प्रस, परवानीपुर, १३ भदौ/
आगामी मार्च मसान्तभित्र नेपालमा पाइपबाट इन्धन भित्रिने अधिकारीहरूले बताएका छन् ।
नौ महिना पहिले सञ्चालनमा आएको मोतीहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको काम लगभग अन्तिम चरण्मा पुग्न लागेको नेपाल आयाल निगम क्षेत्रीय डिपो अमलेखगंजका प्रमुख प्रदीप यादवले बताए। उनले मोतीहारीदेखि रक्सौलसम्म ३२ किलोमिटरमध्ये २७ किलोमिटर र नेपाली भूभागमा ३६ किलोमिटरमा १७ किलोमिटर पाइपलाइन ओछ्याइएको जानकारी दिए ।
यसरी नेपाल भारत गरी दुवैतर्फको करिब ६५ प्रतिशत सम्पन्न भइसकेको छ भने निर्धारित म्यादको ६ महिनामा ४५ प्रतिशत काम गर्नुपर्ने देखिन्छ । योजना सम्पन्न गर्न १५ महिनाको समय दिइएको छ । सन् २०१७ डिसेम्बर देखि भारु दुई अर्ब ७५ करोडमा शुरु भएको योजनाको जम्मा लम्बाइ ६८ किलोमिटर छ भने यसको कार्य लिखिता इन्फ्रास्ट्रक्चर महाराष्ट्रले ठेक्का लिएको छ ।
कुल लगानीको ७५ करोड नेपाल सरकारले बेहोर्ने र दुई अर्ब भारत सरकारले अनुदान दिएको छ । भारत तर्फ रक्सौलभन्दा ५ किलोमिटर दक्षिण सम्म पाइपलाइन ओछ्याइसकिएको छ भने नेपालतर्फ पथलैयादेखि परवानीपुर सम्म अधिकांश ठाउँमा र गण्डकदेखि रजतजयन्ती चोकसम्म १७ किलोमिटर पाइप ओछ्याइसकिएको डिपो प्रमुख यादवले बताए । उनले एक साताभित्रै वन मन्त्रालयबाट पर्सा राष्ट्रिय निकुञ्जको पथलैयादेखि अमलेखगंजसम्म पर्ने ९ किलोमिटर क्षेत्रमा रूख काटने स्वीकृति आउने र त्यसपछि १५ दिनमा रूख काटानी गरी थप १५ दिनमा खाल्डो खन्ने र पाइप ओछयाउने काम सकिने बताए ।
उक्त काम दशैभन्दा पहिले सम्पन्न गर्ने लक्ष्य छ, त्यसपछि बाँकी १० किलोमिटरमा ५ किलोमिटर जीतपुर बजार क्षेत्र, ४ किलोमिटर परवानीपुर बजार क्षेत्र र १ किलोमिटर रजतजयन्ती देखि मितेरी पुलसम्मको काममा आयोजना कार्यालय केन्द्रित हुने मोतीहारी–अमलेखगंज पाइपलाइनको योजना काार्यालय सिमराका इन्जिनियर शरद पौडेलले बताए ।
विद्युत्, टेलिफोन र स्थानीय तहले सकारात्मक सहयोग नगर्दा जीतपुर, परवानीपुर र वीरगंज भन्सार क्षेत्रमा काम हुन नसकेको उनले बताए । वीरगंज भन्सार क्षेत्रमा इन्डो नेपाल र भन्सार कार्यालयको पर्खाल आज सम्म भत्काइएको छैन् । परवानीपुर र जीतपुर क्षेत्रमा अतिक्रमित जग्गा खाली नहुँदा योजना प्रभावित भएको हो ।