प्रस, वीरगंज, १४ भदौ/
ठाकुरराम बहुमुखी क्याम्पसको सभाहलमा तोडफोड भएको छ । नेकपा सम्बद्ध अखिलले लेखा र स्टोरमा लगाएको तालाबन्दी र उनीहरूले उठाएका मागबारे छलफल गर्न बोलाइएको बैठकमा अखिलका विद्यार्थीहरूले सभाहलको फर्निचर तोडफोड गरेको क्याम्पस प्रशासनले जानकारी गराएको छ । सहायक क्याम्पस प्रमुख रोशन लामिछानेले अखिलले लगाएको तालाबन्दी अन्य विद्यार्थीहरूले तोडेको र सो सम्बन्धमा विवाद सुल्झाउन क्याम्पस प्रशासनले आज अखिलका विद्यार्थी नेताहरूलाई वार्ताका लागि बोलाएकोमा आक्रोशमा आएर तोडफोड गरी पुनः तालाबन्दी गरेको बताए । उनले क्याम्पस प्रमुख डा. प्रमोद कुशवाहाले समस्याको समाधान वार्ताबाट गर्ने उद्देश्यले डाकेको बैठकमा अखिलका विद्यार्थी नेताहरूले क्याम्पस प्रशासनले अन्य विद्यार्थीसँग सहकार्य गरेर ताला तोड्न लगाएको भन्दै विद्यार्थी नेताहरूले कुर्सी प्रहार गरेको बताए ।
अखिलका केन्द्रीय सदस्य प्रभाकर गुप्ताले एक महीनादेखि क्याम्पसबारे ज्ञापन दिएको तर माग सम्बोधन नगरिएको र त्यसको आक्रोशमा भदौ ६ गते गरिएको तालाबन्दी क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई उक्साएर तोड्न लगाएको बताए । उनले जबजब क्याम्पसमा भर्ना र परीक्षाको समय हुन्छ, क्याम्पस प्रशासनले यस प्रकारको गतिविधि गरेर ठाराब क्याम्पसको माहौल खराब गरी भर्ना प्रभावित गर्ने काम गर्ने गरेको आरोप लगाए ।
नेविसङ्घ पर्साका संयोजक दिलीपराज कार्कीले भने अखिलले भर्ना र परीक्षाको बेला क्याम्पसको माहौल खराब पार्दै विद्यार्थी भर्ना र परीक्षामा असर पार्ने काम गर्ने गरेको आरोप लगाए । उनले अखिलका यस्ता गतिविधिले निजी क्याम्पसलाई मात्र फाइदा पुग्ने भएकोले निजी क्याम्पसको उक्साहटमा यस्तो भएको त हैन भनी सोच्न बाध्य पारेको प्रतिक्रिया दिए ।
ठाराब क्याम्पसमा शुक्रवारदेखि स्नातक तह प्रथम वर्षको भर्ना र दोस्रो वर्षको परीक्षा हुन गइरहेको छ ।