सोमवार वीउवासङ्घ र महानगरपालिकाबीच वार्ता
वीउवासङ्घ र महानगरबीच करवृद्धि सम्बन्धमा वार्ता हुने भएको छ ।
आज उद्योग वाणिज्य वाणिज्य सङ्घको अगुवाइमा वस्तुगत सङ्घसंस्थाहरू सम्मिलित बैठकले महानगरसँग वार्ता गर्ने निर्णय गरेको वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले बताए ।
बैठकपछि मेयर सरावगीले साउन १४ गते १० बजे महानगरपालिकामा वार्ता गर्ने समय दिएका छन् । वार्ताबाट समस्याको समाधान हुने विश्वास राखिएको र नभए आन्दोलनको विकल्प नरहने वीउवासङ्घका अध्यक्ष शर्माले बताए ।
प्रस, वीरगंज, १३ साउन/
वीरगंज उद्योग वाणिज्य सङ्घको आह्वानमा वीरगंज महानगरपालिकाले गरेको करवृद्धिको विरोधमा आज व्यापक प्रदर्शन भएको छ ।
घण्टाघरबाट निस्केको विरोध जुलुस महानगरपालिकाको गेटमा गएर मेयर विजय सरावगीलाई ज्ञापन बुझाएर समापन भएको थियो । वीरगंज उद्योग वाणिज्य सङ्घलगायत विभिन्न सङ्घसंसथाको सहभागितामा निस्केको जुलुसमा ब्यानर, प्लेकार्डसहित सहभागीहरूले कबाडी कर खारेज गर्न माग गरेका थिए भने महानगरले सबै करहरूमा गरेको व्यापक वृद्धिको विरोध गर्दै खारेज गर्न माग गरेका थिए ।
घरजग्गा, सवारी, कबाडी करलगायत शीर्षकमा महानगरपालिकाले १ हजार प्रतिशत कर वृद्धि गरेको भन्दै सहभागीहरूले खारेज गर्न माग गरे । वीरगंज महानगरका मेयर विजय सरावगीले मूलगेटमा आएर प्रदर्शनकारीहरूले बुझाएको ज्ञापन बुझेका थिए । उनले ज्ञापन बुझ्दै कर सम्बन्धमा असमझदारी देखिएकोले वार्ताको लागि तयार रहेको बताए । उनले यस अघि पनि वार्ताको लागि वीउवासङ्घलाई डाकेको तर नआएको दोषारोपण गरे । मेयर सरावगीले करवृद्धि सम्बन्धमा बढेको असमझदारी छलफल र वार्ताबाट चित्त बुझाउन सक्ने दाबी गरे । करवृद्धि सम्बन्धमा सबैखाले संवाद र वार्ताको लागि तयार रहेको र वार्तामा सहभागी हुन वीउवासङ्घलगायत आन्दोलनकारी संस्थाहरूसँग आग्रह गरे ।
वीउवासङ्घका अध्यक्ष्F ओमप्रकाश शर्मा र वरिष्ठ उपाध्यक्ष्F गोपाल केडियाले मेयर सरावगीलाई ज्ञापन बुझाएका थिए । अध्यक्ष्F शर्माले मेयर सरावगीले वार्ताको लागि बोलाएको कुरा भूmटो भएको प्रतीकलाई बताए । अध्यक्ष्F शर्माले वीरगंज महानगरले सङ्घको पदाधिकारी सदस्यहरूसँग कुनै छलफल नगरेको बताउँदै सङ्घका एकजना कर्मचारीसँग करवृद्धि बैठकमा हस्ताक्षर गराएको बुझिएको बताउँदै त्यसरी सहभागिता जनाउने कर्मचारीलाई बर्खास्त गर्ने जनाए ।
अध्यक्ष्F शर्माले मेयर सरावगीको वार्ता प्रस्तावलाई स्विकारेको र यस विषयमा आन्दोलनरत सबै सङ्घसंस्थाहरूसँग छलफल गरेर वार्तामा सहभागी हुने बताएका छन् । अध्यक्ष्F शर्माले वीउवासङ्घको आह्वानमा आज एक दिने प्रदर्शन भएको र वार्ता संवादबाट समस्याको टुङ्गो नलागे आगामी कार्यक्रमहरू सबैको सहमति, सहकार्यमा तय गरिने बताएका छन् ।