हाम्रो सामन्ती समाजमा जुत्ता पालिसलाई निकृष्ट काम मानिन्छ, शायद फोहर उठाउनेभन्दा पनि । जुत्ता पालिसमा निम्न कर्म मात्र समाहित मानिंदैन, कसैको दासता पनि स्विकारिएको भाव लुकेको पाइन्छ । अनि किन काङ्ग्रेसजन यस्तो निकृष्ट कर्म गर्न अघि सरे ? यदि यो हिजो सत्तामा बसेको अहमत्याइँले गर्दा पार्टीले पराजय बेहोरेको पश्चात्तापको परिणति हो भने निश्चय नै काङ्ग्रेसजन भद्र राजनीतिका हिमायती हुन् भनी मान्नुपर्छ । होइन, फेसनका लागि, व्यापक पराजयबीच प्रचार पाउने प्रयास हो भने यसले दासत्वकै मानसिकतालाई प्रवद्र्धन गर्नेछ । किनभने पार्टीले पराजय बेहोरेको वा पार्टीमा गुट–उपगुटहरू सिर्जना भएर आज काङ्ग्रेसको यो हविगत भएको, बारम्बार सत्तामा आएर पनि कुनै कालजेय काम गर्न नसकेको ग्लानिबोधबाट जुत्ता पालिस गरेर पश्चात्ताप गरिएको हो भने खोइ त्यस भीडमा यी सब कुराका जिम्मेदार नाइकेहरू ? हो यस कार्यमा सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा स्थापित प्रतिष्ठानको संलग्नता रहेकोले नाम अनुसार पार्टीको शुद्धीकरण अभियानले सार्थकता भने पाएको देखियो ।
पञ्चायतकालमा कृष्णप्रसाद भट्टराई लक्ष्मीको चियापसलमा चिया पिउँदै राजनीतिक गफ र विश्लेषण गर्दथे । उनले जीवनमा सादगीलाई सा¥है महŒव दिए । प्रधानमन्त्री निवासबाट निस्कँदा ट्रकका ट्रक झिटीझाम्टाको साटो मात्र एउटा सुराही र छाता लिएर निस्केका थिए । साँच्चै कर्मवीर थिएस जस्तो परिस्थिति आइलाग्यो, त्यसैलाई अनुकूल बनाउन प्रयत्नशील । ‘कहीं खाली भैंमा कहीं पलङ्गमा सुत्छ सुखले, मनस्वी उद्योगी सुख र दुःख गन्दैन मनमा’ भन्ने भाव धारण गरेका नेता भट्टराईले लक्ष्मीको चियापसलमा प्राप्त गरेको सुविधाभन्दा बढी प्रधानमन्त्री निवासमा गरे होलान् तर उनलाई मति–भ्रम भएन । हो, सत्ताले काङ्ग्रेसजनको चाहिं मति–भ्रम पारेकै हो । सात दशकको अथक राजनीतिक अभ्यास गरेको नेपाली काङ्ग्रेसको सत्तारोहण कहिले पनि कोसेढुङ्गा बन्न सकेन । बरु सत्ताबाहिर जहिले पनि इतिहास रच्ने काम ग¥यो । तर राजनीति त सत्ताबिना सफल हुन सक्दैन । सत्तामा पुगेपछि मात्रै आप्mनो सिद्धान्त र कार्ययोजना अनुसार काम गर्न सकिन्छ । सत्तामा नपुग्दा जतिसुकै नामी व्यक्ति वा पार्टी पनि पङ्गु नै साबित हुन्छ । तर काङ्ग्रेसले ठोस केही गर्न सकेन, आन्तरिक र बाह्य वितण्डाबाहेक ।
लहडमा कुनै काम गर्नु एउटा कुरा हो । जुत्तामा पालिस लगाउने काम दासत्वभाव प्रदर्शित गर्ने जमर्को नभएर आपूmलाई सच्याउने र तदनुरुप पार्टी शुद्धीकरण गर्ने अभियान हो भने यसमा सबैको, कम्तिमा सत्तामा पुगिरहनेहरूले सहभागिता देखाउनुपर्छ । अहिले यस अभियानको आरम्भ गरेका काङ्ग्रेसीजन पनि शीर्ष तहकै भएका हुनाले उनको भावलाई आत्मसात् गरेर काङ्ग्रेसले आन्तरिक विद्वेष हटाउन सक्यो, निरन्तर सत्तामा बसिरहने मनोवृत्ति त्याग्न वा त्याग गराउन सक्यो भने पक्कै भोलि नेपाली काङ्ग्रेस एक नम्बर पार्टी हुन्छ । नेपाली काङ्ग्रेसको जरा बलियो छ, हाँगाबिङ्गा फराकिला छन् । चुनावरूपी शिशिरले यसका पातहरू झारेर नाङ्गो देखाएको मात्र हो । शुद्धीकरण र आत्मालोचनारूपी वसन्त पार्टीभित्र ल्याउने हो भने यसमा नयाँ पालुवा पलाउँछ र पुनः फलदायी वृक्षको रूपमा विकसित हुन्छ । त्यसका लागि निर्लोभी बनी नयाँ पुस्तालाई अघि सार्नुपर्छ ।