सञ्जय मित्र
शनिवार र मङ्गलवार हनुमान आराधना गर्ने प्रचलन निकै बढेको छ । बजरङ्गबलि, लक्ष्मण र रामलाई छोटकरीमा भन्नुपर्दा बलरा हो रे पत्रकार चन्द्रकिशोरको मतमा । हो, यही बलराको आसपासको क्षेत्रमा हरेक दिन हनुमान आराधना गर्न थालिएको छ । अन्यत्र भने मङ्गलवारलाई विशेष र मङ्गलवारको दिन नहुने स्थिति आएमा शनिवार पनि हनुमान आराधना गर्न थालिएको छ । मङ्गलवार, शनिवार वा अन्य वारमा के भिन्नता छ, त्यो त गर्ने वा गराउनेहरू नै जानून् तर मङ्गलवार हनुमानको पूजा गर्ने र व्रत बस्नेहरूको सङ्ख्या निकै ठूलो छ, हाम्रो समुदायमा ।
चिकित्सकले एक दिन व्रत बस्नुस् भनेर सल्लाह दिंदा पहिलो रोजाइ मङ्गलवार नै हुने गरेको छ धेरैको । माछामासु अलि कम खानुस् हैन भने स्वास्थ्य जटिलता बढ्दैछ भनेर चिकित्सकको सल्लाह कसैलाई प्राप्त हुन्छ भने सबैभन्दा पहिले मङ्गलवार नै सर्वसाधारण वा शिक्षित समुदायले पनि माछामासु नखाने प्रण लिन्छन् । यो मङ्गलवारको प्रभाव नै हो । एक दिन शाकाहारी बस्नुपरे मङ्गलवार नै रोज्नेहरूको सङ्ख्या धेरै हुनुले गर्ने सङ्केत यही हो ।
हिन्दू शास्त्रहरूले हनुमानको जन्मदिन चैतको पूर्णिमा र कात्तिकको कृष्ण चतुर्दशी गरी दुई दिन मानेका छन् । अन्य देवीदेवताका विषयमा यस प्रकारको द्विविधा पाइन्न तर हनुमानको विषयमा भने जन्मदिनको विवाद पाइन्छ । यद्यपि हनुमान जयन्ती चैत शुक्ल पूर्णिमाकै दिन मनाउने चलनले विस्तार पाएको छ ।
कतिपयले हनुमानलाई बाँदर मान्छन् । बाँदर वा लङ्गुरलाई देखेर ढोग्नेको सङ्ख्या यसै कारणले बढेको हो । हुनत विकासवादको सिद्धान्तले मानवको विकास पनि बाँदरबाटै भएको हो र बाँदर नै मानिसको आदिपुर्खा हो भनेर व्याख्या गर्दछ । नेपालमा अहिलेसम्म पाइएको रामापिथेकसको बङ्गाराको अध्ययनले यस विषयलाई केही विवादास्पद तुल्याउँछ र धर्मग्रन्थहरूले पनि बाँदरलाई मानिसको आदिपुर्खा स्वीकार गर्दैन । तर पनि एउटा विचारणीय प्रश्न रहेको छ कि हनुमान बाँदर नै थिए त ?
बज्जिका रामायणमा डा. अवधेश्वर अरुण (डि.लिट) आप्mनो लेखकीय मन्तव्यमा लेख्छन्– हनुमान बाँदर होइनन् । मनुष्य हुन्, मानव हुन् ।
आज पनि आपूmलाई चन्द्रवंशी वा सूर्यवंशी तथा नागवंशी मान्ने जाति वा वंशहरू विश्वमा रहेका छन् । पार्वतीलाई हिमालयकी पुत्री पनि भनिएको छ । यी र यस्ता मान्यताहरू विश्वभरि नै छरिएर रहेका छन् । तर कोही चन्द्रवंशी वा सूर्यवंशी कसरी हुन सक्छन् ? अहिले विज्ञानको चमत्कारलाई हेर्ने हो भने चन्द्रमामा मानिस पुगिसके । सूर्यको विषयमा धेरै अध्ययन भइसक्यो । चन्द्र, सूर्य वा पहाडले सन्तान जन्माउन सक्दैनन् भन्ने तथ्य नबुभ्mने कमै होलान् । यद्यपि मान्यताहरू रहेका छन् । मिथकहरू प्रचलनमा रहेका छन् र मिथकहरूकै आधारमा कोही आपूmलाई चन्द्र, सूर्य वा पहाडवंशी ठान्छन् भने यो प्रतीकात्मक मात्रै हुनुपर्छ भन्ने लाग्छ ।
एकजना साहित्यकार मित्र भन्छन्– हनुमान बाँदर हो भने हनुमानकी आमा अञ्जनीलाई कतै पनि बाँदर्नीको स्वरूपमा देखाइएको पाइन्न, किन ? उनी सुन्दर र सुशील नारी हुन् ? हुन सक्छ, सबैले आपूmलाई विभिन्न वंशको दाबी गर्ने परम्परा चलेको समयमा वा कुनै निश्चित प्रयोजनका लागि चिनाउने समयमा आपूmलाई चिनाउने सन्दर्भको लागि कोही चन्द्रमा, कोही सूर्य, कोही हिमालय, कोही रूख, कोही बाँदर वा कोही अन्य जीवजनावरलाई छनोट गरेका होऊन्, जसरी आजभोलि विद्यालयमा विभिन्न बालसमूहको निर्माण गर्दछन् । आप्mनो समूहको नामकरण गर्दा सगरमाथा, लालीगुराँस, प्रशान्त महासागर, रातो समूह आदि भनेर राख्ने स्वतन्त्रता हुन्छ । सम्भवतः यसै प्रकारले आप्mनो समूह वा वंशको नामकरण प्रकृतिका अन्यान्य कुराहरूबाट गर्ने चलन भएको हुनुपर्छ । वा कोही शासकले हेपेर वा माया गरेर वा अरूभन्दा पृथक देखाउनका लागि समूहको नामकरण गरेको हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ ।
अहिले पनि अनेक पन्थ र वाद तथा मान्यता मान्ने समूहहरू अस्तित्वमा रहेका छन् । जब कोही निकै शक्तिशाली वा प्रतिष्ठित हुन पुग्छ, ऊसित आप्mनो परिचय जोडेर हेर्ने चलन अद्यापि छ । पहिले त झन् सुरक्षाको निकै ठूलो प्रश्न थियो । वर्तमान पृथ्वीकै विभिन्न देशका मानिसहरूको अनुहारको अध्ययन गर्ने हो भने अनुहारको आकृतिमा धेरै भिन्नता पाइन्छ । यही पार्थक्य हनुमानको थियो कि ? रूखमा सजिलै चढ्न सक्ने गुण वा कला पनि उनमा थियो भन्ने अनुमान लगाउन सकिन्छ । यस कारण सामान्यतया हनुमानलाई बाँदर मान्नु त्यति उपयुक्त देखिंदैन ।