प्रस, वीरगंज, १२ फागुन/
वीरगंजमा रहेका आँखा अस्पतालहरूले उपचारको नाममा जनताको स्वास्थ्यसँग खेलवाड गरिरहेको तथ्य सार्वजनिक भएको छ ।
आँखा शल्यक्रिया गर्दा एचआइभी एड्स तथा हेपाटाइटिस बी जस्ता प्राणघातक रोग एकअर्कामा सार्ने गरेको प्रमाण भेटिएको छ । आँखा शल्यक्रिया गर्दा प्रयोग हुने केराटोम, कृसेन्ट र साइटपोट ब्लेड उपकरणको माध्यमबाट प्राणघातक रोग सर्ने गरेको पाइएको छ । शल्यक्रियामा प्रयोग हुने तीनवटा ब्लेडको माध्यमबाट एचआइभी र हेपाटाइटिसजस्ता रोग सर्ने गरेको थाहा भएको छ ।
शल्यक्रियामा प्रयोग हुने ब्लेडबाट बढीमा ५ जनाको आँखाको शल्यक्रिया गर्ने गरिन्छ । तर वीरगंजमा रहेका आँखा अस्पतालहरूले कुनै पनि प्राणघातक रोगको परीक्ष्Fण नै नगरी मधुमेहको परीक्षण मात्र गरी आँखाको शल्यक्रिया गरिरहेको तथ्य फेला परेको छ ।
वीरगंजमा रहेका अधिकांश आँखा अस्पतालमध्ये वीरगंज आँखा तथा दन्त अस्पताल, वीरगंज सामुदायिक आँखा अस्पताल, शिवा आँखा अस्पताल, नेपाल इन्डो आँखा अस्पतालमा आँखा शल्यक्रिया गर्नुअघि प्याथोलोजी चेक गराउनुपर्ने प्रक्रियाबारे बुभ्mदा मुखकै भरमा सोधपुछ गरी वा साधारण रक्त र चिनी चेकजाँच गरी आँखाको शल्यक्रिया हुने गरेको जानकारी प्राप्त भएको छ ।
ती आँखा अस्पालहरूमा ल्याबसमेत छैन । सामान्य मेशिनको भरमा ब्लड सुगर चेक गरी आँखाको शल्यक्रिया गरिन्छ । चारवटै आँखा अस्पतालमा सम्पर्क गरी तथ्याङ्क निकाल्दा सबै अस्पतालमा सामान्य तरिकाले शल्यक्रिया गर्ने गरेको पाइएको छ । आँखाजस्तो संवदेनशील अङ्गको शल्यक्रिया गर्दा ब्लेडको माध्यमबाट प्राणघातक रोगमध्ये एचआइभी र हेपाटाइटिस सर्ने गरेको जानकारी प्राप्त भएको छ ।
अस्पताल सञ्चालनअघि ल्याबको समेत कागजात पेस गरी दर्ता गर्ने प्रक्रिया रहेकोमा ती आँखा अस्पतालहरूमा ल्याबसमेत नरहेकाले नियमविपरीत आँखा अस्पताल सञ्चालन भइरहेको देखिन्छ ।
प्राप्त जानकारी अनुसार वीरगंजका आँखा अस्पतालहरूमा मासिक सरदर ३ हजार व्यक्तिको आँखाको शल्यक्रिया हुने गरेको स्रोतले जानकारी गराएको छ ।
वीरगंजमा अनियमित तरिकाले सञ्चालित आँखा अस्पतालका कर्मचारीसँग बुझ्दा ल्याब नरहेको र बाहिरबाट ल्याब परीक्ष्Fण गरी ल्याउँदा स्वीकार्य हुने गरेको बताएका छन् । बिरामी आयो भने सामान्य तरिकाले ब्लड सुगर चेक गरी आँखा शल्यक्रिया गर्दा ब्लेडको माध्यमबाट रोग सरे तापनि अहिले सरोकारवालाहरू अनभिज्ञ रहेका छन् ।
इन्डो नेपाल आँखा अस्पतालमा उपचार गराउन आएका भारत, रक्सौल, लक्ष्मीपुर निवासी राधा मुखिया बिनका अनुसार आपूmलाई रोगबारे थाहा नभएको बताइन् । तर चिकित्सकले भनेपछि आपूmले शल्यक्रिया गराएको जानकारी गराइन् ।