प्रमोद यादव, रङ्गपुर, १६ असार/
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको आयोजनामा जनगुनासो कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
गापाको वडा नं ३ मा रहेको नेराप्रावि महेन्द्रपुरमा आयोजित जनगुनासो कार्यक्रममा सहभागी ललिता देवी, इजहार मियाँ, असरफ मियाँ, जाकिर हुसेन चुरिहारले मकवानपुरमा निर्बाधरूपले गाँजाखेती हुने र पर्सा जिल्ला भएर गाँजा तथा चरेस भारत पु¥याउने काम भइरहेकोमा प्रहरी त्यसको मूकदर्शक मात्र भइरहेको आरोप लगाएका थिए ।
उनीहरूले बरामद गाँजाको मुचुल्का उठाउने बेलामा पनि गलत नियत राखी निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने काम भइरहेको आरोप लगाएका थिए ।
यसैगरी, उनीहरूले सामाजिक अपराधका घटनाहरूमा वृद्धि भइरहेको र त्यसको प्रमुख कारण अवैध मदिराभट्टी सञ्चालनमा रहनु बताएका थिए । उनीहरूले प्रहरीले त्यस्ता भट्टीहरू नष्ट गर्नुपर्ने र मदिरासेवन गरेर सामाजिक वातावरण दूषित पार्नेहरूविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका थिए । यसैगरी, जङ्गल सीमासँग जोडिएका गाउँहरूमा जङ्गली जनावरले दिने दुःख सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने माग गरे ।
कार्यक्रमका प्रमुख अतिथि जिप्रका पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले केही खराब प्रवृत्तिका मानिसहरूको कारण शान्ति सुरक्षामा असर परिरहेको बताउँदै त्यस्ता प्रवृत्तिका मानिसहरूको पहिचान गरेर कारबाई गर्ने प्रतिबद्धता जाहेर गरे । उनले प्रहरी अनुसन्धान गलत ढङ्गबाट भएको छ भने त्यसको निर्धक्क प्रतिवाद गर्न सुझाव दिए । उनले गलतलाई गलत भन्न सक्ने अवस्थाको सृजना गर्न प्रहरी प्रतिबद्ध रहेको दाबी गरे । कुनै पनि कारणले सामाजिक अपराध वृद्धि हुनेतर्पm आपूm विशेष सचेत रहेको र यस कार्यमा सबैको सहयोग आवश्यक हुने उनले बताए । उनले गलत गर्नेलाई उम्काउने र सही गर्नेलाई फसाउने कार्य कुनै प्रहरीले गरेको छ भने सीधा आपूmलाई सूचना दिन सुझाव दिंदै अनुसन्धानमा दोषी देखिए त्यस्ता प्रहरीलाई कारबाई गर्ने बताए ।
वडाध्यक्ष्F विजय गैरेले प्रहरीले राम्रोसँग अनुसन्धान गरेर कारबाई प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव दिए । अर्का वडाध्यक्ष्F मोतीलाल साहले काठ तस्करी रोक्न प्रहरी असमर्थ रहेको गुनासो गरे । उनले प्रहरीकै संरक्षणमा काठ तस्करी भइरहेको आरोप लगाए ।
गापा उपाध्यक्ष्F ममता महतोले प्रहरीले शान्ति सुरक्षाको सवालमा सन्तोषजनक काम नगरेको र आगामी दिनमा प्रहरीले आप्mना गल्तीहरूलाई नसच्याउने हो भने प्रहरीप्रतिको जनविश्वास गुम्न सक्ने चेतावनी दिइन् ।
गापा अध्यक्ष हरिनारायण चौधरीको अध्यक्ष्Fतामा भएको कार्यक्रमको सहजीकरण प्रहरी निरीक्षक आशीष अधिकारीले गरेका थिए ।