विनोद गुप्ता
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अनुमान अनुसार सन् २०३० सम्म विश्वव्यापी श्रमिक उत्पादकत्वको रूपमा २ ट्रिलियन अमेरिकी डलर बराबरको नोक्सानी हुनेछ । यसको कारण विश्वको बढ्दो तापक्रम अर्थात् ग्लोबल वार्मिङलाई बताइँदैछ । भारतको २८३ वटा मौसमी केन्द्रहरूबाट लिइएको तथ्याङ्क अनुसार सन् १९५१ देखि २०१० सम्मको प्रत्येक दशकमा दिल्लीको तापक्रम मानक
(ज्भबत क्ष्लमभह) गर्मीमा ०.६ सेल्सियम र वर्षायाममा ०.५५ सेल्सियसले बढिरहेको पाइएको छ । त्यसैगरी भारतकै हैदराबादको तापक्रम मानक सन् १९५१ देखि २०१० सम्म प्रतिदशक ०.६९ डिग्री सेस्लियसले बढिरहेको पाइएको छ । हुनेखाने अर्थात् धनाढ्य वर्गले कार्यालय, घर, गाडीमा वातानुकूलन प्रणाली प्रयोग गरेर यसबाट त्राण पाउँछन् तर यसबाट निस्किने तातो हावा फेरि वायुमण्डलमैं गइरहेको हुन्छ र यसको प्रभाव फेरि मध्यम र न्यून आय वर्गलाई नै परिरहेको हुन्छ । यसप्रकार बढिरहेको तापक्रमले मध्यम र न्यून आयवर्गका श्रमिक र कार्मिकहरूको स्वास्थ्यमा जोखिम थपेर उनीहरूको जीविकोपार्जनमा प्रतिकूल असर पारिरहेको छ । दक्षिण एसियाको मौसमी अध्ययनले यसरी ठूला–ठूला शहरहरूमा यही गतिले तापक्रम बढ्दै गरेमा यस शताब्दीको अन्त्यसम्म बढीमा ६ घण्टासम्म वाह्य वातावरणमा काम गर्ने मान्छेहरू बाँच्ने छैनन् । भारतकै विपद व्यवस्थापन संस्थाको एउटा अध्ययनले अहमदाबादको पश्चिमी भागमा मे २०१० मा तापक्रम ४८ डिग्री सेल्सियस पुग्दा त्यहाँको मृत्युदर अघिल्लो वर्षको त्यही अवधिको तुलनामा ४३ प्रतिशतले बढेको प्रकाशित गरेको छ ।
भनिन्छ ग्लोबल वार्मिड्ढो एउटा महŒवपूर्ण कारण कोइलाको प्रयोग पनि हो । अहिले सम्पूर्ण विश्वकै दुई तिहाईभन्दा बढी विद्युत्शक्ति कोइलाबाट र २७ प्रतिशत आणविक एवं जलस्रोतबाट र ९.८ प्रतिशत सौर्य र वायु तथा अन्य स्रोतबाट उत्पादन हुन्छ । अर्कोतर्पm ऊर्जा र गरिबीबीच अत्यन्तै नजिकको सम्बन्ध देखिएको छ । बङ्गलादेशमा गरिएको एक अध्ययनबाट ग्रीड विद्युत् जडित परिवारको आम्दानी २१ प्रतिशतले बढेर उनीहरूको गरिबीमा १.५ प्रतिशत प्रतिवर्ष ¥हास आएको देखिएको छ भने सोलार प्यानल जडान गरेर विद्युतीकरण गरिएको परिवारको एक अध्ययनले यसबाट औसतमा एउटा व्यक्तिले वर्षमा १७० प्धज ऊर्जा प्राप्त गर्ने गरेको र यसबाट बत्ती बाल्ने र मोबाइल चार्ज गर्ने भन्दा बढी सहयोग नपुग्ने भएकोले उनीहरूको आय पनि नबढेको र गरिबी समेत नघटेको तथ्य सार्वजनिक भएको छ ।
दुवै अध्ययनलाई हेर्दा अब गरिबहरूको आयआर्जन बढाउन सामान्य जीवनशैली दिनुपर्ने र यसको लागि ऊर्जाको गरिबीसँग लडाई गर्नुपर्ने हुन्छ । सफा ऊर्जाको उत्पादन बढाएर उद्यFेगीकरण र उच्च आय वर्गको जीवनशैली धान्न सकिंदैन भने भूमिगत स्रोतको उपयोग गरेर वातावरण जोगाउन सकिने अवस्था छैन । लाग्छ यो लडाइँ अनवरत चलिरहनेछ ।
यही सन्दर्भमा अब नेपालको कुरा गरौं । हिट इन्डेक्सको अध्ययन हाम्रो मौसम विभागले गरे–नगरेको थाहा छैन तर यस्ता तथ्याहरू नेपालमा आजसम्म प्रकाशित भएको जानकारी छैन । तथापि नेपालको शहरी क्षेत्रको तापक्रम क्रमशः बढिरहेको छ यो किटानसाथ भन्न सकिन्छ । वीरगंजमै दशैंको घटस्थापना आउँदाआउँदै गरिबको बच्चाले ‘गाँती’ बाँध्न शुरु गर्ने र हुनेहरूले हाफ स्वेटर लगाउन शुरु गरेर छठघाट जाँदासम्म त सुट वा चादर नै ओढेर जानुपर्ने स्थिति आज नभएबाट पनि नेपालमा पनि ग्लोबल वार्मिड्ढो असर परिरहेको मान्न सकिन्छ । २४–२५ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको यो देशमा तापक्रम बढेर कति उत्पादकत्व घट्छ वा तापक्रम, खासगरेर तराई क्षेत्रमा बढ्दा मृत्युदर कति प्रतिशतले बढ्दो रहेछ भनेर अध्ययन गर्ने कुनै निकाय होला जस्तो लाग्दैन ।
तथापि हामी भाग्यमानी के मानेमा छौं भने हामीकहाँ Fयककष् िFगभ िआधारित विद्युत् गृहहरू छैनन् । तथापि इन्धनको बढ्दो प्रयोगले भने वातावरणलाई असर पारिरहेको छ । भनिन्छ हाम्रो कुल निर्यातभन्दा बढीको हामी इन्धन नै आयात गरिरहेका छौं । वातावरण परिवर्तनको अर्को कारण वन जङ्गलको विनाशलाई पनि मानिएको छ । हरियो वन नेपालको धनबाट अब हामी बर्सेनि १०–१५ अर्बको काठ आयात गर्ने अवस्थामा पुगिसक्यौं । नेपालको तापक्रम बढ्नुको पछाडिको मुख्य कारण नै वनजङ्गलको विनाश हो । यसको ज्वलन्त उदाहरण त चारकोसे झाडी नै हो । मानव बस्ती विस्तार, मध्य पहाडी लोकमार्ग, उच्च पहाडी राजमार्गको परिकल्पना, पूर्व–पश्चिम रेलमार्गजस्ता योजनाहरूले यो जोखिम दिन प्रतिदिन बढ्दो छ । केही वर्ष पहिले अर्थात् २०४६–४७ सालसम्म नेपालको वनक्षेत्र कुल भूभागको नेपाली तथ्याङ्क २२ प्रतिशत रहेको बेला अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले १९ प्रतिशत मान्दै आएका थिए भने नेकपाका पूर्व प्रम झलनाथ खनाल २०४६ सालको मन्त्रिमण्डलमा वनमन्त्री हुँदा वनजङ्गल २९ प्रतिशत र घना जङ्गल ३ प्रतिशत मात्र छ भनेको सम्झना छ । आज नेपालमा ४५ प्रतिशत वन क्षेत्र भएको भनिंदैछ भने चुरे संरक्षण योजना चलाउनुप¥यो ?
किन नेपालको वातावरणमा पानी पहिलेजस्तो पर्दैन र किन दशैं लाग्नासाथ जाडो आउँदैन भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने हुन्छ । हामीले पाउने यसको रेडिमेड जवाफ हुन्छ आकाशले देशको सीमा मान्दैन । भारतको बढ्दो उद्योगीकरणको प्रभाव नेपालमा परिरहेको छ, भर्खरै भारतको धूलो उडेर आएकोले नेपालमा हिले वर्षा भयो । तर यहाँनेर सम्झनुपर्ने कुरा के छ भने नेपालसँग सीमा जोडिएको बिहार औद्योगिकरूपमा विकसित छैन र उत्तरतर्पm हिमाल वा सगरमाथा नै अत्यन्त नजिक भए पनि जाडोको अवधि किन छोटिंदैछ ?
भन्नुको तात्पर्य के हो भने झारा टार्ने अवस्था अब नेपालको छैन । गरिब देशको गरिब जनता अब बढ्दो तापक्रमको मारले पनि डिहाइडे«शन, हिट स्ट्रोकको कारणले काम गर्न नसक्ने भएमा उनीहरूको जीविकोपार्जन कसरी होला ? यस प्रश्नलाई गम्भीरताका साथ नलिई अगाडि बढेमा गरिब र धनीबीचको खाडल झन् बढ्ने र यसबाट सामाजिक विभेद बढ्दै गएर द्वन्द्व सिर्जनाको अवस्थामा नयाँ कारण थपिन सक्छ ।
यो लेख लेख्दालेख्दै साउन चार गतेको प्रतीकमा ‘कार्बन व्यापारबाट नेपाल पाँच अर्ब आम्दानी गर्दै’ शीर्षकको समाचार प्रकाशित भएको छ । यस समाचार अनुसार वन तथा वातावरण मन्त्रालयले २०१४ सम्ममा तराईका बारा, रौतहट, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको जङ्गलमा विभिन्न कार्यक्रम सञ्चालन गरी २०२८ सम्म एक करोड मेट्रिक टन कार्बन सञ्चिति बढाइनेछ र यसबापत् ५ डलर प्रतिटनको हिसाबले नेपालले भुक्तानी पाउनेछ । यो कार्यक्रम सफल भए पक्कै पनि नेपालमा ग्रीन हाउस इफेक्टको कारण बढिरहेको वातावरणीय तापक्रमको वृद्धिदर घट्ने र वर्षा राम्रो हुने अपेक्षा गर्न सकिन्छ । रूख बिरुवाहरूले वातावरणमा भएको कार्बन डाइआक्साइड ग्रहण गर्ने र आक्सिजन बाह्य वातावरणमा पठाउने गर्दछ । वायुमण्डलमा कार्बन डाइआक्साइडको मात्रा बढ्दा यसले सौर्य तापलाई सोस्ने र पछि रेडिएशन प्रक्रियाबाट वायुमण्डलमा छाड्ने भएकोले कार्बन डाइआक्साइडको वायुमण्डलमा बढ्दो परिमाणसँगै तापक्रम बढ्ने मान्यता छ । यसै प्रक्रियालाई ग्रीन हाउस इफेक्ट भनिन्छ । तर प्रचुर मात्रामा वनजङ्गलको संरक्षण गर्न सकिए कार्बन डाइआक्साइडको भण्डारण क्षमता वृद्धि हुन्छ र वायुमण्डलीय कार्बन डाइआक्साइडको परिणाम घटे अनुसार तापक्रम पनि न्यून हुन्छ । अपेक्ष्Fा र प्रार्थना गरौं यस्तै होस् । यस्तो भएन भने गरिब मर्ने एउटा नयाँ कारण फेला परेको भनेर गर्व त पक्कै गर्न नसकिएला ।