित छ । बाहिरबाट हेर्दा एउटा मन्दिरजस्तो देखिए पनि भित्र अनेक देवदेवी छन् । एउटै मन्दिरजस्तो देखिए पनि धेरै प्रकोष्ठहरू रहेका छन् । मूल भने सूर्य प्रतिमा हो । सातवटा सेता घोडालाई रथमा जोतिएको छ र सूर्यलाई देवरूपमा त्यसैमा आसीन गराइएको छ । हेर्दा निकै मनमोहक ।
वीरगंजको घडीअर्वा पोखरीमा पनि सूर्य मन्दिर छ तर खुल्ला नभएकोले यति प्रचारप्रसार हुन सकेको छैन । निस्सन्देह छठपर्वसित घडीअर्वा पोखरीमा रहेको सूर्य मन्दिरको सम्बन्ध गाँसिएको छ तर खुल्लारूपमा रहेको मिर्जागंजको सूर्य मन्दिरले भने निकै ख्याति कमाएको छ । मन्दिरकै कारण दुई/चार जनाले पूmल–प्रसाद बेचेर गुजारा गरिरहेका छन् । दुई/तीन जनाले मन्दिरको पूजापाठ गर्ने गरेर पनि आपूmलाई व्यस्त बनाएका छन् । एक/दुई जना क्यामरा लिएर तत्काल फोटो बनाइदिन्छु भन्दै आइपुग्छन् ।
एउटा सूर्य मन्दिरले ठाउँको पहिचान दिएको छ । दर्जनौं गाउँलाई आपूmतिर आकर्षित गरेको छ । लाखौंलाई आत्मीयताको डोरीले बाँधेको छ । सबैभन्दा ठूलो उपलब्धि संस्कृतिसित सम्बन्ध बनाइसकेको छ । संस्कृतिसित सम्बन्ध बनाइसकेपछि यसको विकास निरन्तर भइरहने कुरामा कुनै शङ्का छैन । स्थानीयसित आत्मीयता गाँसेपछि यसप्रतिको आकर्षण कहिल्यै हराउने होइन ।
पोखरीको किनारलाई चारैतिरबाट पक्की घाटले घेरेको देख्दा यो अनुमान लगाउन अलिकति पनि गाह्रो हुँदैन कि यहाँ छठ कति रमाइलो होला ।