$type=ticker$count=12$cols=4$cate=0

बालबालिकाहरूमा जिद्दीपना र त्यसको प्रभाव

SHARE:

अनन्तकुमार लाल दास

    एकातिर बालबालिकाहरू घरभित्र वा बाहिर आआप्mनो चाहना पूर्ति गर्न चाहन्छन् भने अर्कोतिर सानोभन्दा सानो असफलता, निराशा र उपेक्षालाई सहन गर्न सक्दैनन्। परिणामतः उनीहरूभित्र रिस उत्पन्न हुन्छ। मनोवैज्ञानिकहरूका अनुसार रिसको यस अवस्थामा बालबालिकाहरूभित्र यस्तो उत्तेजक स्राव बग्न थाल्छ जसबाट शरीरका सम्पूर्ण अङ्गहरू उत्तेजित हुन्छन्। परिणामस्वरूप उनीहरूमा जिद्दीपना देखा पर्छ। जिद्दीपनाको सम्बन्ध मनसँग हुन्छ। यसै कारण, चाहनाले वशीभूत भई उनीहरू आप्mनो मनपर्ने वस्तु प्राप्त गर्न खोज्छन् । जिद्दीपनाको अर्को कारण ज्ञानको अविकसित अवस्था हो, जसले उनीहरूभित्र चाहनाको उत्पत्ति छिट्टै हुन्छ र छिट्टै समाप्त पनि हुन्छ। यसकारण जिद्दीपनाको मनोविज्ञान बुझेर उनीहरूको ध्यान त्यसबाट मोडन सकियो भने चाहना सजिलै परिवर्तित गर्न सकिन्छ ।
    प्रश्न उठ्छ, जिद्दीपनाको कारण के हुन् ? यसबारे अध्ययन अवलोकन गर्दा के थाहा हुन्छ भने जिज्ञासु प्रवृत्ति, सामाजिक चाहनासँग सम्बन्ध, मनोरञ्जन, वितृष्णा, आधुनिक प्रगतिशील सोच र वातावरणको प्रभाव, वर्चस्व प्राप्त गर्ने इच्छा र पूरा हुन नसक्ने चाहना आदि यसका प्रमुख कारण हुन्।
    जब बालबालिकाहरू आप्mनो वरिपरिका नयाँ–नयाँ वस्तुसँग परिचित हुन थाल्छन्, स्वाभाविकरूपले उनीहरूमा त्यसलाई प्राप्त गर्ने चाहना उत्पन्न हुन्छ । यसै चाहनाले उनीहरू घरभित्रका वस्तु छोएर, हेरेर र तोडफोड गरेर आप्mनो इच्छा पूर्ति गर्न चाहन्छन्। यहाँसम्म कि उनीहरू बलिरहेको मैनबत्ती छुने कोशिश गर्छन् र कसैले रोक्न खोज्यो भने रोएर वा रिसाएर त्यसको विरोध गर्छन्।
    सामाजिक चाहनाको सम्बन्धले गर्दा बालबालिकाहरू विद्यालय, होटल, मेला र बजारको रौनकसँग एकपटक परिचित भएपछि पटक–पटक ती ठाउँमा जाने इच्छा प्रकट गर्छन्। उनीहरूको यस चाहनामा रोक लगाएपछि यही चाहना जिद्दीपनाको रूपमा देखा पर्न थाल्छ। यसैगरी मनोरञ्जन अन्तर्गत एकपटक टेलिभिजन कार्यक्रमको आनन्द उठाएपछि त्यहाँबाट हटन चाहँदैनन्। कार्टून फिल्म हेर्ने शोख यहींबाट उनीहरूको मनमा जागृत हुन्छ। यही शोख टेलिभिजनको प्रत्येक कार्यक्रम हेर्ने माध्यम बन्छ र यस प्रकार यी कुराहरू विस्तारै बानी बन्दै जिद्दीमा परिणत हुन्छ ।
    अर्को कारण के हो भने एकनासले काम गर्दा उनीहरूको मनमा त्यस कामप्रति वितृष्णा उत्पन्न हुन्छ। यही कारण हो कि विद्यालयमा सधैं परम्परागत तरिकाले पढाइ भइरहँदा उनीहरू दिक्क मान्छन् र विद्यालय छोडेर सिनेमा हल वा अन्य त्यस्ता ठाउँहरूमा शरण लिन पुग्छन् जहाँ उनीहरूलाई रमाइलोे लाग्छ। यस्ता ठाउँहरूमा प्रायः अपरिपक्व मस्तिष्क भएको हुनाले गलत मानिसहरूको सम्पर्कमा आउँदा त्यहींबाट झूटो बोल्न, धूमपान गर्न र नशा सेवन गर्न सिक्दछन् । साना केटाकेटीहरूमा दूध नपिउने बानीको विकास यसैको परिणति हो र पटक–पटक सम्झाउँदा पनि उनीहरूमा कुनै प्रभाव देखा पर्दैन। बालबालिकाका केही इच्छाहरू आधुनिक सोच र वातावरणले प्रभावित हुन्छन्। आप्mनो साथीसँग भएको मोबाइल वा मोटरसाइकलबाट प्रभावित भएर उनीहरू पनि मोबाइल वा मोटरसाइकल किन्ने हठ गर्छन्। बजार वा टेलिभिजनमा प्रसारित विज्ञापनको प्रभावले त्यो वस्तु प्राप्त गर्ने इच्छा जाहेर गर्छन् र कालान्तरमा यही इच्छा जिद्दीपनाको रूपमा देखापर्छ।
    यस प्रकार जसैजसै बालबालिकाहरूको सामाजिक क्षेत्र विस्तृत हुँदै जान्छ, उनीहरूभित्र अरूमाथि वर्चस्व जमाउने र आपूmलाई श्रेष्ठ देखाउने इच्छा प्रबल हुँदै जान्छ। यस्तो प्रवृत्तिले उनीहरूमा तर्क गर्ने प्रवृत्ति कम हुँदै जान्छ र विस्तारै केटाकेटी घमण्डी र स्वार्थी बन्न पुग्छन्। जिद्दीपनाले गर्दा घर बाहिरको उसको क्रियाकलापसमेत गलत हुन थाल्छ। यस बेला अभिभावकद्वारा दिइने अर्ती, आदेश वा हप्कीदप्कीको उनीहरू माथि कुनै प्रभाव पर्दैन। केटाकेटी र अभिभावकको यसै सोचको अन्तरले गर्दा उनीहरू घरबाट टाढिंदै जान्छन् जसले गर्दा एकातिर अभिभावकहरूलाई कठिनाईको सामना गर्नुपर्छ भने अर्कोतिर केटाकेटीहरू लक्ष्यविहीन भौंतारिइरहन्छन् र गलत क्रियाकलापमा संलग्न हुन पुग्छन् ।
    बालबालिकाहरूमा देखापर्ने जिद्दीपनाको अर्को कारण आर्थिक अभावले गर्दा मनभित्र कैयौं इच्छाहरू लुकी बस्नु पनि हो। यस्ता इच्छाहरू अवसर पाउनासाथ प्रकट हुन थाल्छन् र जिद्दीपनाको रूपमा प्रकट हुन्छन्। अब प्रश्न उठ्छ बालबालिकाहरूलाई कसरी जिद्दीपनाले प्रभावित गरिराखेको छ ? के यसलाई साम्य पार्न कुनै उपाय छैन ?
    जिद्दीपनाले बालबालिकालाई अहड्ढारी र घमण्डी बनाउँछ। योग्यता र क्षमताको अभाव हुँदाहुँदै पनि इच्छित वस्तु वा सफलता जसरी भए पनि प्राप्त गर्न चाहना पूर्तिका लागि अनुचित साधन प्रयोग गर्नबाट पनि पछि हटदैनन्। यस्तो बेला यदि अभिभावकले पनि लापरवाही देखाए भने अपराधतर्फ उन्मुख हुन पुग्छन् किनभने परिश्रम, त्याग र तपस्याको अर्थ नै उनीहरूले बुझेका हुँदैनन्।
    कहिलेकाहीं उनीहरू आप्mनो हठ पूरा गराउन विभिन्न हथकण्डा अपनाउन पनि पछि पर्दैनन्। बुवासँग इच्छा पूरा भएन भने आमाको स्नेह र उदारताको अनुचित लाभ उठाउन थाल्छन्। आप्mनो जिद्दीपनालाई प्रतिष्ठाको प्रश्न बनाई केही यस्ता काम पनि गर्न थाल्छन् जसमा सफलताको प्रतिशत निकै न्यून हुन्छ। यसरी जिद्दीपनाले गर्दा विस्तारै उनीहरू गलत बाटो रोज्न पुग्छन् जसको अन्त्य अत्यन्तै नरमाइलो हुन्छ।
    अब प्रश्न उठछ, बालबालिकाहरूमा देखापर्ने जिद्दीपना रोक्न वा न्यून गर्न कस्तो पाइला चाल्ने ? यस प्रश्नको जवाफका लागि अभिभावकहरू चनाखो हुनैपर्छ। हामीलाई थाहा छ, जिद्दीपनाको सम्बन्ध उनीहरूको मन र मस्तिष्कसँग हुन्छ। यस कारण उनीहरू यदि एक रुपियाँ माग गर्छन भने पचास पैसा दिएर भए पनि केही हदसम्म जिद्दीपनालाई साम्य पार्न सकिन्छ। कसैले यदि बाइकको इच्छा जाहेर गर्छन् भने उनलाई केही समय पुनर्विचार गर्न दिनुपर्छ। यदि उनीहरूको जिद्दीपनालाई पूरा गर्न सकिन्न भने उनीहरूको ध्यान अर्को इच्छातर्पm केन्द्रित गरिदिनुपर्छ जसलाई पूरा गर्न तपाईं सक्षम हुनुहुन्छ। अर्थात् बाइकको चाहना गर्छन् भने साइकलतर्पm उनीहरूको ध्यान आकृष्ट गराउने कोशिश गर्नुपर्छ। बालबालिकाहरूलाई पूरा गर्न नसक्ने आश्वासन कहिल्यै पनि दिनुहुँदैन। यदि आश्वासन दिनुहुन्छ भने अवश्य नै पूरा गर्नुपर्छ अन्यथा तपाईंप्रति उनीहरूको विश्वासमा कमी आउँछ। बालबालिकाहरूको अनुचित इच्छा पूरा गर्नुको साटो उनीहरूलाई सम्झाइबुझाई गर्नुपर्छ। एकपटक मनाही गरेको कुरा कस्तै सिफारिसमा पनि गर्ने छुट दिनुहुन्न, साथै आप्mनो विवशता पनि प्रकट गर्नुहुन्न । रूख चाहे ताडको होस् वा बरको, मूलरूपले त्यो पनि एउटा सानो बीउबाट नै हुर्केको हुन्छ। जिद्दीपनारूपी सानो बीउ परिवारको प्रोत्साहन पाएर यसरी विकसित हुन्छ कि बालबालिकाहरूको सम्पूर्ण व्यक्तित्व नै ओझेलमा पारिदिन्छ। यस कारण यस्तो परिवेशमा विशेष सतर्कता आवश्यक छ । मनमा उत्पन्न हुने कुनै वस्तुलाई प्राप्त गर्ने इच्छालाई नै जिद्दीपना भनिन्छ। इच्छा परिपूर्ति नहुँदा बालबालिकाहरूको मनमा उत्पन्न हुने विकारले उनीहरूलाई शारीरिक र मानसिकरूपले उग्र बनाइदिन्छ। त्यसैले जिद्दीपनाको सन्दर्भमा यो शाश्वत सूत्र कहिल्यै पनि नबिर्सनुहोस्, “तातो फलामलाई चिसो फलामले नै काट्न सकिन्छ।”
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : बालबालिकाहरूमा जिद्दीपना र त्यसको प्रभाव
बालबालिकाहरूमा जिद्दीपना र त्यसको प्रभाव
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiWHm00cNQ87GCYQQXPu3uqf0A22MncT6x8aAQMNRB8nwd4lA-QyDfg0u7RYXqAfTAhXQIK9jGG2Pq0zn6xENS_Hb17QGKGNbauaNRwIOq6S7ygSzYFcgIZtJUiUr58V38xPD289VNbt5n7/s1600/anant+lal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiWHm00cNQ87GCYQQXPu3uqf0A22MncT6x8aAQMNRB8nwd4lA-QyDfg0u7RYXqAfTAhXQIK9jGG2Pq0zn6xENS_Hb17QGKGNbauaNRwIOq6S7ygSzYFcgIZtJUiUr58V38xPD289VNbt5n7/s72-c/anant+lal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/02/blog-post_189.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/02/blog-post_189.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy