$type=ticker$count=12$cols=4$cate=0

मिथिलाञ्चलमा तन्त्र – एक चर्चा

SHARE:

डा. बासुदेवलाल दास, पीएच.डी.
सहप्राध्यापक, इतिहास विभाग
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज

    मिथिलाञ्चलको भूभागमा तन्त्रको प्रचार प्राचीनकालदेखि नै भएको थियो । तन्त्र भनेको आध्यात्मिक ज्ञान र उपासना पद्धतिको एउटा प्रणाली हो, जसमा खास गरेर शक्तिको उपासनामा ध्यान केन्द्रित गरिएको हुन्छ । तन्त्रशास्त्रका विशाल भण्डार छन् एवम् यसका आयामहरू पनि अत्यन्त व्यापक रहेका छन् । तन्त्रलाई शिव–प्रणीत भनिन्छ । मिथिलामा शिव र शक्तिको धार्मिक प्राधान्य पूर्वकालदेखि नै स्थापित रहेको देखिन्छ । भगवान् शिवलाई आशुतोष भनिन्छ । मिथिलामा सबै वर्गका मानिस शिव र शक्तिको पूजा गर्दछन् । स्मृतिशास्त्र अनुसार शिवतŒवको ज्ञान प्राप्त गर्न शक्तिको उपासना आवश्यक मानिएको छ ।
    श्रुतिशास्त्रको कर्मकाण्ड, उपासनाकाण्ड र ब्रह्मकाण्ड गरी तीन विभाग मानिएको छ । यीमध्ये कर्मकाण्डका प्रवत्र्तक जैमिनी थिए, जसको विचारलाई पूर्वमीमांसा पनि भनिन्छ । अर्को उपासनाकाण्डका प्रवत्र्तक नारदलाई मानिएको छ । ब्रह्मकाण्डका प्रवत्र्तक ब्रह्मसूत्रकारलाई मानिन्छ, जसका विचारलाई उत्तरमीमांसा भनेर व्याख्या गरिएको छ । आगमशास्त्रका पक्षधरले उपासनाकाण्डलाई महŒव दिने गर्दछन्. । ज्ञान र उपासनालाई श्रुतिमूलक भनिन्छ, एवम् यी दुवै अन्ततः अद्वैत मतका समर्थक रहेका मानिन्छन् ।
    तन्त्रशास्त्रमा वर्णन गरिए अनुसार आगम–मार्गको उपासना गर्ने सनक, सनन्दन, सनातन र सनतकुमार गरी चारजना भएका थिए । यिनीहरू सबै ब्रह्माका पुत्र थिए । यिनीहरूले महादेव शिवसित प्रार्थना गरी उनीद्वारा नै यस मार्गको प्रणयन गराएका थिए । महादेवले यिनीहरूलाई दिएका उपदेश नै आगमशास्त्रको रूपमा स्थापित भएको थियो । आगमशास्त्रलाई तन्त्र भनेर पनि अभिहित गरिएको थियो ।
    वैदिक र तान्त्रिक दुवै बेग्लाबेग्लै पद्धति हुन् । आधुनिक दर्शनको भाषामा यसलाई निगम (वेद–वेदाङ्ग) र आगम (तन्त्र–मन्त्र) भन्ने गरिएको छ । कुलार्णवतन्त्र नामक ग्रन्थमा कलियुगमा आगमशास्त्रको प्रधानता रहने कुरा उल्लेख गरिएको पाइन्छ । आगम–मार्गको अनुसरणबिना कलियुगमा सिद्धि प्राप्त गर्न असम्भव हुने कुरा भगवान् शिवले पार्वतीलाई भनेका विषय महानिर्वाणतन्त्र भन्ने ग्रन्थमा वर्णित छ । वाराहीतन्त्र नामक ग्रन्थमा आगमशास्त्रका लक्षणहरूको वर्णन गरिएको पाइन्छ । यस अनुसार, आगमशास्त्र त्यो शास्त्र हो जसमा सृष्टि, प्रलय, देवतार्चन, कार्यसाधन, पुरश्चरण, षट्कर्म आदि विषयक अनुष्ठानका बाधाहरू हटाउने एवम् शान्ति स्थापनार्थ वशीकरण, विद्वेषण, उच्चाटन तथा मारण इत्यादि विषयसित सम्बन्धित विधान रहेको हुन्छ ।
    आगमशास्त्रका डामर (तमस्), यामल (रजस्) र तन्त्र (सत्व) गरी तीन मुख्य भेद मानिएका छन् । यिनमा डामरका योग, शिव, दुर्गा, सारस्वत, ब्रह्म र गन्धर्व गरी ६ भेद रहेका छन् भने यामलका पनि आदि, ब्रह्म, विष्णु, गणेश, आदित्य र रुद्र गरी ६ भेद नै रहेका छन् । तन्त्रका विभिन्न भेदको विवरण वाराहीतन्त्र नामक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।
    मिथिलाञ्चलको भूभागमा शक्ति–उपासनाको प्रधानता रहेकोले शाक्त–तन्त्रको प्रभाव देखिन्छ । यहाँ कौलमत एवम् दशमहाविद्याको बढी प्रचार भएको थियो । कौल मतावलम्बीहरू वामाचार मार्गका प्रवत्र्तक भएका थिए, किनकि यस मार्गमा सिद्धिको उपलब्धि अपेक्षाकृत छिटो हुने विश्वास गरिन्छ । यस क्षेत्रमा काली र ताराको प्रमुखरूपमा उपासना हुने गरेको देखिन्छ । मिथिलामा बौद्ध धर्मको प्रभाव स्थापित हुन नसकेपनि बौद्ध–तन्त्रको प्रभाव भने मिथिलामा प्रचलित तान्त्रिक पद्धतिमाथि परेको थियो भन्ने विचार विद्वान्हरूको रहेको पाइन्छ ।
    मिथिला क्षेत्रमा वामाचारको प्रचार सामान्यतः समाजका निम्नवर्गका मानिसहरूमा देखिन्छ । तन्त्रका ६४ भेद रहेका भनेर ग्रन्थहरूमा वर्णन गरिएको पाइन्छ । यसमध्ये चन्द्रकला, ज्योत्स्नावती, कलानिधि, कुलार्णव, कुलेश्वरी, भुवनेश्वरी, बार्हस्पत्य र दुर्वासा आदि तन्त्रहरूमा ब्राह्मणादि चारओटै वर्णका साथै वर्णसङ्करलाई पनि साधना–उपासनाको समान अधिकार प्रदान गरिएको वर्णन रहेको देखिन्छ । यसमध्ये प्रथम तीन वर्णहरूलाई दक्षिणाचार मार्ग एवम् शूद्रादि तथा वर्णसङ्करलाई वामाचार मार्गद्वारा साधना गर्न पाउने अधिकार दिइएको भनिन्छ । परन्तु मिथिलाका तान्त्रिक स्थलहरूमा जाति विषयक कुनै अवरोध रहेको पाइँदैन । विद्वान्हरूको विचारमा हिन्दू धर्म अन्तर्गत तान्त्रिक–उपासना पद्धतिको उत्थान हुनुमा केही आर्थिक र सामाजिक कारणहरू पनि हुन सक्दछन्, जसको गहन अनुसन्धान अपेक्षित रहेको छ । अर्कोतिर मिथिलाञ्चलका साथै नेपाली, असमी र बङ्गाली संस्कृतिहरूमा समेत तन्त्रको भूमिका अत्यन्त महŒवपूर्ण रहेको अद्यापि देख्न सकिन्छ ।
    तन्त्रमा लौकिक र पारलौकिक गरी दुवै मार्ग रहेका मानिन्छन् । यस शास्त्रमा मोक्ष–प्राप्तिको मार्गमा अग्रसर हुनका लागि भोगलाई त्याग्न नपर्ने गरी विधिहरू बताइएका हुन्छन् । मिथिलामा सर्वप्रथम आदिशक्तिस्वरूपा प्रकृतिको उपासनाको आरम्भ भएको एवम् त्यस समयदेखि नै तन्त्रको परम्परा निरन्तर चल्दै आएको मानिएको छ । प्रकृतिको ब्रह्मस्वरूपमा प्राप्ति हेतु तन्त्रशास्त्रमा पञ्चमकारको विधान रहेको भनी वर्णन गरिएको छ । पञ्चमकारको विश्लेषण कुलार्णवतन्त्र ग्रन्थमा पनि गरिएको पाइन्छ ।
    तन्त्र–विद्याको उत्पत्ति–स्थान बङ्गालको भूभाग रहेको मानिन्छ । भनिन्छ कि मिथिला क्षेत्रमा आएपछि तन्त्रले प्रबलता प्राप्त गरेको थियो । मिथिलामा अनेक शाक्त र तान्त्रिक व्यक्तित्वहरू भएका थिए, जसमा घनानन्द दासको नाम उल्लेखनीय छ । उनी  कायस्थ जातिका थिए । मिथिला क्षेत्रमा नवरात्रको ठूलो महŒव रहेको अद्यापि देख्न सकिन्छ । मिथिलामा बालकलाई सिकाइने पहिलो पाठ ‘आँजीसिद्धिरस्तु’ द्वारा पनि तन्त्रको सङ्केत पाइन्छ । यसका साथै मिथिला क्षेत्रमा प्रचलित अरिपन चित्र पूर्णतः तान्त्रिक प्रक्रिया अन्तर्गत नै पर्दछ । यस्तै मिथिलामा टाउकोमाथि धारण गरिने पाग (टोपी विशेष) बनाउने कला तन्त्रबाट प्रभावित रहेको छ । मिथिलामा तन्त्र विषयक अनेक ग्रन्थको रचना भएको छ । यीमध्ये देवनाथ ठाकुरकृत तन्त्रकौमुदी र मन्त्रकौमुदी ग्रन्थहरू उल्लेखनीय मानिन्छन् । यस्तै नरसिंहकृत ताराभक्तिसुधार्णव, हरिपति आगमाचार्यकृत मन्त्रप्रदीप, कुमार गदाधरकृत तन्त्रप्रदीप आदि तन्त्र विषयक अन्य प्रसिद्ध ग्रन्थहरू हुन् ।
    मिथिलाञ्चल क्षेत्रको महिसी नामक स्थान तान्त्रिक दृष्टिकोणबाट महŒवपूर्ण मानिन्छ । महिसी ग्राम भारतको बिहार राज्यको सहरसा जिल्लामा पर्दछ, जसलाई महिषी पनि भनिन्छ । पौराणिक कथा अनुसार यस स्थानमा सतीदेवीको आँखाको पतन भएको थियो । यस्तै प्राचीनकालमा महिसीमा असुरहरूको जमघट भएको तथा तिनीहरूमाथि नियन्त्रण गर्न वशिष्ठले चीनबाट शक्ति ल्याएको वर्णन पाइन्छ । अर्कोतिर महिसीलाई महिषासुरको राजधानी पनि भनिन्छ । त्यस स्थानमा गाउँभन्दा बाहिर आग्नेयकोणमा पश्चिमाभिमुख मन्दिरभित्र नीलसरस्वती, अक्षोभ्य ऋषि सहित ताराको मूर्ति विराजमान छ । यसका साथै त्यहाँ एकजला, लक्ष्मीनारायण, त्रिपुरसुन्दरी, शीतला आदिका मूर्तिहरू एवम् ताराकुण्ड, ताराकञ्चुकीकुण्ड, वशिष्ठकुण्ड, गौतमकुण्ड, अक्षोभ्यकुण्ड र मानसरोवरकुण्ड गरी ६ ओटा कुण्डहरू समेत रहेका छन् । यी कुण्डहरूबारे चीनाचारतन्त्र नामक ग्रन्थमा उल्लेख गरिएको छ । महिसीको नीलसरस्वती विषयक अप्रत्यक्ष उल्लेख पालकालीन अभिलेखमा पनि पाइन्छ, जसमा यसलाई उरूनीलपद्मा भनिएको छ । यसका साथै बिहार राज्यको बेगूसराय जिल्लामा पर्ने जयमंगलागढ र कात्यायनी स्थानहरू पनि तान्त्रिक दृष्टिबाट महŒवपूर्ण रहेका छन् । जयमंगलागढ प्राचीनकालमा तान्त्रिक बौद्धहरूको केन्द्र रहेको थियो ।
    मिथिलाका तान्त्रिकहरू दक्षिणाचारी र वामाचारी दुवै प्रकारका रहे पनि यस क्षेत्रमा वामाचारको विशेष प्रचार भएको थियो । यहाँ कौल तथा दशमहाविद्याको प्राधान्य थियो । यीमध्ये काली, तारा, भुवनेश्वरी, दुर्गा, पार्वती, महामाया इत्यादि शक्तिस्वरूपा भगवतीहरूको विशेष महŒव रहेको मानिन्थ्यो । तान्त्रिक उपासनाको फलस्वरूप नै मिथिलामा अभिचार–कर्म प्रारम्भ भएको भनिन्छ । तन्त्र साधनामा जाति विषयक कुनै अवरोध नरहे पनि वामाचार तान्त्रिक पद्धतितर्फ शूद्रवर्णका मानिसहरूको बढी संलग्नता रहेको थियो । मिथिलामा तन्त्र विषयक साधनाका साथै यस क्षेत्रमा अध्ययन–अध्यापन हुने गरेको पनि प्रशस्त उल्लेख पाइन्छ । भनिन्छ मिथिलाको चीनसित सम्पर्क, तन्त्रको माध्यमले नै भएको थियो । नेपालको काठमाडौं उपत्यकामा तन्त्रको प्रवेश मिथिलाबाट भएको तथ्य आधुनिक अनुसन्धानहरूबाट सिद्ध भइसकेको छ । मिथिला क्षेत्रमा तन्त्र–विद्याको मर्म अद्यापि सुरक्षित रहेको देख्न सकिन्छ ।
    तन्त्रको सम्बन्ध प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा शक्ति–उपासनासित रहेको देखिन्छ । मिथिलामा प्रत्येक गाउँमा ग्रामदेवताका स्थानमा, जसलाई ब्रह्मस्थान वा डिहबारस्थान पनि भनिन्छ, राजदेवी भनेर एउटा देवीको स्थान निर्धारित गरिएको हुन्छ, जसबाट शक्ति–उपासनाको स्थानको निश्चयबारे थाहा पाइन्छ । राजदेवीको पूजा वार्षिकरूपमा गरिन्छ तथा बेलाबखत विशेष पूजा पनि गरिन्छ । यो राजदेवीमाई भन्ने देवी राज्यशक्तिको प्रतीक देवताको रूपमा पूजित रहेको बुझिन्छ । यस्तै मिथिला क्षेत्रमा ‘माई’ प्रत्यक्ष नामधारी अनेक स्थानहरू रहेका पाइन्छन्, जुन प्रत्यक्ष रूपमा नै शक्ति–उपासनाका स्थान हुन् । कुनैपनि ठाउँ वा वृक्ष्Fको फेंदमा माटोको गोलाकार पिण्ड बनाएर स्थापित गरिएका यी माईका स्थानलाई लोकबोलीमा ‘थान’ भन्ने गरिन्छ । यस थानमा पशुपक्षीका रक्त–बलिका साथै लड्डू जस्ता मधुर नैवेद्यसमेत अर्पण गरिन्छ । समाजमा भाकल गरे अनुरूप यस्ता थानहरूमा खीर पकाएर पनि अर्पण गर्ने गरिन्छ जसलाई लोकबोलीमा ‘खीरभोजनी’ चढाउनु भनिन्छ । यस्ता माईहरूको नामकरण स्थान, नदी, क्षेत्र, वृक्ष, पूmल, फल, प्रकृति, वन इत्यादिका नामबाट राखिएका पाइन्छन् । वस्तुतः यिनीहरू लोकदेवीका रूपमा सम्पूजित हुने गरेका हुन्छन् ।
    यस्तै मिथिला क्षेत्रमा प्राचीन र मध्यकालीन समयमा अनेक गढ र किल्लाहरू रहेका थिए । यी स्थानहरूमा शक्तिका स्रोत हातहतियारहरूको भण्डारहरू राखिने गरिन्थ्यो । शक्तिको भण्डार रहेको स्थानमा शक्तिस्वरूपा देवीको आराधना गर्नु अत्यावश्यक हुने ठानिन्थ्यो । यसैको फलस्वरूप गढ–स्थानहरूमा गढीमाईका थानहरू मिथिलाका गाउँ–गाउँमा, खासगरी ब्रह्म–डिहबारका स्थानमा, स्थापित रहेका पाइन्छन् । यी माईहरूको पूजा–आराधना विषयमा कुनै प्रकारको शास्त्रीय सन्दर्भ उपलब्ध नरहे पनि लोकमानसमा यिनीहरूप्रति अगाध श्रद्धा र भक्तिभाव विद्यमान रहेको देखिन्छ । यी माईहरूले मानिसका अनेक कष्टको निवारण एवम् मनोकामनाको पूर्ति गरिदिने गर्दछन् भनी जनविश्वास व्याप्त रहेको छ ।
    यसप्रकार मिथिला क्षेत्रमा प्राचीनकालदेखि नै शक्तिको आराधना–उपासनाप्रति चिन्तक–दार्शनिकहरूको ध्यान गएको एवम् जनमानसमा यसको प्रभाव परिलक्षित भएको पाइन्छ । अदृश्य शक्तिजन्य भयबाट पूजाको भावको मौलिक उत्पत्ति भएको धारणा प्रचलित छ । यसैले भनिन्छ मानिसलाई सर्वप्रथम मातृतŒवको ज्ञान भएको थियो । यसरी सबै प्रकारका शक्तिहरूको, मातृभावबाट उपासना गर्ने प्रवृत्ति देखापरेको भनाइ देखिन्छ । यसैले पृथ्वी, नदी, गाई आदिलाई मातास्वरूप मानिएको छ ।         मानिसको उत्पत्ति माताको गर्भबाट हुनु, पोषण माताको दूधबाट हुनु र प्रारम्भिक स्याहारसमेत माताबाट हुनु आदि कारणले मातृ–तŒवप्रति श्रद्धा जागृत भएकोले मातालाई शक्तिस्वरूपा स्वीकार गरी उसको पूजा–आराधनाको प्रचलन भएको भनिन्छ । कालक्रममा यस विषयमा अनेक चिन्तन–दर्शनले स्थान पाउँदै जाँदा अहिले शक्ति–उपासनाका साथै तन्त्रविद्याले समेत व्यापकता प्राप्त गरेको देखिन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मिथिलाञ्चलमा तन्त्र – एक चर्चा
मिथिलाञ्चलमा तन्त्र – एक चर्चा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh0-00wibuVnxbihdhbiOowA4sf-4NrO_ADKjl1RlGLgeo0QY8QQ8fcKQOzRtSX4jnqSapzSJVyuID9vkgdWjG9FBDptHI0X962mI7Q8kr9dfR0fm7Y_5n-TFxMrHha2f7rNsWWFiWGjvea/s200/basudev+lal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh0-00wibuVnxbihdhbiOowA4sf-4NrO_ADKjl1RlGLgeo0QY8QQ8fcKQOzRtSX4jnqSapzSJVyuID9vkgdWjG9FBDptHI0X962mI7Q8kr9dfR0fm7Y_5n-TFxMrHha2f7rNsWWFiWGjvea/s72-c/basudev+lal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/08/blog-post_981.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/08/blog-post_981.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy