प्रस, पोखरिया, १४ साउन/
पोखरिया नगरपालिकामा सिनियर अहेब र एचएबीच विवाद शुरु भएको छ ।
सरकारले सिनियर अहेबको स्तरोन्नति गर्दै छैठौं श्रेणीको दर्जा दिएको तर अध्ययनको हिसाबले एचए पाँचौं तहमा भए पनि उनीहरूलाई नै स्वास्थ्य संस्थाको प्रमुख बनाउने निर्णय गरेको सन्दर्भमा यस अघि देशव्यापी विरोध भएको थियो । त्यही अवस्था अहिले पोखरियामा पाइएको छ ।
पोनपा–३ वसन्तपुरका वडाध्यक्ष अजय साह कलवारले आयोजना गरेको स्वास्थ्यचौकीसम्बन्धी भेलामा सिनियर अहेबलाई प्रमुख बनाउने निर्णय भएको थियो । सोको विरोधमा एचए अनिल यादवले पोनपा र जिप्रका, पर्सामा उजुरी गरेका थिए । उनले सरकारी निर्णय अनुरूप एचएहरू नै स्वास्थ्य चौकीको प्रमुख हुनुपर्ने माग राखेका थिए । तर त्यो कुराको सुनवाइ भएन ।
अहिले साउन ९ गते पोखरिया नपाले आपूm अन्तर्गतको पाँचवटा स्वास्थ्य चौकीको प्रमुख सिनियर अहेबलाई तोकेपछि एचएहरूले विरोध गरेका छन् । उनीहरूले आज उपमेयर सलमा खातुनलाई सरकारी निर्णय र कानूनमा भएको व्यवस्थाबारे जानकारी गराउँदै नियम उल्लङ्घन नगर्न सुझाव दिएका थिए ।
उपमेयर खातुनले नियमसङ्गत काम हुने कुरामा विश्वस्त हुन आश्वासन दिएकी थिइन् । उनले नियम परिधिभन्दा बाहिर गएर कुनै काम नगर्ने र त्रुटि भएमा सच्याउने आश्वासन दिएकी छन् ।