प्रस, वीरगंज, १६ फागुन/
राष्ट्र बैंकले करिब ८ वर्षदेखि मनी चेन्जरहरूलाई भारु सटहीको लागि एक रुपियाँ नदिए पनि वीरगंजलगायत ठाउँमा मनी चेन्जरहरू निर्वाध सञ्चालनमा छन् । नेपाल राष्ट्र बैंकमा मनी चेन्जरहरूले वार्षिक संस्था नवीकरण गराउँदै सञ्चालनमा ल्याइरहेका छन् ।
पर्सा, बारा र चितवनमा गरी २६ वटा मनी चेन्जर छन् । बारा र चितवनमा १–१ वटा र बाँकी सबै वीरगंजमा छन् । वीरगंजमा रहेका मनी चेन्जर एसोसिएशनका अध्यक्ष पवन गुप्ताले राष्ट्र बैंकको निर्देशन अनुसार मनी चेन्जर सञ्चालन भइरहेको बताए । उनले राष्ट्र बैंकले भारुको नाममा आठ वर्षदेखि एक पैसा नदिए पनि बजारबाट सङ्कलन गरेर कारोबार गर्दै आएको बताए ।
राष्ट्र बैंकले ८ वर्षदेखि यी सटही काउन्टरहरूलाई भारु रकम उपलब्ध नगराए पनि वार्षिकरूपमा संस्था दर्ता गर्नुको कारण पनि खुलेको छैन । संस्था दर्ता गराउन आउनेको दर्ता गर्दै आएको बैंकले बताएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार भारु सटही गर्दा सयकडा ४० पैसाभन्दा बढी लिन पाइन्न । तर भारुको अभाव भइरहेको बेलाा विगतमा रु १० प्रति सयकडा र अहिले २–३ प्रति सयकडा सटही गरेबापत मनी चेन्जरहरूले लिने गरेका छन् ।
यसैबीच मनी चेन्जरहरूलाई नेपाल राष्ट्र बैंकले प्रालिमा दर्ता गर्न सूचना जारी गरेको छ । नयाँ आवदेखि प्रालिमा दर्ता गर्न पत्र पठाएको अध्यक्ष गुप्ताले बताए । उनले नवीकरण दस्तुर, घरभाडा, कर्मचारी तलब र अडिटर खर्च समेतको व्यवस्था गर्नेगरी आम्दानी नभइरहेको बेला राष्ट्र बैंकले प्रालिमा दर्ता गर्न गरेको निर्देशन घाँडो भएको बताए । उनले राष्ट्र बैंकले भारु नदिंदा पनि मनी चेन्जर कसरी सञ्चालन हुँदैछ भन्ने प्रश्नको भरपर्दो उत्तर दिएनन् ।
यसैबीच एउटा स्रोतले मनी चेन्जरको आडमा अवैध वित्तीय कारोबार (हुन्डी) भइरहेको बताएका छन् । हालै पर्सा प्रहरीले एउटा मनी चेन्जरबाट हुन्डी कारोबार भइरहेको अवस्थामा एकजना भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरेको थियो । मनी चेन्जरसँग आबद्ध थुप्रै पदाधिकारी सदस्यहरू यही कारोबारमा संलग्न रहेको स्रोतको दाबी छ । खासगरी २०६३ सालमा नयाँ नागरिकता लिएका भारतीयहरूले अहिले हुन्डी कारोबारलाई बढावा दिएका छन् । हुण्डी कारोबारबाट खर्च काटेर मासिक २–३ लाख निस्किने हुनाले धेरैजसो नवनागरिक यसैको कारोबारमा लागेको थाहा हुन आएको छ ।