प्रस, सिम्रौनगढ, १५ फागुन/
सिम्रौनगढ नगरपालिकाको प्रथम सभा आज कङ्काली मावि सिम्रौनगढमा सम्पन्न भएको छ ।
आज सम्पन्न नगरसभाले आव २०७४–२०७५ को लागि रु ४५ करोड, १६ लाख ११ हजार ६ सयको बजेट सार्वजनिक गरेको छ ।
बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उमाकान्त चौधरीको प्रमुख आतिथ्यमा शुरु भएको नगरसभामा प्रमुख अतिथिले सिम्रौनगढलाई सदैव ऐतिहासिक स्थलको रूपमा विकसित गर्न तयार रहेको र जनसहयोगको अपेक्षाबारे आप्mनो वक्तत्व राखेका थिए ।
विकास कार्य अन्तर्गत १५ शøयाको अस्पताल, एम्बुलेन्स र प्राविधिक शिक्ष्Fाको क्षेत्रमा व्यापक विकास गर्न व्यवस्था मिलाइरहेको उनले बताए ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि राजपाका केन्द्रीय नेता जितेन्द्र सिंहले सिम्रौनगढ नगरपालिकाको अवस्थालाई ध्यानमा राखेर यस किसिमको बजेट सार्वजनिक गरेको बताए । उनले सिम्रौनगढ र यहाँको जनता समृद्धिको बाटो पर्खिरहेको बताए ।
कार्यक्रममा २५ जना शहीद परिवार, ज्येष्ठ नागरिक तथा विभिन्न सेवामा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बजेटबारे बाराका निमित्त प्रजिअ मुकेश केशरी, नेकाका चन्द्रशेखर यादव, रामनरेश कान्त, उपेन्द्र जैसवाल, राजपाका मोहन महतो, किशोरीप्रसाद साह, एमालेका गगनदेव प्रसाद, बतहु यादव, नेपाल पत्रकार महासङ्घ बाराका उपाध्यक्ष रामबाबू मेहता, माओवादीका भोजेन्द्र यादव, फोरमका पन्नालाल कुशवाहा, विपिन दासलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नगरपालिकाका मेयर जियशङ्कर यादवको अध्यक्ष्Fतामा सम्पन्न भएको थियो भने स्वागत नपाका अधिकृत गजेन्द्रनाथ शर्माले गरेका थिए ।
कार्यक्रमको सञ्चालन नपा कार्यसमितिका सदस्य परमानन्द मुखियाले गरेका थिए ।