मुकुन्द आचार्य
भन्छन्, कुरो र कुलो जता लगायो उतै जान्छ । हो पनि, हाम्रा नेता भनाउँदाहरूले हालसम्म देशमा आवश्यक मात्रामा कुलो बनाउन नसके पनि कुरो मात्रै बनाएर भएपनि टन्न घिचिरहेकै छन्, कानून मिचिरहेकै छन्, विश्वमा नेपालको नाम हसाइरहेकै छन् ।
अचेल शहर, गाउँका सबै बजारमा आँपको बहार छ । सबै सानाठूला ग्राहक आँपकै वरिपरि झुम्मिन्छन् । रङ्गीचङ्गी आँप हेर्न र किन्ने दुवैथरीका ग्राहकको चाँप यो मौसमी प्रदर्शनी भव्यरूपमा चलिरहेको छ । साँच्चै भन्ने हो भने विश्वकप पूmटबल प्रतियोगितापछि मान्छेलाई आकर्षित पार्ने आँपकै सौन्दर्यले हो ।
फलहरूको राजा कहलिएको आँप पनि गजक्क परेर, महँगो भएर, सबैलाई लोभ्याएर, सिङ्गारिएर बसेका हुन्छन्, फेसन शोमा कम्मरमुनिको मांसल भागलाई विशेष पारामा तलमाथि पारेर हिंड्ने सुन्दरीहरूभैंm । आँपको पनि तोलमोल भइरहेकै हुन्छ ।
यस्तो वातावरणमा ससाना भुराभुरीलाई मन थाम्नै गा¥हो । उता पुत्रको र आप्mनो पाकेटको भलो चिताउने पिताश्री प्रिय पुत्रश्रीलाई सम्झाउँदै थिए, बाबु १ यी आँपहरू हैन साँपहरू हुन् । यिनले टोकेको थाहै हुँदैन ।
कलियुगी छोरा, सितिमिति मान्थ्यो र १ भन्यो, सबै धमाधम किन्दै थिए । कति त त्यही रमाइरमाइ खाँदै थिए । तिनलाई क्यै भएन त १ हामी पनि किनौं न ।
पिताले विशेषाधिकार प्रयोग गरे, हेर बेटा १ यी आँप हैनन्, साँप हुन्, साँप १ साँप पनि विषालु हुन्छ, अचेलको आँप साँपभन्दा बढी विषालु हुन्छ ।
छोराले जिद्दी छाडेन, बुबा १ आँप कसरी साँप हुन्छ ?
पिताले सम्झाउने मौका छोपे, गुण्डाले चुनाउ लडेभैंm कुरोको चुरो के भने, अनेकथरी हानिकारक रसायन हालेर आँप र अन्य फल प्राकृतिक समयभन्दा धेरै पहिले बजारमा ल्याएर मनपर्दो भाउमा बेच्छन् । ती रसायन मानव शरीरका लागि घातक विष हुन्छन्, यस्तो विषले बिस्तारै मार्छ । चटपट मर्न पनि दिंदैन । बिस्तारै गालेर मार्छ ।
छोरोले पत्याएभैंm गरेर भन्यो, त्यसो हो भने त सरकारले साँपको काम गर्ने आँपको बिक्री वितरणमा रोक लाउनुपथ्र्यो नि १ हैन त डैडी ?
सधैं बुबा, बाबा भन्ने छोराले ‘डैडी’ भनेको सुनेर डैडी भित्रभित्रै मख्ख परे । मुहारमा भिन्दै चमक देखियो । भनें, सरकारमा पनि त मान्छे नै हुन्छन् । मान्छेका अनेक कमजोरी हुन्छन् । कारबाई गर्नेको मुखमा मीठो आँप कोचिदियो भने ऊ पनि आँपको मिठासमा झिङ्गा बनेर भुनभुन गर्छ ।
बाउले आँप किनि पो हाल्छ कि भन्ने झिनो आशले छोराले फेरि तर्कको तगारो तेस्र्यायो, पहिलेका मान्छे पनि त आँप खान्थे होलान् नि १? हैन त डैडी ?
खान्थे... तर पहिले पैसाका लागि जे पनि गर्ने चलन थिएन । कानून, नैतिकता, धर्मसँग पनि डराउँथे । यस्तो ज्यानमारा रसायनको प्रयोग कसैले गर्थेन । अब त सबैतिर लूट छ । रामनामको लूट है... । पैसाका लागि जे पनि गर्ने, मर्नु परे पनि मर्ने, आजको युगधर्म नै बनेको छ । भो... यस्तो कुरा तँ बुझ्दैनस् बाबै । जाउँ चाँडै यो साँपघारीबाट ।
तर किन हो, बालक बबुरो छोरो आँपलाई साँप मान्न तयार थिएन । ऊ फर्कीफर्की आँपतिर हेर्दै थियो ।