प्रस, वीरगंज, १४ फागुन/
सांसद प्रदीप यादवले प्रदेशको राजधानी वीरगंज बनाउने कुरामा सङ्घीय समाजवादी फोरम नेपाल इमानदार रहेको बताएका छन्।
प्रेस चौतारी नेपाल, पर्साले आवाज एफएममा आयोजना गरेको फागु मिलन समारोहका प्रमुख अतिथि सङ्घीय समाजवादी फोरम नेपाल, पर्साका अध्यक्ष एवं सांसद यादवले प्रदेशको राजधानी वीरगंज बनाउने कुरामा फोरम नेपाल इमानदार रहेको र त्यस्तै इमानदारिता काङ्ग्रेस, एमाले, राजपा, माओवादीबाट चाहेको बताए। उनले मुख्यमन्त्रीसमेतले प्रदेशको राजधानी वीरगंज बनाउने कुरामा मतदान गर्ने दाबी गरे।
मुख्यमन्त्रीको मतको जिम्मेवारी स्विकार्दै उनले अन्य पार्टीले आआप्mनो मत प्रदेशको हकमा वीरगंजमा दिने हो भने भोलिको दिनमा राजधानी वीरगंज हुने बताए। सांसद यादवले नेका सरकारले अस्थायी राजधानी जनकपुर तोकेको र अब दुईतिहाई बहुमतबाट मात्र राजधानी परिवर्तन गर्न सकिने बाध्यकारी अवस्था सिर्जना भएकोले राजपा, एमाले, नेका, माओवादीलाई प्रदेशको राजधानी वीरगंज बनाउने कुरामा एक ढिक्का भएर मतदान गर्न आह्वान गरे।
सांसद यादवले २ नं. प्रदेश आर्थिक रूपमा पिछडिएकोले अबको दिनमा सबै राजनीतिक आग्रह–पूर्वाग्रह परित्याग गरी प्रदेशको समृद्धिको लागि दलहरूलाई एकताबद्ध हुन आह्वान गरे। राजनीतिक लडाइँबाट मात्र प्रदेशको समृद्धि नहुने बताउँदै उनले समृद्धिको लागि राजनीतिक एकता आवश्यक भएको तर्क गरे।
कार्यक्रममा पूर्वसांसद राजकुमार गुप्ताले प्रदेशको राजधानी वीरगंज बनाउने कुरामा आपूmहरू आन्दोलनरत रहेको र अन्य दललाई पनि सो कार्यमा समाहित हुन आग्रह गरे।
प्रेस चौतारी, पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा सम्पन्न फागु मिलन समारोहमा एमाले, पर्साका संयोजक प्रभु हजरा, बसरूद्दीन अन्सारी, वीउवासङ्घका उपाध्यक्ष सुबोध गुप्ता, पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जारा, पूर्व अध्यक्ष दिपेन्द्र चौहान, सङ्घीय प्रेस फोरमका धु्रव साह, विजय कुशवाहा, सङ्घीय प्रहरी एकाइ कार्यालय वीरगंजका प्रहरी वरिष्ठ उपरीक्ष्Fक सूर्यप्रसाद उपाध्याय, प्रहरी उपरीक्षक डा. गणेश रेग्मीलगायतले फागु मिलनको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण चौतारी पर्साका सचिव सञ्जीव मिश्राले गरेका थिए।