प्रस, निजगढ, ११ भदौ/
निजगढ यस प्रदेशमध्येको महŒवपूर्ण ठाउँ रहेको र यसको विकासको गतिलाई हेरेर प्रदेशभित्रका अन्य ठाउँले ईष्र्या गर्न थाल्ने प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउतले बताए ।
निजगढ–६ सडकटोलद्वारा आयोजित महामति श्री प्राणनाथजी प्राकट्य चतुर्थ शताब्दी महोत्सव कार्यक्रमको आजका प्रमुख अतिथिसमेत रहेका मुख्यमन्त्री राउतले सोमवार सम्बोधनका क्रममा सो कुरा बताएका हुन् ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, फास्ट ट्र्याकको साथै अन्य विकासको गतिले निजगढको विकास तीव्र गतिमा हुने उनले बताए । निजगढको विकास क्रमसँगै बाहिरका मानिसहरूसमेत यहाँ बसोवास गर्न लालायित हुनेसमेत बताए । प्रदेश सरकार सीमित साधन स्रोतका बावजुद निर्माणको क्रममा रहेको उनले भने। यस प्रदेशको विकास धार्मिक पर्यटनबाट हुने बताउँदै यसैबाट मुख्य आम्दानी, आर्कषण हुने आशा व्यक्त गरे।
आपूm यस प्रदेशको मुख्यमन्त्री भए लगत्तै ‘बेटी पढाऔं बेटी बचाऔं’ र पर्यटन विकासलाई मुख्य प्राथमिकतामा राखेर अघि बढिरहेको उनले बताए । जानकी मन्दिर, जनकपुरको सौन्दर्यीकरणका लागि प्रदेश सरकारबाट साढे पाँच
करोडको बजेट आएको बताउँदै आगामी दिनमा गढीमाई मन्दिरलगायत अन्य स्थानका मठ, मन्दिरको विकास गर्ने बताए । निजगढस्थित कृष्ण प्रणामी मन्दिरलाई प्रदेश सरकारका तर्फबाट सहयोग गर्न तत्पर रहेको मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री लालबाबू राउतलाई सम्मानका साथ नेपाली ढाका टोली पहिराई मायाको चिनो समेत समितिले प्रदान गरेका थिए । निजगढले गरेको यो सम्मानलाई कहिल्यै भुल्न नसक्ने उनले बताए ।
धर्मले अनुशासन सिकाउने हुनाले प्रत्येक विद्यालयमा धर्मको प्रचारप्रसार गर्नुपर्ने भागवताचार्य श्री रोहितराज महाराजजीले बताए । आत्महत्या, दुव्र्यसन, कुलतजस्ता विकृति निमूल पार्न धर्मका ज्ञानबाट नैं सम्भव हुने उनको भनाइ थियो ।
एक महिनासम्म चल्ने सो कार्यक्रम श्री कृष्ण जन्माष्टमीमा समापन हुनेछ । आज २६ औं दिन लाग्दासम्म लगभग ७० लाख चन्दा सङ्कलन भइसकेको, यो रकम मन्दिरको गजूर निर्माणमा खर्च गरिने श्री कृष्ण प्रणामी सेवा समितिका अध्यक्ष यादव तिमल्सिनाले बताए ।
सोही वडामा रहेको ८ कठ्ठा जमीनमा समेत मन्दिरका लागि विभिन्न निर्माण कार्य गरिने सोको लागत खर्च ८ देखि १० करोडसम्म लाग्ने समितिको अनुमान रहेको उनले बताए ।
कार्यक्रममा प्रदेश सभासद, स्थानीय बुद्धिजीवी, समाजसेवी लगायतको उल्लेख्य सहभागिता थियो ।