प्रस, परवानीपुर,१५ चैत/
वीरगंज–३१ बेल्वाका हिफाजत अन्सारी जग्गा कारोबारमा साढे १७ लाख ठगी गरी फरार भएका छन् । हिफाजतको खोजतलाशको लागि जिल्ला प्रशासन कार्यालय, पर्सामा उजुरी परेको छ ।
हिफाजतले वीरगंज– ३० लालपर्साका मुनिराउत अहिरसँग जलसाजी गरी बैना गरेको रकम ठगेर फरार भएको उजुरीमा उल्लेख छ । हिफाजतले साबिक बेल्वा–१ का ३१२, ७२७, ७२९, ७३७, ७३९, ७४१ नं गरी जम्मा ६ कित्ता (एक बिघा ११ कठ्ठा १० धुर) क्षेत्रफल बराबरको जग्गा रु ७८ लाख ७५ हजारमा बेच्न मुनीराउतसँग २०७३ साउन २८ गते बैना गरेका थिए । बैनाबापत उनले त्यति बेला साढे १७ लाख रुपियाँ नगद पनि दिए । बैनापत्रमा भदौ १० गतेसम्म जग्गा पास गराउनुपर्ने शर्त राखिएकोमा भदौ ५ गतेको मितिमा उक्त जग्गा उनले अंशबन्डा गरी जग्गा बेचेको मालपोतको श्रेस्ताले देखाउँछ ।
हिफाजत, निजकी पत्नी एवं ६ जना छोरा गरी ८ जनाको अंशबन्डा छुट्याई जग्गा बेचेका छन् । उनको हकभोगको जग्गा पर्सा, जगरनाथपुर–१ की महजदिया खातुन एवं निजका छोरा मुनिर अलि अहमदको नाममा मिति २०७३/०५/५ गतेका दिन लेखत पास भएको मालपोत कार्यालय, पर्साले जनाएको छ । जग्गा पास गरेको थाहा भएपछि त्यस बेला पनि आवश्यक कारबाईको लागि स्थानीय प्रशासनमा दौडधुप गर्दा न्याय नपाउँदा हिफाजत कारबाईबाट उम्के ।
पीडितले वैशाख २२ गते पनि आवश्यक कारबाईको लािग जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका
थिए ।
हिफाजतले आप्mनो हकभोगको जग्गा अर्कासँग बेचेको र सो रकमले अढाई बिघा जग्गा पत्नीको नाममा बक्सपत्र गराएको बुझिएको छ । उनको नाममा चल अचल सम्पति नरहेको हुँदा गाउँमा पञ्चायती गर्दा कुनै हल ननिस्केपछि प्रशासनमा आएको पीडित पक्षले जनाएको छ । हिफाजतकी पत्नी मुसलमी आसरिनको नाउँमा बिरुवागुठी–४ को ५२ र ४५१ नं किता गरी अढाई बिघा जग्गा खरिद गरेको देखिन्छ ।