प्रस, परवानीपुर, १४ जेठ/
सुक्खा बन्दरगाहबाट समान लिएर नेपालको अन्य ठाउँको लागि छुट्ने ट्रकबाट मालसमान हिनामिना हुने गरेको एउटा घटना सार्वजनिक भएको छ । वीरगंजका व्यवसायी सुरेश रूंगटाको मालसामान हिनामिना भएको हो । ड्राईपोर्ट सञ्चालक कम्पनी हिमालयन टर्मिनल प्रालि र ढुवानीकर्ता ट्रक चालकको मिलोमतोमा लाखौको माल हिनामिना गरिएको घटना बारा प्रहरीले पत्ता लगाएको छ ।
बारा प्रहरीले ड्राइपोर्टबाट हिजो पिना लोड गरी छुटेको ना ४ ख ४४९८ र ना. ४ ख ५०९८ नं को दुईवटा ट्रकमा कुखुराको दाना बनाउन भटमासको पिना बोकी विराटनगरको लागि हिडेको थियो ।
एउटा गाडीमा २० टन माल लोड गरेको तर ड्राईपोर्टको काटाले १७ टन माल मात्र बोकेको छुट पुर्जी दिएको थियो । ट्रक चालकले बाटोमैं गाडी रोकेर पुर्जीभन्दा बढी तीन टन पिना झिकेर भण्डारण गरेको अवस्थामा बारा प्रहरीले १०० बोरा पिना बरामद गरेको प्रहरी नायब उपरीक्षक रञ्जीत सिंह राठौरले जानकारी दिएका छन् ।
जीतपुरसिमरा–७ का गङ्गा साहको सटरभित्र १०० बोरा र वीरगंज बाइपास सडकखण्ड प्रतिमा चोक नजिक रेनुका पेट्रोल पम्प नजिकबाट एउटा ट्रकको माल बरामद गरिएको बताए । यस विषयमा थप अनुसन्धान भइरहेको र हालसम्म कोही पक्राउ नपरेको बारा प्रहरीले बताएको छ । पछिल्लो केही महिनादेखि आयात गरिएको माल घट्ने गरेपछि आयातकर्ता कम्पनीले कडा निगरानी गर्दै आएको थियो ।