सञ्जय मित्र
कसैले जीवनको परिभाषा भनेको मान्नु तपाईंको बाध्यता होइन । तपाईंले बाँचेको जीवन नै तपाईंको जीवन हो । तपाईंको भोगाइ नै तपाईंको जीवन हो । जीवन बाँच्ने कला सबैको आआप्mनै हुन्छ, अनुहार आआप्mनो भएजस्तै ।
तपाईंको अनुहार अरू कसैको अनुहारसित मिल्दैन । यसको अर्थ तपाईं संसारमा अरूभन्दा विशिष्ट हुनुहुन्छ । तपाईंको अनुहार विशिष्ट भएजस्तै तपाईंको चिन्तन र व्यवहार पनि अरूसित हुबहु मिल्दैन । तपाईंको जीवनपद्धति र तपाईंको भविष्याशा पनि अरूभन्दा भिन्न नै छन् । यही पार्थक्यको सत्यतामा तपाईंको अस्तित्व छ ।
अस्तित्व पनि क्षणिक र दीर्घकालीन दुवै हुन्छ । अधिकांशले आप्mनो अस्तित्वलाई आपैंmले पहिचान गर्न सकिरहेको हुँदैन । अस्तित्वको पहिचान गर्न नसक्नेहरू अरूको नक्कल वा अनुकरण गर्ने प्रयास गर्दछन् । राम्रोसित अनुकरण गर्नेहरूले पनि आप्mनो पृथक अस्तित्वलाई अरूको सामु प्रस्तुत गर्न सफल हुन्छन् तर अरूको नक्कल गर्ने प्रयास गर्ने तर राम्ररी गर्न नसक्ने वा आप्mनो अस्तित्वलाई पूरै बिर्सेर अर्काको हुनु कसैलाई सुहाउँदैन । यो त आपूmलाई नै बिर्सेको होइन र ? जो आपूmलाई बिर्सन्छन्, उसको अन्य केही पनि बाँकी रहन सक्दैन ।
क्षणिक अस्तित्वको लागि पनि सङ्घर्ष गर्नेहरू छन् । आप्mनो अस्तित्वलाई चिनाउन खोज्नेहरू पनि छन् । आप्mनो अस्तित्वलाई अति मूल्याङ्कन गर्नेहरू पनि नभएका होइनन् । अरूभन्दा आपूmलाई फरक देखाएर र समाजलाई हानि नपु¥याइकन आपूmलाई स्थापित गर्नेहरू पनि छन् । आपूmलाई स्थापित गर्नु भनेको नै आप्mनो अस्तित्वलाई चिनेर त्यसतर्पm अगाडि बढ्नु हो ।
धेरैले आप्mनो जीवन बाँच्नै नपाई अरूका लागि बाँच्न थाल्छन् । हाम्रोजस्तो सामाजिक विकासमा निकै धेरै पछाडि परेको देशका नागरिकले आपूmले राम्ररी आप्mनो खुट्टामा उभिन नपाउँदै उसमाथि आश्रितको सङ्ख्या बढ्न थाल्दछ अर्थात् ऊ बुबा वा आमा बन्दछ । अभिभावक बन्नु भनेको आपूm सँगसँगै अर्काको अस्तित्वलाई पनि लिएर हिंड्नु हो । धेरै ठाउँमा आप्mनो अस्तित्वसित नमिल्ने सम्झौता गर्नु पनि हो । सम्झौताले अगाडि बढ्ने बाटो रोक्दछ । अनि समय बित्दै जाँदा आप्mनो लागि कम र अरूको लागि बढी बाँच्नुपर्ने अवस्थाको सिर्जना हुन्छ । आप्mनोलागि भन्दा अरूको लागि बाँच्ने अवस्थामा आप्mनो अस्तित्व अरूलाई बचाउने बेलाको लागि मात्र हो जस्तो अनुभूति हुन्छ । आप्mनो अस्तित्व नहुँदा ममाथि आश्रितले के गर्लान् भन्ने चिन्ता लाग्दछ ।
हो, धेरैले आप्mनो जीवन आप्mनोलागि बाँचेको हुँदैन । धेरैले अरूको लागि जीवन बाँच्नु नै जीवनको आनन्द हो मान्दछन् ।
एक विद्वानले यसो भनेका छन्– आप्mनोलागि जीवन बाँच्नेहरू सबै हुन्छन्, तर आप्mनोलागि भन्दा समाजको कुनै अन्य क्षेत्रमा जति धेरै आप्mनो जीवनको लगानी कसैले गर्दछन्, उति धेरै उसको जीवन उसको मृत्युपछि बाँकी रहन्छ अर्थात् उसको देहावसानपछि उसलाई सम्झिनेहरू उसको लगानीको आधारमा मात्रै हुन्छन् ।
यसैले जीवन एउटा लगानी पनि हो । आप्mनोलागि, नितान्त आप्mनोलागि र आप्mनो पृथकको लागि जो जति बाँचेको हुन्छ वा जो आप्mनोलागि भन्दा अरूको लागि जति धेरै बाँच्दछ, उति धेरै दिनसम्म ऊ मरेपछि पनि बाँच्दछ ।
आप्mनोलागि बाँच्नेहरू जीवनभर मात्र बाँच्दछन् र अरूको लागि बाँच्नेहरू मृत्युपछि पनि बाँच्दछन् । यसैले यो प्रश्न पनि उठ्दछ– जीवन कसका लागि बाँच्दै हो ?