प्रस, वीरगंज, १३ असार/
वीरगंज महानगरका मेयर विजय सरावगीले वातावरण संरक्षणका लागि औद्योगिक प्रतिष्ठानको खाली जग्गामा अनिवार्य वृक्षरोपण गर्न उद्योग वाणिज्य सङ्घले पहल गर्नुपर्ने र त्यसका लागि महानगर सहकार्य गर्न तयार रहेको बताएका छन् ।
वातावरण विभाग काठमाडौं र वीउवासङ्घको आयोजनामा सङ्घको सभाकक्षमा आज आयोजित वातावरण प्रदूषण नियन्त्रणसम्बन्धी अन्तत्र्रिmयामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मेयर सरावगीले जग्गा खाली राख्नेलाई महानगरले दुई सय प्रतिशतसम्म जरिवाना कर लिने व्यवस्था गरेको र आप्mना औद्योगिक प्रतिष्ठानको खाली जग्गामा वृक्षरोपण गर्नेहरूलाई प्रोत्साहनको व्यवस्था गरिएको बताए ।
वातावरण विभागका निरीक्ष्Fक निर्मल चौधरीले अन्तत्र्रिmयामा वातावरण संरक्षण ऐन, नियम, कानूनबारे कार्यपत्र प्रस्तुत गरेका थिए । अर्काे कार्यपत्र विभागका रसायनविद् केशव पौडेलले प्रदूषणको स्रोत, असर, प्रभाव तथा न्यूनीकरणको विषयमा प्रस्तुत गरेका थिए ।
कार्यक्रमका अध्यक्ष ओमप्रकाश शर्माले वातावरणजस्तो संवेदनशील विषयमा सबैको सहकार्य आवश्यक भएको बताए । उनले वातावरणको मुद्दा अहिलेको परिवेशमा गम्भीर भएकोले यसतर्पm सबैलाई सचेत हुन आग्रह गरे । उनले बस्ती विकास, पूर्वाधार विकासको नाममा भइरहेको जङ्गल फडानी रोक्नुपर्ने माग गरे । वातावरण जोगाउन सबैलाई वृक्षरोपण गर्न पनि उनले सुझाव दिए ।
अन्तत्र्रिmयामा पर्साका वन अधिकृत राजेश्वरमान श्रेष्ठ, श्रम अधिकृत राधेश्याम झा, वीउवासङ्घका माधव राजपाल, मनोज दास, आशीष लाठ, प्रेमचन्द्र गोयललगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण वीउवासङ्घका मनोज उपाध्यायले गरेका थिए ।