प्रस, निजगढ, १७ माघ/
जिल्ला वन बारा मातहतको निजगढ सेक्टर वन र भलुवाहीखोर इलाका वनको वन क्षेत्रमा काठ तस्कर समूहहरू बिजुली गतिमा चोरी–तस्करीको धन्दा चलाइरहेका छन् । भलुवाहीखोर इलाका वनको क्षेत्रमा पर्ने राजमार्गदेखि बढीमा १ किलोमिटर आसपास सिम्री जाने सडक नजिकै चारवटा सालको हरियो रूख ढालेर तस्करहरू गोलाई लैजान सफल भएका छन् ।
चार दिन अघि वन कर्मचारीलाई घटनाबारे थाहा थियो तर आप्mनो कमजोरी लुकाउन घटनालाई गुपचुप राखेका थिए । माघ १३ गतेको घटना माथिल्लो निकायलाई जानकारी नदिनु आप्mनो कमजोरी लुकाउन खोजिएको बुझिन्न्छ । तस्कर समूहले सानो चार पाङ्ग्रे गाडी प्रयोग गर्दै काठ राजमार्ग हुदै सुरक्षित गन्तव्य लगेका छन् ।
दुई–अढाई वर्ष अघि तस्करले वनमा गाडी हुलेर काठ चोरी तस्करी गर्न सक्ने राजमार्ग आसपासका ठाउँमा करिब १० किलोमिटर लामो खाल्टोसमेत खनेको थियो । तर तस्कर समूहले वन–जङ्गल भित्र बसेका बस्तीमा जाने बाटो हुँदै ठाडो रूख ढाल्ने र चोरी तस्करी गर्ने कार्य पुनः शुरु गरेको छ ।
साइकलमा दिनभर गस्ती गर्ने गरेको भलुवाहीखोर इलाका वनका प्रमुख एवं सहायक वन अधिकृत गौरीशङ्कर केशरीले बताए । रातमा गस्ती गर्न निजगढ सेक्टर वन, जिल्ला वन कार्यालयमा गाडी माग गरे पनि उपलब्ध नभएकोले चोर, तस्कर समूह रूख ढाल्न र चोरी तस्करी गर्न हौंसिएको एकथरि वन कर्मचारी बताउँछन् ।
त्यहाँबाट लगभग १५० क्युफिट काठ तस्करले लगेको सवअ केशरीको अनुमान छ । सो काठको बजार मूल्य रु ३ लाख ५० हजार बढी पर्छ । तीनवटा हरियो रूखबाट ६ फिटे र ७ फिटे लम्बाइको गिन्डा पारी १९ थान लगेको वन कर्मचारीहरूको अनुमान छ । काठ चोर–तस्कर समूहको पहिचान नजिक वन कर्मचारी पुगेको जिल्ला वन बारा स्रोतले जनाएको छ ।
यता बारम्बर तस्कर समूहले वनबाट चोरी ल्याएका सालका गोलाइ सिगौंल बस्तीमा दिन दाहाडै चिरान गरिरहे पनि सिंगौल अस्थायी प्रहरी चौकीका प्रहरी मौन छन् । यसरी चोरी गरी ल्याएको काठ, गोलाइ, टायरगाडाबाट सडक, राजमार्ग हुँदै बाहिर पुग्छ । तर बस्ती, सडक, राजमार्गमा वन कर्मचारी, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी खटे पनि तस्करी मौलाउनु र उनीहरू बेखबर बन्नुले उनीहरूमाथि प्रश्न तेर्सिएको छ ।
पेशेवर काठ चोर–तस्कर समूहले वन कर्मचारी, प्रहरीलाई महिनावारी नजराना दिएरै धन्दा गरिरहेको स्रोतको दाबी छ ।
हिजो मात्र निजगढ नगरपालिका–१ भरतगंजसिगौंलमा डेढ लाख बराबरको सालको चिरान काठ, गोलाइ र
त्यसमा संलग्न एकजना पक्राउ परेका थिए ।