ई. गोपाल श्रेष्ठ
औद्योगिक शान्ति सबै उद्योगहरूको चाहना र गर्वको कुरा हो भने अशान्ति चुनौती र दुःखद कुरा हो । विगतमा कामदारहरू सङ्गठित हुनुभन्दा पहिले झन्डै झन्डै नोकरचाकरको हैसियतमा थिए भने उद्योगपतिहरू मालिकको हैसियतमा थिए । अहिले ती मालिकहरू रोजगारदाताको हैसियतामा छन् र विगतका नोकर–चाकरहरू कामदार/मजदुरवर्गको हैसियतमा छन् । कामदार/मजदुरवर्गको उद्योगस्तरदेखि राष्ट्रिय/केन्द्रीयस्तरसम्म सङ्गठन छन् । ती सङ्गठनहरू देशको राष्ट्रिय राजनैतिक दलहरूसँग आबद्ध छन् अनि राजनैतिक दलहरूले तिनीहरूलाई संरक्षण तथा संवद्र्धन पनि गरिरहेका छन् । सबै कामदार/मजदुरवर्ग सङ्गठनको केन्द्रीय समन्वय समिति छ । जो कामदार मजदुरवर्गको हितको लागि केन्द्रमा बसेर काम गरिरहेको छ । कामदार/मजदुरवर्गको सङ्गठनजस्तै उद्योगपति–व्यापारीहरूको पनि जिल्ला स्तरीय उद्योग वाणिज्य सङ्घ छ भने केन्द्रीयस्तरमा उद्योग वाणिज्य महासङ्घ छ । हाम्रो देश गणतान्त्रिक भएपछि अहिले प्रत्येक प्रदेशमा प्रादेशिक उद्योग वाणिज्य सङ्घ खोल्ने चलन पनि शुरु भएको छ र प्रदेश नं. २ मा त खोलिसकिएको पनि छ ।
औद्योगिक शान्तिमा उद्योगपतिहरूको चाहना हुनु स्वाभाविक हो तर उद्योगपति वाहेक सरकार, समाज, राजनैतिक दलहरू तथा कामदार/मजदुरवर्गको पनि चाहना हुनु त्यत्तिकै जरुरी छ । उद्योगको शान्तिलाई कुनै पनि पक्षले अशान्तिमा परिणत गर्न सक्छ । राजनैतिक दलहरूले चाहे भने त झन् तुरुन्त औद्योगिक अशान्तिको वातावरण सिर्जना गर्न सक्छन् । समाजले पनि हावा, पानी, ध्वनि प्रदूषण, औद्योगिक फोहरबाट हुने वातावरणीय प्रदूषण, सुरक्षा, रोजगारलगायत विभिन्न बहानामा निहुु खोजी औद्योगिक शान्ति खल्बल्याउन सक्छ । विशेषगरी कामदार/मजदुर नियुक्ति, प्रशासनिक कारबाई, दुर्घटना आदिजस्ता मुद्दामा कामदार/मजदुरवर्ग सङ्गठन, राजनैतिक दल तथा समाजले औद्योगिक अशान्तिको स्थिति सिर्जना गर्न सक्छन् । पारिश्रमिक भुक्तानीलाई लिएर पनि औद्योगिक वातावरण खल्बलिएको प्रशस्त उदाहरण देखिएका छन् । त्यसो त कतिपय उद्योगहरूले श्रम ऐनले तोके बमोजिम कामदार/मजदुरलाई भुक्तानी नदिंदा पनि औद्योगिक वातावरण खल्बलिएको धेरै उदाहरण हामीले देखेसुनेका छौं ।
अहिलेका कामदार/मजदुर विगतका जस्ता केही थाहा नभएको अनपढ गँवार छैनन् । कामदार/मजदुर सङ्गठनहरूले उनीहरूलाई गोष्ठीमा सहभागी गराई अनि बेलाबेलामा तालिम दिई आप्mनो हक अधिकारप्रति सचेत/सजग गराएका छन् । उनीहरू उद्योग सञ्चालनको सिलसिलामा पूँजी, मेसिन/उपकरण, मेनेजमेन्ट आदिजस्तै उद्योगको अभिन्न अङ्ग ठान्छन् र त्यही अनुसारको व्यवहारको आशा गर्छन् । कामदार/मजदुरहरू आपूm अपहेलित भएको सहन सक्दैनन् र धेरैजसो अवस्थामा कामदार/मजदुरवर्गलाई रोजगारदाता तथा औद्योगिक व्यवस्थापन पक्षबाट अपहेलित भएको महसुस हुनु नै औद्योगिक अशान्तिको कारण बन्न सक्छ । उद्योगधन्दा राम्ररी सञ्चालन भई अनवरत नाफा कमाइरहेको अवस्थामा उद्योगले कामदार/मजदुरवर्गलाई उनीहरूको बढ्दो चाहना बमोजिम समयमा बढ्दो पारिश्रमिक भुक्तानी गर्न सक्छ र यस्तो भुक्तानीले औद्योगिक शान्ति कायम गर्न अतुलनीय योगदान प्रदान गर्छ ।
औद्योगिक शान्ति आर्थिक समृद्धिको एउटा आधार हो । औद्योगिक शान्तिको वातावरणमा कायम रहन सके मात्र श्रम सम्बन्ध सुमधुर हुन्छ । सुमधुर श्रम सम्बन्धले नै उत्पादकत्व बढाउँछ, उत्पादित वस्तुको लागत बढाउँछ, उत्पादन गुणस्तरीय बनाउँछ अनि उद्योगलाई सदैव जल्दोबल्दो उत्पादनशील अवस्थामा राख्छ । औद्योगिक शान्ति कायम राख्न सकेमा यसले उद्योगपति/रोजगारदातालाई मात्र फाइदा नभएर श्रमिक, व्यापारी, उपभोक्तावर्ग र सरकारलाई समेत आर्थिकलगायत अन्य कुरामा दृश्य–अदृश्य फाइदा पुग्छ । उद्योगभित्र कामदार/मजदुरवर्ग र रोजगारदाताबीच अनेक किसिमको विवाद, गुनासो/शिकायत, द्वन्द्व भइ नै रहन्छ । यसलाई स्वाभाविकरूपमा लिई औद्योगिक उत्पादन तथा उत्पादकत्वमा नकारात्मक असर पर्न नदिन दुवै पक्ष सचेत भई, कुनै अप्रिय घटना घट्नुपूर्व नै सकारात्मक सोच लिई आवश्यक पहल कदमी गर्नु नै पर्छ ।
अन्यायले नै आन्दोलनको अवस्था सिर्जना गर्ने हो । आन्दोलन भनेको रोजगारदाता र श्रमिक दुवै पक्षले गर्न सक्छ, जुन सरकार, समाज, रोजगारदाता तथा कामदार/मजदुरवर्ग कसैको पनि हितमा छैन । देशमा राजनैतिक सङ्क्रमण र सरकारको अस्थिरता अन्त्य, ऊर्जा सङ्कटको अन्त्य भएसँगै अहिले हाम्रो बारा–पर्सा औद्योगिक करिडरमा शान्तिको पुनःस्थापना भएकोले नयाँनयाँ उद्योगहरू थपिएका छन्, जसले हाम्रो आर्थिक समृद्धिको आभास दिइरहेको छ ।