प्रस, वीरगंज, १४ साउन/
वीरगंज महानगरपालिका र वीरगंज उद्योग वाणिज्य सङ्घलगायत विषयगत संस्थाहरूबीच आज भएको करवृद्धि सम्बन्धी वार्तामा समझदारी भएको छ ।
वीरगंज महानगरपालिकामा भएको वार्तामा मेयर विजय सरावगीले वीरगंज उद्योग वाणिज्य सङ्घलगायत विषयगत संस्थाहरूले प्रस्तुत गरेको ज्ञापन सम्बन्धमा नगरसभाबाट पारित आर्थिक ऐनमा एकीकृत सम्पत्ति करको विषयमा मालपोत कार्यालय, पर्साले कायम गरेको मूल्याङ्कनलाई आधार मानेर संशोधन गर्ने कुरा बोर्ड बैठकमा छलफलका लागि प्रस्तावको रूपमा लग्ने निर्णय भएर वार्ता सकिएको छ ।
मेयर सरावगीले ज्ञापनपत्र र छलफलमा उठेका कुराहरूमध्ये सङ्घले एकीकृत सम्पत्ति कर सम्बन्धमा मालपोत र महानगरको मूल्याङ्कन भिन्न भएको जिकिर गरेको बताए । उनले वार्तामा कबाडीकर खारेजीको माग गरिएको र सबै माग उद्योग वाणिज्य सङ्घले लिखितरूपमा प्रस्तुत गरेको खण्डमा महानगरपालिका र कार्यपालिकाको बोर्ड बैठकमा छलफलका लागि प्रस्ताव लग्ने सहमति भएको बताए । वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले ज्ञापनपत्रमा प्रस्तुत गरिएबमोजिम एकीकृत सम्पत्ति कर, कबाडीकर, सवारीकरजस्ता विषयगत सङ्घसंस्थासँग आबद्ध मागहरू छलफलमा उठाइएको बताएका छन् ।
आज दुई पक्षबीच सम्पन्न वार्तामा खासै प्रगति नभएको सहभागीहरूले बताएका छन् । महानगरपालिकाले करवृद्धि सम्बन्धमा स्पष्ट जवाफ नदिएको र निर्णय पनि नगरेको कारण उसको आश्वासनमा आश्वस्त हुन सकिने अवस्था नरहेको वार्तामा सहभागी विषयगत सङ्घसंस्थाका प्रतिनिधिले बताए ।
यसैबीच राजपा पर्साका संयोजक प्रेमबाबू पटेलले पत्रकार सम्मेलन गरेर महानगरले वृद्धि गरेको करको विरोध गरेका छन् । पत्रकार महासङ्घ, पर्सामा आयोजित पत्रकार सम्मेलनमा संयोजक पटेलले विभिन्न शीर्षकमा भएको करवृद्धिप्रति राजपाको विरोध रहेको र अविलम्ब वृद्धि गरिएको कर खारेज हुनुपर्ने माग गरे । उनले मागलाई बेवास्ता गरिए मेयरको विरोधमा कडा आन्दोलन गर्ने चेतावनी पनि दिए ।
पत्रकार सम्मेलनमा राजपाका महासचिव राजेशमान सिंह, शिव पटेल, सहमहासचिव निजामुद्दीन समानीलगायतको सहभागिता थियो ।