प्रस, पथलैया, १३ माघ/
चित्रसेनकली नामको हात्तीले पोथी छावालाई जन्म दिएपछि पर्सा राष्ट्रिय निकुञ्जस्थित हात्तीसारका कर्मचारी शनिवार खुशी हुँदै स्याहारमा व्यस्त भएका छन् ।
करिब २२ महिनाको लामो प्रतीक्षापछि गर्भवती चित्रसेनकलीले अमलेखगंजस्थित हात्तीसारमा बिहान ३ बजे पोथी छावालाई जन्म दिएकी हुन् ।
करिब १२ वर्षपछि हात्तीसारमा स्वस्थ छावाको जन्म भएपछि पछुवा, माउतेलगायत अन्य कर्मचारी खुशी साटासाट गर्दै स्याहारसुसारमा जुटेका हुन् । यसअघि २०५६ सालमा भवानीकली नाम गरेको हात्तीले मृत भाले छावा जन्माएको थियो । त्यसयता हात्तीसारमा कुनै छावाको जन्म भएको छैन ।
१२ वर्षको उमेरमैं चित्रसेनकलीले स्वस्थ पोथी छावालाई जन्म दिएपछि निकुञ्जमा खुशी थपिएको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । चित्रसेनकली गर्भवती भएको २२ महिना पूरा भई २३ महिना लागेपछि छावाको जन्म भएको आचार्यले जानकारी दिए ।
२४ महिना वा पछि जन्मिने छावालाई खतरा पनि हुन सक्ने चिकित्सकको भनाइ छ । बच्चा जन्माउने क्रममा माउ हात्तीले खुट्टाले थिचेर मार्न सक्ने खतरा हुँदा आरक्षका पछुवा र माउते लामो समयदेखि टेन्ट गाँडेर रातिको समयमा समेत कुर्ने गरेका थिए ।
पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत दरोगा जलेन्द्रप्रसाद चौधरीका अनुसार निकुञ्जको प्रतापपुर पोस्टमा गस्तीका लागि काजमा खटिएको बेला चित्रसेनकली हात्ती २/३ दिन हराएर फर्किएपछि एउटा जङ्गली मत्ता हात्तीसँग गर्भधारण गरेको र त्यही आधारमा चित्रसेनकली २०७२ चैत १५ गतेतिर गर्भिणी भएको अनुमान गरिएको थियो ।
हात्तीसारमा रहेका १० हात्तीमध्ये चित्रसेनकलीसमेत अन्य चार ढोई हात्ती मात्र वयस्क तथा प्रजनन क्षमता भएका छन् । गर्भिणी भएको यकिन भएपछि उसलाई अन्य हात्तीका तुलनामा आहार, आराम र सेवामा विशेष हेरविचार गरिएको थियो ।