स्थानीय तह अन्तर्गतको महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिहरूले आप्mनो क्षेत्रको विकास भन्दा बढी आप्mनो सेवा र सुविधाका कुरा प्राथमिकतामा राखेर काम गरिरहेका छन् । नपुग एक वर्ष पहिले निर्वाचनमा वडा सदस्य, वडाध्यक्ष, उपमेयर, मेयरहरूले जनताको घरदैलोमा पुगेर विकास गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । विभिन्न राजनीतिक दलसँग आबद्ध उनीहरूको पार्टीले पनि छुट्टाछुट्टै घोषणापत्र जारी गर्दै विभिन्न वाचाबन्धनको घोषणा गरेको थियो । अहिले ती घोषणापत्रहरूलाई नियाल्ने हो भने उनीहरूले गरेको वाचा अनुरूपको १० प्रतिशत पनि काम भएको छैन अनि ती घोषणापत्र अनुरूपको काम गर्ने पहल पनि भएको देखिदैंन । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको परिपत्र अनुसार असार १० गतेसम्म सबै स्थानीय तहले आप्mनो नगर, गाउँसभा गरिसक्नुपर्ने हो । तर त्यतिखेर पनि ७० प्रतिशतले मात्र सभा घोषणा गरेका थिए भने अन्यले अहिलेसम्म गर्न सकेका छैनन्, अनि केही अहिले पनि गर्ने तयारीमा छन् । सभा गर्न नसक्नु अथवा ढिला हुनुको प्रमुख कारण भने वडासदस्य, वडाध्यक्षहरूको सेवा सुविधाको माग नै रहेको पाइएको छ ।
स्थानीय तहमा जितेर आएपछि मेयर, उपमेयरले आप्mनो प्रयोगका लागि महँगा गाडी खरिद गरे, केहीले भाडामा लिएर पनि प्रयोग गरिरहेका छन् । जितेर आउन पाएको छैन, महँगा गाडीको प्रयोग गरेपछि आँखा त लाग्ने नै भयो । मेयर, उपमेयरले त्यसरी गरेपछि वडाध्यक्ष र वडासदस्यहरूले पनि त्यसको सिको नगर्ने कुरो पनि हुन्न । त्यसैले नगरसभाभन्दा उपयुक्त अवसर गुमाउन नचाहेका उनीहरूले अवसरको फाइदा उठाउँदै विभिन्न मागहरू तेस्र्याएका छन् । उनीहरूको माग पूरा गरेको स्थानीय तहको सभा सफल भएको छ भने नगर्ने वीरगंज महानगरपालिकाजस्तोको स्थगित छ । अहिले पनि वीरगंज महानगरपालिकाको कुरो मिलिसकेको छैन । नमिल्नेमा राजनीतिक आस्था थोरै छ, व्यक्तिगत स्वार्थको कुरा बढी छ । स्वार्थमा सबैको मत जोडिनु स्वाभाविक हो । किनभने आपूm माथिकाले स्वार्थलाई त्यागेर महानगरपालिकाको हितमा काम गरेको अनुभूति उनीहरूले पाउन सकेका छैनन् । आपूm सबै सेवा सुविधाबाट भरिभराउ हुने, अरूलाई उपवास बस भन्ने उपदेश दिन खोजे विद्रोह त हुन्छ नै । यसो भन्नुको आशय फेरि विकृति मौलाउन दिनुपर्छ भन्ने पक्कै होइन । भोजपुरी उखान छ–रोपब बबुल त आप कहाँ से मिली अर्थात् जे चीजको बिरुवा रोपेको हुन्छ, त्यसैको फल पाइन्छ । राम्रो कुराको प्रतिफल खोज्नेले सोही अनुरूपको काम गरेर देखाउन सक्नुपर्छ । यसैले चुनावमा देखाएको ठूला–ठूला सपना पूरा गर्न नसकेपनि यथार्थमा त्यसका लागि पहल गरेको अनुभूति देखाउँदै सोही अनुरूप काम गर्दै जाने हो भने आगामी दिनमा यस्ता खाले सेवा सुविधाको स्वार्थी माग हावी हुन सक्दैन ।
हुनत नेपालमा राजनीतिलाई पनि पेशा चलन छ । पेशा भनेको व्यवसाय । जसले राजनीतिलाई पेशा मान्छ, उसका लागि राजनीतिक पद भनेको कमाइ गर्ने ठाउँ हो । यसमा जनसामान्यको पनि विमति देखिन्न । चुनाव जित्न पैसा खर्च गरेको छ, जितेपछि प्रतिफल खोज्छ भन्ने आम मान्यता छ । त्यसैले पदमा बसेपछि सबै पहिले लगानी निकाल्ने, अनि नाफा खोज्ने, त्यसपछि मात्र सेवा गर्ने मानसिकता पालेर बसेका छन् । सेवा यिनका लागि तेस्रो प्राथमिकताको कुरा हुन गएको छ । अनि त समाजमा अव्यवस्था जन्मिन्छ १