$type=ticker$count=12$cols=4$cate=0

आऔं मिलेर केटाकेटीहरूलाई सफल बनाऔं

SHARE:

अनन्तकुमार लाल दास

    शिक्षा प्राप्त गर्नु सतत प्रयास हो । यो सही शैक्षिक वातावरणबाट मात्र हासिल हुन्छ, किताबबाट होइन । आज नेपालमा उम्दा किसिमका विद्यालयहरू हुँदाहुँदै यहाँका विद्यार्थी हरेक वर्ष भारत लगायत अन्य मुलुक गइरहेका छन् । के यहाँका विद्यालय र क्याम्पसहरूले उनीहरूलाई त्यो शिक्षा दिन सक्दैन जुन अन्य मुलुकमा गएर उनीहरूले हासिल गर्छन् ? के उनीहरू त्यहाँ गएर शतप्रतिशत सफल नै भइरहेका छन् ? जो त्यहाँ सफल हुन्छन् के उनीहरू यहाँ सफलता हासिल गर्न सक्दैनन् ? भनिन्छ टाढा बजिरहेको ढोलको आवाज मीठो हुन्छ । के त्यस्तै ढोल बाहिरी मुलुकका विद्यालय वा क्याम्पसहरूले बजाउने गरेका त छैनन् ? यस्ता थुप्रै सवाल छन् । तर यस लेखमा त्यसको जवाफ खोज्ने जमर्को गरिएको हैन । यस आलेख मार्पmत् के भन्न खोजिएको हो भने हठ स्वयंसँग गर्नुपर्छ । हठ आप्mनै देशलाई कसरी शैक्षिक हब बनाउने भन्ने हुनुपर्छ । हठ देशको शैक्षिक सुधारका लागि गर्नुपर्छ । हठ वास्तविक मुद्दा उठाउनको लागि गर्नुपर्छ । हठ अरूलाई डराउनको लागि होइन, एक अर्कामा जोश बढाउनको लागि गर्नुपर्छ । हठ मिलेर अघि बढ्नको लागि गर्नुपर्छ । हठ नेपाललाई सुखी र समृद्ध नेपाल बनाउनको लागि गर्नुपर्छ ।
    आज सयमा पाँच होइन, शतप्रतिशत विद्यार्थीलाई सफल बनाउन ध्यान दिनुपर्ने खाँचो छ । आज क्यारियरको भागदौडमा कोही पनि पछाडि हुन चाहँदैन । विद्यालय शिक्षादेखि नै यदि विद्यार्थीहरू आप्mनो सपना र रुचि अनुसार अघि बढ्ने कोशिश गर्छन् भने यो उनीहरूको हकमा धेरै राम्रो हुनेछ । विद्यार्थीहरूलाई आआप्mनो प्रतिभाबारे आमाबुवा र शिक्षकहरूसँग विचार विमर्श गर्नुपर्छ । उनीहरू आप्mना अग्रज र साथीहरूसँग पनि यस सम्बन्धमा छलफल गर्न सक्छन् । नेपालमा प्रारम्भिक कक्षादेखि नै क्यारियर काउन्सिलिङ गर्ने चलन छैन, तर पनि आजभोलि केही माध्यमिक विद्यालयहरूले माध्यमिक कक्षामा यस प्रकारको काउन्सिलिङ प्रारम्भ गरेका छन् । यसले केटाकेटीहरूलाई उनीहरूको रुचि अनुसार सही मार्गदर्शन दिने काम गर्छ । यस प्रकार यदि शुरुदेखि नै केटाकेटीहरूलाई मार्गदर्शन दिइयो भने उनीहरूको भविष्य सुनिश्चित हुन्छ र उनीहरूको बहुमूल्य समय पनि बचत हुन्छ ।
    आज विद्यालयद्वारा अभिभावक कार्यशाला गोष्ठी गराउनु अति आवश्यक छ । यो यस कारणले पनि आवश्यक छ कि सही अभिभावकत्व बेगर सपना साकार हुँदैन । तसर्थ अभिभावकहरूलाई दायित्व पहिचान गराउने, के गर्दा विद्यार्थीको भलो हुन्छ, बताउनु धेरै आवश्यक छ । विद्यार्थी सम्बन्धमा कुनै समस्या भएमा कसरी विद्यालय र शिक्षकको सहयोग लिनुपर्छ भन्ने जानकारी अभिभावकहरूलाई हुनु अति आवश्यक छ । अभिभावकहरूले आप्mनो सन्तानलाई राम्रो पारिवारिक वातावरण र पालनपोषण गर्ने ध्यान दिंदा ध्यान दिनुपर्ने कुरा के हो भने जस्तो व्यवहारको अपेक्षा हामी आप्mनो सन्तानसँग राख्छौं, त्यस्तै व्यवहार उनीहरूसँग पनि गर्नुपर्छ । केटाकेटीहरूको सम्मान गर्नुपर्छ र उनीहरूसँग सकारात्मक सोचसहितको व्यवहार देखाउनुपर्छ । उनीहरूको भावना बुझ्ने प्रयास गर्नुपर्छ । प्रेममा धेरै बल हुन्छ । तपाईं र सन्तानबीचको सम्बन्ध उनीहरूलाई गर्ने मायामा निर्भर हुन्छ । यहाँ मायाको अर्थ महँगो सामान, मोबाइल, खिलौना, जङ्क पूmड दिनु होइन । यो एक प्रकारको मायालु अनुभूति हो जसले उमेरको हरेक मोडमा सन्तानलाई तपाईंसँग जोडिराख्छ ।
    सकारात्मक पालनपोषणले नै हाम्रो व्यक्तित्वलाई सकारात्मक बनाउने काम गर्छ । हाम्रो सन्तानको सोच, उसको व्यवहार, कार्यक्षमता, सकारात्मक ऊर्जा, उसको विकास, केही नयाँ गर्ने कल्पना, सही र गलतको ज्ञान, सकारात्मक अनुशासन यी सबै हाम्रो पालनपोषण गर्ने तरिकामा निर्भर हुन्छ । संवाद अभिभावक र केटाकेटीबीचको एउटा प्रमुख कडी हो । अभिभावक र सन्तानबीच मित्रवत् सम्बन्धले उनीहरूलाई धक फुकाएर आप्mनो कुरा भन्न प्रेरित गर्छ । अभिभावकहरूले बाल्यकालदेखि नै केटाकेटीहरूसँग हरेक प्रकारको कुरा गर्नुपर्छ । उनीहरूसँग सधैं विद्यालय, शिक्षक, साथीहरूबारे कुराकानी गर्नुपर्छ । केटाकेटीहरूलाई आप्mनो व्यक्तित्वभन्दा टाढा राख्नुपर्छ । यहाँ अभिभावकले ध्यान राख्नुपर्ने कुरो के हो भने तपाईंको सन्तानले तपाईंको तुलना कसैसँग गरिरहेको त छैन १ यस कारण किचकिच, मारपीट वा उनीहरूको तुलना पनि कसैसँग गर्नुहुँदैन । उनीहरूमा एक अर्काको सुखदुःख बुझ्ने बानी विकास गर्नुपर्छ । उनीहरूराम्रो कामको प्रशंसा गर्नुपर्छ । उनीहरूलाई उमेर अनुसार ससानो जिम्मेवारीहरू पनि दिनुपर्छ ।
    केटाकेटीहरू सधैं केही नयाँ गर्न चाहन्छन् । आज शहरी अभिभावक आप्mनो सन्तानलाई योग्य मानिस बनाउनुको साटो एउटा कमाउ मान्छे बनाउन चाहन्छ भने त्यहीं गाउँले अभिभावक जागरुकताको कमीले गर्दा सन्तानलाई समय नै दिंदैन । यदि अभिभावकहरू केटाकेटीहरूको साथी बन्छन् र उनीहरूसँग खेल्छन् भने सजिलै सन्तानमा लुकेको प्रतिभा चिन्न सक्छन् । जुन क्षेत्रमा सन्तानको रुचि छ सोही क्षेत्रमा उनीहरूलाई प्रोत्साहित गर्दा जीवनमा सफल हुन सक्छन् । आप्mनो रुचि अनुसार काम गर्दा उनीहरूको आत्मविश्वास प्रबल हुन्छ र रचनात्मकताको प्रयोग गरेर पूर्ण लगनका साथ कामलाई पूरा गर्न थाल्छन् । तर हाम्रो सामाजिक विडम्बना के छ भने हामी उनीहरूलाई उनको रुचिको काम गर्न दिंदैनौ,ं जसलेगर्दा उनीहरूभित्र रहेको रचनात्मकता समाप्त हुन्छ र कामलाई जसरी पनि पूरा गर्ने प्रवृत्ति पैदा हुन थाल्छ । अर्कोतिर अभिभावकले केटाकेटीहरूलाई के लालच दिन्छन् भने यदि तिमीले होमवर्क गर्छौ भने चकलेट दिन्छु वा तिमीलाई मनपर्ने खेलौना किनिदिन्छु । कहिलेकाहीं यसो गर्दा सही पनि हुन्छ तर नियमित यसो गर्न थालियो भने यसको बानी बस्छ र केटाकेटी जिद्दी बन्छन् ।
    पढाउने क्रममा हरेक विद्यार्थीलाई काबिल बनाउने हठ शिक्षकहरूले पनि लिनुपर्छ । यसका लागि शिक्षकले कक्षाकोठामा विद्यार्थीहरूले कार्यको निरीक्षण गर्न अगाडि–पछाडि हिंडडुल गरिरहनुपर्छ । निरीषणबाट प्राप्त परिणामबारे अभिभावकहरूसँग छलफल गरिराख्नुपर्छ । यदि शिक्षकले केटाकेटीहरूलाई शिक्षा सँगसँगै व्यावहारिक ज्ञान पनि दिन्छन् भने विद्यार्थीले आर्जन गरेको ज्ञानलाई सही तरिकाले व्यवहारमा उतार्न सक्छ । पढाइ सँगसँगै उनीहरूमा उचित निर्णय लिने क्षमता, सही र गलतको पहिचान, अभिव्यक्त गर्ने क्षमता, विपरीत परिस्थितिमा पनि धैर्यतापूर्वक निर्णय लिने क्षमता र नैतिक मूल्यहरूको समझ विकसित गर्ने प्रयास शिक्षकहरूले गर्नुपर्छ । कुनै पनि नयाँ पाठको थालनी पूर्व उनीहरूसँग त्यससम्बन्धी कतिको ज्ञान छ बुझ्न कुराकानी गर्ने, कक्षागत क्रियाकलाप गराउने, प्रोजेक्टवर्क दिने र प्रतिवेदन तयार गरी कक्षामा वाचन गर्न लगाउनेजस्ता कार्यले केटाकेटीहरूको बुझाइलाई प्रस्ट पार्छ । विद्यालयको अर्थ प्रत्येक विद्यार्थीको प्रतिभा अनुसार क्रियाकलाप गराउनु हो र यस कार्यमा शिक्षकहरूको भूमिका अति नै महŒवपूर्ण हुन्छ । तर विडम्बना के छ भने शहरमा अभिभावक र शिक्षकबीच पेशासम्बन्धी संवाद मात्र हुन्छ भने गाउँमा चाहिएको जति संवाद पनि हुन सकिरहेको छैन ।
    आजको खाँचो केटाकेटीहरूलाई प्राविधिक शिक्षा प्रदान गर्नु हो । भनिन्छ शिक्षण एउटा कला हो । के केही परीक्षा उत्तीर्ण गरेपछि, जस्तो शिक्षकको कल्पना हामीले गरिरहेका छौं, उनीहरू त्यस्तो शिक्षणमा सफल छन् ? यस कारण उनीहरूलाई दक्ष बनाउन राष्ट्रले पनि दक्ष शिक्षकको उत्पादन र बहालीमा ध्यान दिनुपर्छ । शहर र गाउँमा शिक्षा सम्बन्धी बेग्लाबेग्लै समस्या भएकोले त्यसको पहिचान गरी सोही रूपमा समाधान खोज्नुपर्छ । यदि राष्ट्रलाई सुखी र समृद्ध बनाउनु छ भने राष्ट्रका कर्णधारहरूको भविष्य तिखार्नु आवश्यक छ । केटाकेटीहरूको लागि खेल्ने मैदान, कम्प्युटर शिक्षा, पुस्तकालय, इन्जिनियरिङ र मेडिकलका लागि प्रारम्भिक कक्षादेखि नै ध्यान दिनु, उनीहरूमा लुकेको प्रतिभा उजागर गरी सोही अनुसार प्रोत्साहित गर्ने काम विद्यालयहरूले गर्नुपर्छ । यसका लागि शिक्षकहरूले कक्षामा प्रवेश गर्नासाथ विद्यार्थीहरूसँग साथीजस्तै हाँसेर अभिभावादन गर्नुपर्छ । त्यसपछि पढाउने विषयवस्तु रोचक ढङ्गले प्रस्तुत गर्नुपर्छ । केटाकेटीहरू समक्ष आप्mनो कुरो उनीहरूको भावनामा ठेस नपुग्नेगरी राख्नुपर्छ । पढाउँदा उदाहरणहरू पनि प्रस्तुत गर्नुपर्छ । यसरी गर्दा विद्यार्थीहरू सजिलै विषयवस्तुलाई बुझ्छन् । यदि यसो भयो भने शतप्रतिशत विद्यार्थी सफल हुन्छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : आऔं मिलेर केटाकेटीहरूलाई सफल बनाऔं
आऔं मिलेर केटाकेटीहरूलाई सफल बनाऔं
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg7fNapZYuLbVy8_iQBIYT82XwfYw6FyBKiD7abiuSTluAn2zDuvebGkiSE29mOSxRX0EsQx6iXO9v6qgjBobSv4zW-x6gh4Vf35a5DjHkNbkbpuZU0OqOoj3s0CDQEhKQY015FLLhT0tOU/s200/anant+lal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg7fNapZYuLbVy8_iQBIYT82XwfYw6FyBKiD7abiuSTluAn2zDuvebGkiSE29mOSxRX0EsQx6iXO9v6qgjBobSv4zW-x6gh4Vf35a5DjHkNbkbpuZU0OqOoj3s0CDQEhKQY015FLLhT0tOU/s72-c/anant+lal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/07/blog-post_932.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/07/blog-post_932.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy