प्रस, रौतहट, १५ असार/
प्रहरीको जवाफी फायरिङमा एकजनाको मृत्यु भएको छ ।
विगत केही दिनदेखि राजदेवी नपा–४ गडहियास्थित बागमती नदीको बाँधमा अपरिचित व्यक्तिहरू हातहतियारसहित शङ्कास्पद तरिकाले ओहोरदोहोर गर्ने गरेको सूचनाको आधारमा राति चेकजाँचको लागि खटिएको प्रहरी टोलीले भारतीय नं. प्लेटको मोटरसाइकल चेकजाँच गर्नेक्रममा मोटरसाइकलमा सवार व्यक्तिले एक्कासि प्रहरीतर्पm अत्याधुनिक हतियारबाट फायरिङ गरेपछि प्रहरीको जवाफी कारबाहीमा गोली लागी दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बिहीवार राति करिब १० बजे नाम, थर, वतन नखुलेका अन्दाजी २५ र २६ वर्षका दुईजना पुरुष सो कारबाहीमा घाइते भएका प्रहरीले जनाएको छ । अन्य दुईजना भने गोली फायरिङ गर्दै भारतको सीमातर्फ भागेको जिप्रका गौरले जनाएको छ ।
घटनास्थलबाट दुईजना घाइतेलाई गौर अस्पतालमा पठाइएकोमा उपचारको क्रममा ११ः५० बजे एकजना घाइतेको मृत्यु भएको थियो ।
घटनास्थलबाट अत्याधुनिक हतियार १ थान, सोको गोली ४ थान, सो हतियारबाट फायर भएको गोलीका २ थान खोका बरामद भएको प्रहरीले जनाएको छ । मृतकको लाश जिल्ला अस्पताल गौरमा रहेको तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए ।