प्रस, परवानीपुर, १७ चैत/
बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एन्ड केमिकल प्रालिले पर्साका किसानलाई आत्महत्या गर्नेतर्पm उन्मुख गराएको पर्साका उखु कृषकले आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा किसान हकहित सङ्घर्ष समिति पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उखु मिलले पर्साका किसानलाई मार्न खाजेको आरोप लगाइएको छ । मिलले पर्सामा ठूलो परिमाणमा उखु रोप्न लगाएर भारतबाट गैरकानूनी तरिकाले सस्तो दाममा उखु भिœयाएको आरोप लगाइएको छ ।
सङ्घर्ष समितिका पृथ्वी साहले यस वर्ष मात्रै आपूmले रु २ लाख ऋण काढेर रु १२ लाखको उखु बेचेको तर हालसम्म एक कौडी भुक्तानी नपाएकोले आत्महत्या गर्ने बाध्यात्मक अवस्था मिलले सृजना गर्न लागेको बताए । उनले उखु मिलले समयमा पर्साका उखु किसानलाई चलान नदिंदा पर्साका किसानको उखु खेतमैं सुक्ने अवस्था सृजना हुँदै गएको र बेचेको उखुको पैसा पनि नदिएको भनी मिललाई कारबाहीको लागि माग गरेका छन् । मिल सञ्चालक राजकुमार अग्रवाल (राजु गाडिया) र वीरेन्द्र संघईले पर्साका उखु किसानलाई लुटेर मार्न खोजेको सङ्घर्ष समितिका अध्यक्ष सहरुम राउत गद्दीले बताए । पर्सामा ५ हजार बिघा क्षेत्रफलमा लगाइएको उखुखेतीमध्ये करिब २ सय बिघा क्षेत्रफलको उखु खेतमैं रहेको उनले बताए ।
पर्साका किसानलाई उखुको चलान पुर्जी नदिई दलालमार्पmत् नक्कली चलानमार्पmत् भारतीय उखु सस्तो दाममा मिलले खरिद गर्दा पर्साका उखु कृषक मर्कामा परेका छन् । किसानहरूले मिलले पर्सा, बाराका किसानहरूको करिब रु एक अर्ब भुक्तानी दिन आलटाल पनि गरेको आरोप लगाएका छन् ।
पूर्वसभासद्को धाक देखाएर मिल सञ्चालक राजु गाडियाले पर्साका प्रजिअ विनोदप्रकाश सिंहकै कार्यकक्षमा किसानहरूलाई अपशब्द बोल्दै हप्काउने गरेको किसानहरूको आरोप छ । मिलले गत २०७० सालदेखि किसानलाई लुट्ने कार्यतर्पm अग्रसर रहेको किसानको आरोप छ । उनीहरूले २०७० सालमा खेतमैं उखु सुक्न थालेपछि १०० क्विन्टलमा ८० क्विन्टलको मात्र दाम पाएको बताएका थिए । त्यस्तै, यसपालि पनि पर्साको उखु समयमा खरिद नगरी असारको अन्तिम समयमा खरिद गर्ने वा खेतमैं जलाउनको लागि छोड्ने सोचमा मिल रहेको बताएका छन् ।
किसानहरूले मिलले यसपालि जेटिए लगाएर आगामी वर्षको लागि पनि करिब १० हजार बिघामा उखु रोप्न लगाएको बताए । यस वर्ष मिलले उखु खरिद नगरेको तर आउँदो वर्ष कसरी उखु खरिद गर्छ भन्नेमा किसानहरू सशङ्कित बनेका छन् । किसानहरू आप्mनो समस्या लिएर पर्साका प्रजिअकहाँ जाँदा उनले प्रभावकारी पहल नगरिदिएको पनि आरोप लगाएका छन् । पर्साका राजनीतिक दल पनि गम्भीर नभएको किसानहरूको आरोप छ ।
यता, राजपाका नेता नेजामुद्दीन समानीले पर्साका उखु किसानको समस्या समाधान गर्न वीरगंज चिनी कारखाना पुनः सञ्चालनमा सबैले दबाब दिनुपर्ने आवश्यकता रहेको बताए । उनले भने १८ गते प्रधानमन्त्री केपी ओली पर्सा आउँदै छन्, यस विषयमा हामी ज्ञापनपत्र बुझाएर छलफल गर्छौैं ।